काठमाण्डौं /नेपाल न्यूज : जनस्वास्थ्य विज्ञ डा। शरद वन्तले नेपालमा स्वास्थ्यसम्बन्धी विभिन्न मुद्दामा काम गरेको लामो समय भइसकेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणले विश्व नै आक्रान्त भइरहेका बेला नेपाल पनि यो समस्याबाट अछूतो रहेको छैन।
अहिलेसम्म नेपालमा ३१ संक्रमित फेला परेकामा ४ जना निको भएर घर गइसकेका छन्। नेपालमा संक्रमण देखिएका अधिकांश बिरामी भारत तथा अन्य मुलुकबाट आएका रहेका छन्। विदेशबाट आएका केही व्यक्तिमा एक महिनापछि कोरोना पोजेटिभ देखिएपछि भाइरसको प्रकृतिबारे विज्ञहरु नै अन्योलमा परेका छन्।
नेपालमा परीक्षण अवस्था, संक्रमणको चुनौती र अपनाउनुपर्ने सावधानीबारे डा. वन्तसँग नेपालन्युजकर्मी युवराज भट्टराईले गरेको कुराकानीः
नेपालमा विश्व स्वास्थ्य संगठनले भने विपरीत १४ दिनभन्दा पछि विभिन्न व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखापरिरहेको छ। एकातिर संक्रमितको संख्या ३१ पुग्दा १ जना मात्रै स्थानीय रुपमा संक्रमित व्यक्ति रहेका छन्। यसले नेपालमा कोभिड १९ ले कस्तो स्वरुप लिएको छ भन्न सकिएला?
कोरोना भाइरसको प्रविधिक पक्षहरु अझै पनि पूर्ण स्पष्ट भएको छैन। विश्व स्वास्थ्य संगठनले पनि यो कुरा सार्वजनिक रुपमा नै भनको छ। जुन पुस्ताको, जुन किसिमको कोरोना भाइरससँग अहिले हामी जुधिरहेका थियौं, यसभन्दा अगाडि हाम्रो मानव शरीरमा भाइरसले प्रवेश गर्ने र रोग लाग्ने भएको थिएन।
यो पहिलो पटक भएको छ। अहिले पनि यो भाइरस चलायमान नै छ। यसका कतिपय प्रविधिक पक्षहरु स्थापित हुन बाँकी नै छ। कोभिड १९ का कतिपय प्राविधिक पक्षहरुलाई यो महामारी रोकिएपछि पछाडि फर्किएर अध्ययन गर्दै अनुसन्धान गर्नुपर्ने हुनसक्छ।
कोभिड १९ लाई लिएर ७ देखि १४ दिनसम्म यसको लक्षण देखिने अवधि भनिएको थियो। तर, अहिले आएर त्यसमाथि पनि प्रश्नहरु देखिएका छन्। एकातिर १४ दिनभन्दा पनि बढी समयमा मात्रै लक्षण देखिने केसहरु देखिएका छन्। हाम्रै नेपालमा पनि यस्ता केसहरु भेटिए।
विश्व स्वास्थ्य संगठनले १४ दिन भनेकै आधारमा हामीले त्यसलाई सिद्धान्तकै रुपमा स्वीकार्नुपर्ने अवस्था होइन। यो चलायमान छ भनेर नै बुझ्नुपर्ने अवस्था हुन्छ। नेपालमा जुन संक्रमणहरु देखिए, उनीहरु १४ दिन त क्वारेन्टाइनमै बसे। तर, उनीहरुमा त्योभन्दा अगाडि नै संक्रमित भएका हुनसक्छन्।
त्यसैले पनि १४ दिन भन्ने कुरालाई सामान्य अनुमानको रुपमा लिन आवश्यक छ।
जुन नेपालको सन्दर्भको कुरा छ, यो हामी जनस्वास्थ्यकर्मी तथा अनुसन्धानकर्मीहरुको निम्ति पनि अनुसन्धानकै विषय भएको छ। एकजनामा स्थानीय केस देखियो, त्यसपश्चात् अन्यमा देखिएन। यसले एक किसिमको प्रश्नहरु उठाएको छ। के साँच्चै नेपालमा संक्रमण नभएको हो तरु भन्ने कुरा उठेको छ।
अहिलेसम्म नेपालमा भेटिएका ३१ मध्ये ३० वटा केसलाई आयातीत भनेर बुझेका छौं अहिलेसम्म। यतिका केसहरु पोजेटिभ देखिँदा किन स्थानीयमा धेरै संक्रमण त देखिएन?
