मुम्बई : कोरोन भाइरस संक्रमण रोकथामका लागि भारतमा समय बढाएर ३ मेसम्म गरिएको छ । लकडाउन भएकाले भारतमा सबैजना घरमा नै सिमित भएका छन् । बलिउड कलाकारहरु अपवाद हुने कुरै भएन ।
बलिउड कलाकारहरुले चाहिँ घरमा परिवारसँग बिताएको समयबारे सामाजिक सन्जालमा लेखिरहेका छन् । तर, अभिनेता सन्जय दत्त घरमा एक्लै परेका छन् । उनकी पत्नी मान्यता दुई छोराछोरीसँग दुबईमा रोकिएपछि उनलाई मुम्बईमा चिन्ता बढेको छ ।
एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा सन्जय दत्तले भनेका छन्, ‘म उनीहरुसँग दैनिक अनलाइन च्याट गरिरहेको छु । तर, मलाई अहिले पनि उनीहरुको सुरक्षाको चिन्ता बढेको छ । उनहिरुले पनि यहाँ परिवारलाई मिस गरिरहेका छन् । म यहाँ तनावमा छु, किनकि मेरो बच्चाहरु नै मेरो जीवनका लागि सबैथोक हुन् ।’