शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अन्ततः फेरि क्वारेन्टाइनमै १८१ जनाको बास

होस्ट खबर by होस्ट खबर
४ बैशाख २०७७, बिहीबार
182
SHARES
343
VIEWS
FacebookTwitter
अन्ततः फेरि क्वारेन्टाइनमै १८१ जनाको बास

बाँके : बाँकेमा बिहीबारसम्म पिसिआर र आरडिटी विधिबाट परिक्षण गरिएका २७९ जनामा कोरोना नेगेटिभ देखिएको छ । स्वाब संकलन गरेर पिसिआर विधिबाट परिक्षण गरिएका ७६ जना र क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेका २०३ जनामा आरडिटी किटबाट कोरोमा परिक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा क्वारेन्टाइनमा बसेकाहरुको नमुना परिक्षणलाई तीव्रता दिइएको छ । उनकाअनुसार अब क्वारेन्टाइनमा ३०४ जना छन् । यहाँका तीन अस्पतालको आइसोलेसनमा रहेका थप १५ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि भैरहवा पठाइएको छ ।

नेपालगन्जको दशगजामा रहेका १८१ जनामा पनि कोरोना नेगेटिभ देखिएको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । नेपालगन्जको दशगजामा बनाइएको क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई घर पठाउन गरिएको तयारीलाई गृहमन्त्रालयले रोकेको उपमहानगरपालिकाले बताएको छ ।

भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका १८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा राखिएको छ । उनीहरुको बिहीबार आरडीटि टेष्ट गर्दा सवैजनाको नतिजा नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको थियो । उनीहरुलाई घर पठाउनका लागि क्वारेन्टिनमा गाडीसमेत बोलाइएको थियो । धेरैजसो गाडीभित्र सामान राखिएका थिए ।

कतिपयले आ–आफ्नो सिट छानेरसमेत बसिसकेका थिए । स्थानीय प्रशासनले गृहमन्त्रालयमा सम्पर्क गर्दा पठाउन नमिल्ने निर्देशन आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् । गृह मन्त्रालयबाट पठाउन नमिल्ने जवाफ आएपछि प्रजिअ खड्काले उनीहरुलाई अहिले पठाउने निर्णय भइ नसकेको भन्दै घर जानबाट रोकेको बताए ।

१५ दिन क्वारेन्टिन बसेर आरडिटी टेष्टसमेत नेगेटिभ आएपछि उनीहरु घर जान खोज्नु सामान्य मानिने गरिएको छ । जिल्लाकै अन्य स्थानीय तहहरुले भने यस्तोमा घर जान दिएका छन् । दशगजामा राख्ने बेलामा उनीहरुले आन्दोलन गर्दा १४ दिनपछि घर पठाइदिन्छौं भन्ने आश्वासन पनि दिइएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलसम्शेर राणाले गृहमन्त्री रामबहादुर थापा र गृहसचिवलाई फोन सम्पर्क गर्दा गृहमन्त्री थापाले मन्त्रीपरिषद्को निर्णयले नै एक ठाँउबाट अर्को ठाँउमा जान रोकेको प्रतिक्रिया दिएको राणाले जानकारी दिए । मेयर राणाले भने, ‘गृहमन्त्रीले अर्को निर्णय नहुँदासम्म जान नमिल्ने बताएपछि के गर्नु ?’

गृह मन्त्रालयले घर नपठाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि नेपाल–भारत सीमा क्षेत्र दशगजास्थित क्वारेन्टाइनमा राखिएका १८१ जना पुनः क्वारेन्टाइनमै बस्नुपरेको छ । आरडिटीमार्फत कोरोना परिक्षण गरिएका उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । सबैको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुले आजै आ–आफ्नो घर जान पाइने भन्दै खुशी भएका थिए ।

Related Posts

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
मुख्य समाचार

गठबन्धन बनाउँदा एउटै चिह्न

कोरोनाको कहर : गरिब प्रदेशको जनप्रतिनिधिको सुविधामा रहर
मुख्य समाचार

कर्णाली प्रदेशसभा: ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल
ताजा समाचार

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो
भर्खर

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

४ बैशाख २०७७, बिहीबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

४ बैशाख २०७७, बिहीबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

४ बैशाख २०७७, बिहीबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

४ बैशाख २०७७, बिहीबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

४ बैशाख २०७७, बिहीबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

४ बैशाख २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.