सल्यानमा भारत सहित तेस्रो मुलकबाट आएका सबैको आरडिटि (र्यापिड डाइग्नोष्टिक टेष्ट) किटद्धारा प्रारम्भिक जाँच गरिने भएको छ । चैत १ गते यता भारत सहित तेस्रोमुलकबाट आएका सबैमा कोरोना भाइस भए नभएको वारेमा पत्ता लागनउको लागी र्यापिड टेष्ट गर्न लागिएको हो ।
आजको ४ दिनभित्र जिल्लाको सबै स्थानिय तहमा गएर र्यापिड टेष्ट गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । सल्यानमा अहिलेसम्म ७ सय ८२ जना भारत सहितका विभिन्न मुलुकबाट फर्किएको तथ्यांक छ ।
यसअघि सल्यानमा १७ जनाको र्यापिड टेष्ट गरिएको थियो भने सबैको रिपोर्ट नेगेटिभ आएको थियो । यसैविच आज दार्मा गाउपालिका, कपुरकोट गाउपालिका र त्रिबेणी गाउपालिकामा पुगेर टेष्ट गर्न लागिएको छ ।