यसको पछाडि केही सम्भावनाहरु देखिन्छन्। साँच्चै नै पनि संक्रमण नभएको हुनसक्छ । आइसोलेसन, हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमतादेखि राम्रोसँग क्वारेन्टाइनमा बसेर संक्रमण नभएको भन्ने एउटा पाटो हो। तर, अर्को सम्भावना संक्रमण भएर पनि हामीले थाहा पाउन नसकेको भन्ने हुन्छ।
संक्रमण र मृत्युलाई विश्लेषण गर्दा जनसंख्यासँग तुलना गरेर हेरिन्छ। त्यो हिसाबले हेर्दा पनि एसियामा निकै कम गतिमा यो फैलिएको देखिन्छ । भारतजस्तो यति ठूलो जनसंख्या भएका देशमा पनि संख्यात्मक र अनुपातको हिसाबले यो निकै कम छ।
यी दुवै प्रश्नहरु, दुवै सम्भावनाहरु उत्तिकै जायज छन्। त्यसैले पनि, यही कारणले नेपालमा संक्रमण नदेखिएको भनिहाल्नुपर्ने स्थिति नभएता पनि यी दुवै किसिमका कुरामा केही न केही प्रभाव परेको हुनसक्छ।
चीनमा पहिलो पटक कोरोना भाइरस देखिएपछि युरोप अमेरिका हुँदै अहिले दक्षिण एसियाली देशहरुमा संक्रमण देखापर्दा यसले फरक(फरक किसिमले असर गरिरहेको देखिन्छ। जनसंख्या, संक्रमितको संख्या, मृत्युदरलगायतलाई हेर्दा एकनास किसिमको नभएर फरक(फरक देखिएका छन्। यसमा के कुराले असर गरिरहेको होला?
यसमा थुप्रै कुराहरु कारक हुनसक्छन्। एसियामा मात्रै नभएर अफ्रिकी देशहरुमा पनि यो भाइरसको संक्रमण निक्कै धिमा गतिमा अगाडि बढिरहेको छ। त्यो क्षेत्रमा पनि सौभाग्यवश यसले धेरै असर गरिसकेको छैन।
युरोपका पनि सबै देशहरुमा यो एकनासले बढेको छैन। विविध किसिमले बढेको देखिन्छ । इटाली, स्पेन, फ्रान्समा जस्तो हंगेरी, रोमानिया लगायतका क्षेत्रमा जस्तो गतिशील भएर फैलिएको छैन। मृत्युको हेर्ने हो भने पनि देश अनुसार फरक–फरक देखिएको छ।
संक्रमण र मृत्युलाई विश्लेषण गर्दा जनसंख्यासँग तुलना गरेर हेरिन्छ। त्यो हिसाबले हेर्दा पनि एसियामा निकै कम गतिमा यो फैलिएको देखिन्छ । भारतजस्तो यति ठूलो जनसंख्या भएका देशमा पनि संख्यात्मक र अनुपातको हिसाबले यो निकै कम छ। यद्यपि, बढ्ने क्रम छ, तर त्यो गति समाएर बढेको छैन।
एसियाका देशहरुलाई हेर्दा यसको गति फरक देखिएको छ। यसको मृत्युदर पनि कम भएको छ, र संक्रमण फैलिने गति पनि किन फरक छ भन्ने बारेमा थुप्रै अनुमानहरु छन्।
ती सिद्धान्त भने होइनन्, अनुमानहरु गरिएका छन्। यस्ता विषयमा अनुसन्धानहरु भइरहेका छन्। यो रहस्य उजागर हुन केही समय लाग्ला।
यो बाहेकको अनुमान भनेको अहिले यसको गति सुस्त भए तापनि भोलि आउने दिनहरुमा फेरि संक्रमणको गति नपक्रिएला भनिहाल्ने अवस्था पनि छैन। सतर्कता अपनाउनुपर्ने देखिन्छ।
नेपालमा अहिले जुन गतिमा संक्रमण फैलिएको छ, त्यो एकदमै सुस्त हो। यसका पनि कारणहरु होलान । तर, हाम्रोमा फैलिएको छैन भन्दैमा हामी सुरक्षित छौं, र फैलिँदैन भनेर ढुक्क भई बसिहाल्नु पर्ने अवस्था छैन। सर्तकता अपनाउन जरुरी नै रहेको अवस्था छ। यो नफैलिएला भनेर विश्वस्त हुने आधार पनि छैन।
लकडाउन सुरु भएको एक महिना अवधि सकिएको छ। यो संक्रमणलाई रोक्न र जोखिमलाई नियन्त्रणसँगै हुन नदिन अब कति समय लाग्न सक्ला? अहिले संक्रमितको संख्या र प्रकृति हेर्दा नेपालमा भाइरसले कुन चरणमा असर गरिरहेको होला?
