सुर्खेत : कोरोना भाइरस कोभिड १९ को प्रतिकार्य रोकथाम तथा नियन्त्रणका लागि सुर्खेत जिल्लाका डेडिकेटेड एम्बुलेन्स चालकलाई १ दिने अभिमूखिकरण तालिम दिइएको छ ।
बिरामीहरु ओसारपसार गर्दा एम्बुलेन्स चालकले सुरक्षा सामग्री कसरी प्रयोग गर्ने ? र आवश्यक परेको बेला जतिबेला पनि बिरामी बोक्न तयारी हुने बारेमा अभिमूखिकरण गरिएको हो ।
एम्बुलेन्स चालकलाई स्वास्थ्य सम्वन्धि सामग्री कसरी प्रयोग गर्ने, कसरी अाँफु र विरामीलाई सुरक्षित रुपमा राखि स्वास्थ्य केन्द्र तथा अस्पतालमा पुर्याउने भन्ने बारेमा अभिमूखिकरण दिइएको जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लले जानकारी दिए ।
अभिमूखिकरणमा स्वास्थ्य निर्देशक रिता भण्डारी जोशी, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाही, लगायतले सरकारले दिने एम्बुलेन्स सेवामा कुनै कसर बाँकी नराखि एम्बुलेन्स सञ्चालन गर्न चालकहरुलाई निर्देशन दिए ।
कोरोना लागेको बिरामी बोक्न मान्नुहुन्छ त? भन्ने होष्ट खवरको प्रश्नमा देउती अस्पताल सुर्खेतका एम्बुलेन्स चालक मोहनबहादुर विष्टले भने, ‘स्वास्थ्य सुरक्षित पोशाक (पिपिई) लगाएर त्यस्ता बिरामी बोक्छौं, तर त्यस्तो पोसाक आवश्यक परेको अवस्थामा प्रशस्त संख्यामा उपलव्ध हुनुपर्दछ ।’
टाढा टाढा सम्म जान भने यो परिस्थितीमा सम्भव नहुने चालक विष्टको भनाई छ । खाली भएको समयमा जुनबेला पनि आँफुहरु बिरामी बोक्न तयार भएको उनको भनाई छ ।
सुर्खेतमा एम्बुलेन्समा उपलव्ध हुनुपर्ने उपकरणहरु सवै नभएपनि जनस्वास्थ्य कार्यालयले उपलव्ध गराएको डेडिकेटेड एम्बुलेन्समा बिरामी बोक्न कुनै संकोच नहुने चालक विष्टको भनाई छ । उनका अनुसार सुर्खेतमा आई.एन.एफ.को (ग) र अन्य सवै अस्पताल तथा संस्थाका (घ) बर्गका एम्बुलेन्सहरु रहेका छन् ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार कोरोना पोजेटिभ बिरामी बोकिसकेपछि पिपिई लगायतका अन्य सामग्री डिस्पोज गर्नुपर्ने र नयाँ औजार, उपकरण तथा सामग्री प्रयोग गर्नुपर्ने लगायतका कुराहरु भने कर्णालीमा लागु गर्न असम्भव छ ।
एम्बुलेन्स चालकहरुसंग पिपिई उपलव्ध रहेको कार्यालय प्रमुख वाग्लेले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवै प्रदेश सदरमुकाममा कम्तीमा ५ वटा डेडिकेटेड एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । सुर्खेतमा भने यस किसिमका एम्बुलेन्स ६ वटा रहेको कार्यालय प्रमुख वाग्लेको भनाई छ ।
कोरोनाको जोखिम बढेसंगै पछिल्लो समय एम्बुलेन्स चालकले बिरामी बोक्नै नमानेका गुनासाहरु प्रशस्त आउने गरेका छन् । यस बिषयमा कार्यालय प्रमुख वाग्लेले त्यस्ता एम्बुलेन्सलाई स्पष्ट निर्देशन दिइसकिएको र नमाने कारबाही गरिने बताए ।
अभिमूखिकरणमा साइनि अस्पताल आई.एन. एफ., क्षेत्रीय जनस्वास्थ्य निर्देशनालय, माया , देउती अस्पताल लगायतका ५ जना एम्बुलेन्स चालकले सहभागिता जनाएका थिए । सिमित चालकलाई मात्रै नभई एम्बुलेन्स सञ्चालक समितिका सवैलाई अभिमुखिकरणमा सहभागि गराउनुपर्ने सरोकारवालाको माग छ ।