काठमाडौं : उत्तर कोरियाली तानशाह किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताइएको छ । एक रिपोर्टका अनुसार उनलाई कार्डियोभास्कलरको समस्या रहेको छ । त्यसकै उपचारमा रहेको किमको सर्जरी पछि झनै उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
एक अमेरिकी अधिकारीका अनुसार किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । गएका केहि महिना यता उनको स्वास्थ्य अवस्था गम्भीर बनेकोले उनी आफ्ना हजुरबुवाको जन्मदिन १५ अप्रिलमा पनि सहभागी बनेका थिएनन् ।
११ अप्रिलदेखि उनलाई कसैले पनि देख्न सकेको छैन। किम अत्याधिक स्मोकिङ गर्दछन् र उनलाई मोटोपनको समस्या रहेको छ ।
एक मिडिाका अनुसार किम जोंग उन अहिले हयांगसान कस्बेको एक अस्पतालमा उपचाररत छन् । एक उत्तर कोरियाली मामिलाका विशेषज्ञ ब्रुस क्लींगरका अनुसार गएको केहि समय यता किमको स्वास्थ्यलाई लिएर धेरैले मजाक उडाइरहेका थिए, कसैले हजुरबुवाको जन्मदिनमा नआएकोले धेरैले उनको अवस्था गम्भीर रहेको आँकलन गरेका छन् ।
यो भन्दा पहिला सन् २००८ मा किम जोंग उनका पिता किम जोंग द्वितीय उत्तर कोरियाले भव्य रुपमा आयोजना गर्ने समारोहमा उपस्थित हुन सकेका थिएनन् ।
उनी ६० वर्षमा उत्तर कोरियाले भव्यरुपमा आयोजना गर्ने समारोहमा उपस्थित भएका थिएनन् । पछि मात्र उन उनलाई हृदयरोगको गम्भीर समस्या भएको पत्ता लागेको थियो ।
स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि सन् २०११ उनका मृत्यु भएको थियो ।