लकडाउनको सन्दर्भलाई लिएर हेर्दा हामी जोखिममा थियौं, आयातीत संक्रमणले नेपाल प्रवेश गर्ने निकै सम्भावना थिए। अन्य देशभन्दा फरक भएर हामीमा कुनै किसिमको विशेषता थिएन्, जसले यो जोखिमबाट बचाउँछ।
जोखिममा भएकाले संक्रमणलाई रोक्नका लागि हामीले प्रयास गर्नु नै पथ्र्यो। लकडाउन एउटा प्रयास हो।
हामीले सिमाना बन्द गर्यो। भारतबाट प्रवेश गर्ने मानिसहरु संक्रमित थिए भने त्यहाँबाट त संक्रमण रोकिनुपर्थ्यो। त्यो जोखिमलाई कम गर्न पनि दूरी कायम गर्न आवश्यक थियो, र अन्य देशबाट पाएको अनुभवले पनि लकडाउन आवश्यक भएको देखाएको थियो।
अहिले ३१ जना पहिचान भएको छ, उनीहरुबाट संक्रमण फैलिनसक्ने सम्भावना थियो। त्यो कुरालाई पनि ध्यानमा राख्दै लकडाउन आवश्यक थियो।
नेपालमा एउटा केस स्थानीयमा देखियो। आयातीत केसबाट स्थानीयमा सरेको भेटियो। त्यसपछि स्थानीय केसहरु भएको देखिँदैंन। तर, अहिले जुन उदयपुरमा एकैपटक १२ जनामा संक्रमण देखियो, त्यसले एउटा गम्भीर प्रश्न उठाएको छ। यसबारे के भन्नुहुन्छ?
ती भारतीय नागरिकहरु भारतबाट संक्रमित भएर आएका हुन वा यहाँ संक्रमित भएर आएका हुन भन्ने कुरामा स्पष्ट हुन आवश्यक छ। यदि उनीहरु भारतबाट संक्रमित भएर आएका हुन भने त्यसले विज्ञानलाई पनि एउटा प्रश्नचिन्ह खडा गरिदिन्छ।
संख्यात्मक रुपमा धेरै नदेखिएपछि गुणात्मक रुपमा हामी दोस्रो वा तेस्रो चरणमा पुगिसक्यो भन्ने कुरामा पनि धुमिल स्पष्टता छ, जुन भारतीय नागरिकमा संक्रमण देखिएको छ, उनीहरुमा नेपालबाटै संक्रमण सरेको देखियो भने हामी तेस्रो चरणमा पुगेको सम्भावना रहन्छ।
उनीहरु भारतबाट नेपाल प्रवेश गरेको तीन महिनाभन्दा अगाडि हो भन्ने देखिएको छ। भारतबाट नेपाल प्रवेश गरेपछि विभिन्न ठाउँमा गएको भन्ने कुरा छ।
वीरगन्जमा पनि अगाडि नै प्रवेश गरेको भन्ने कुरा हो। यदि उनीहरु भारतबाटै संक्रमित भएर आएका हुन भने अहिले हामीे दुई हप्ता, तीन हप्ता भनिरहेको कुरालाई यसले ठाडै चुनौती दिन्छ।
त्यसो नभएर अहिलेसम्मको वैज्ञानिक खोजले भनेअनुसारको दुईरतीन हप्ताको कुरालाई मान्ने हो भने संक्रमण नेपालमा नै भएको हुनुपर्छ। नेपालमा कोबाट संक्रमित भए भन्ने कुरा पनि खोजीको विषय छ।
