धनगढी : कैलाली लम्कीका कोरोना संक्रमित युवक सेती प्रादेशिक अस्पतालबाट आज डिस्चार्ज भएका छन् । १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका लम्कीका २१ वर्षीय राज बि.क. डिस्चार्ज भएका हुन् ।
उनलाई अहिले साँझ साढे ४ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । भारतबाट आएका जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिबारबाट कोरोना संक्रमणको पुष्टि भएको थियो ।
दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको हो । उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन् ।
उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन्।