यी सबै सम्भावनाहरु गुजुल्टिएर बसेको हुनाले नेपालमा स्थानीय तहको संक्रमण भयो वा भएन भन्नलाई अहिले धुमिल स्थिति छ।
संख्यात्मक रुपमा धेरै नदेखिएपछि गुणात्मक रुपमा हामी दोस्रो वा तेस्रो चरणमा पुगिसक्यो भन्ने कुरामा पनि धुमिल स्पष्टता छ, जुन भारतीय नागरिकमा संक्रमण देखिएको छ, उनीहरुमा नेपालबाटै संक्रमण सरेको देखियो भने हामी तेस्रो चरणमा पुगेको सम्भावना रहन्छ।
संख्यात्मक रुपमा त्यो संख्या धेरै नभए तापनि त्यसको प्रकृतिको हिसाबमा हामी तेस्रो चरणमा पुगेको संकेत गर्छ। यो विषयमा अनुसन्धान हुन बाँकी नै छ।
नेपालमा लकडाउनसँगै सम्पूर्ण मान्छे क्वारेन्टाइनमा छन्। अन्य देशलाई हेरिकन यहाँ संक्रमण फैलिएको पनि छैन। अब आगामी दिनमा यसले कस्तो स्वरुप लिन्छ होलारु भोलिका दिनमा भाइरसले कुन रुपमा असर गर्नसक्ने अनुमान लगाउन सकिन्छ ?
यो विषयमा अनुमान गर्न सकिन्छ। हामीले लकडाउनलाई पूर्ण पालन गर्दै, दुरी कायम गर्यौं र, संक्रमण रोक्न गरिएका सबै प्रयास प्रभावकारी भएमा यो संक्रमणको गति धिमा हुँदै गएर पूर्णरुपमा नियन्त्रण हुनसक्ने स्थिति आउँछ। एउटा सम्भावना त्यो पनि छ।
तर, अर्को सम्भावना हामीले संक्रमण भएका कतिपय मानिसहरुलाई पहिचान गर्न सकेका छैनौं भन्ने हो। समुदायमा संक्रमित व्यक्ति अझैं छन्, र उनीहरुले लक्षण देखाउने अवधि आउन बाँकी नै छ।
भोलि यी केसहरु पहिचान भएपछि संक्रमण बढेर जानसक्छ। र, विशेष गरी भारतबाट नेपाल प्रवेश गर्ने कतिपय नेपालीहरुलाई हामीले राम्रोसँग निगरानी र परीक्षण गर्न सकेका छैनौं। उनीहरुलाई टेर्सि देखि क्वारेन्टाइनमा राख्ने कुरा पनि राम्रोसँग राख्न सकिएको छैन। केही दिनमा यी कुराहरु आफैं देखिनेछन्, र संक्रमण बढ्दै जानेछ।
यी दुवै सम्भावनाहरु नेपालमा उत्तिकै मात्रामा छन्। दोस्रो सम्भावनाले संक्रमण बढ्ने संकेत गर्छ भने पहिलोले संक्रमण घटेर सामान्य अवस्थामा नेपाल फर्किने कुरामा संकेत गर्छ। यी दुवै सम्भावना बराबर देखिन्छन्। ठिक यस्तै हुन्छ भनेर निश्चत हुने आधार भनिसकेका छैनन्।
तर, यी दुवै सम्भावनालाई ध्यानमा राख्दै अगाडिका कदमहरुलाई चाल्न सकिन्छ। आगामी दिनमा गरिने कामकारबाहीलाई यी दुईवटै कदमलाई ध्यानमा राख्न पनि आवश्यक छ।
नेपाल न्यूज डटकमबाट साभार