बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अस्ट्रेलियामा कोरोनालाई जितेकी नेपाली नर्सको अनुभव

उच्च मनोबल र सतर्कताले कोरोनाको महामारी जितिन्छ’

होस्ट खबर by होस्ट खबर
४ बैशाख २०७७, बिहीबार
430
SHARES
336
VIEWS
FacebookTwitter
अस्ट्रेलियामा कोरोनालाई जितेकी नेपाली नर्सको अनुभव

सिड्नी : अस्ट्रेलियामा कोरोना भाइरस पराजित गरेकी नेपाली नर्स सञ्जिता न्यौपानेले उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाएकाले आफूले कोरोना भाइरसलाई पराजित गर्न सफल भएको बताएकी छिन् ।

कोरोना पराजित गरेपछि इस्टरको लामो बिदा पनि काम र आफ्नो परिवारका साथ खुशी साथ बिताएकी सञ्जिताले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘अस्ट्रेलियामा भएका मेरा श्रीमानले छोरीहरु र मेरो राम्रो हेरचाह गर्नुभयो र नेपालबाट मेरा आमा–बुवा तथा साथीहरुले मलाई निरन्तर सम्पर्क गरेर मनोबल उकास्नु भयो । म सबैप्रति आभारी छु ।’

भिक्टोरिया राज्यको नर्दन अस्पताल इपिंगका रजिस्टर्ड नर्सका रुपमा कार्यरत सञ्जिता सपरिवार मार्च २२मा अमेरिकाको न्यूयोर्कबाट मेलबर्न आइपुगेकी थिइन् । चौबिस घण्टाको हवाई यात्रा गरी मेलबर्न आइपुगेकी उनलाई भोलिपल्ट मार्च २३ मा केही अप्ठेरो महसुस भयो । उनको सपरिवारले स्वास्थ्य परीक्षण गराए ।

मार्च २६ मा परिवारका अरु सबै सदस्यको स्वास्थ्य परीक्षणको रिपोर्ट आयो, तर उनको आएन । सञ्जिताले भनिन्, ‘मेरो परिवारका सदस्यहरुको रिपोर्टमा कोभिड १९ को संक्रमण थिएन । तर मेरो रिपोर्ट भने ढिलो भयो, मनमा चिसो पस्यो ।

उनले थपिन् ‘तर मलाई पछि स्वास्थ्य बिभाग र अस्पतालबाट सम्पर्क गरेर कोभिड १९ को संक्रमण भएको जानकारी दिइयो । तर, नआत्तिन र परिवारबाट आइसोलेसनमा रहन भनियो ।’

स्वास्थ्य बिभागले अप्ठेरो भएमा आइसोलेसनको व्यवस्थापन सरकारले गरिदिने बताए पनि आफ्नो घरमा पर्याप्त स्थान भएकाले उनले घरमै आइसोलेसनमा बस्ने निर्णय गरिन् । आफैं पनि स्वास्थ्यकर्मी भएकाले श्रीमान् र छोरीहरुलाई मनोबैज्ञानिक असर नपरोस् भनेर उनी सजग पनि थिइन् ।

स्वास्थ्य बिभाग, आफूलाई हेर्ने चिकित्सक र काम गरिरहेको अस्पतालबाट दैनिक धेरै पटक टेलिफोनमा सम्पर्क गरिएको र त्यसले आफूलाई मनोबैज्ञानिक रुपमा निकै सहयोग पनि भएको पनि उनले बताइन् ।

आइसोलेसनमा बस्दा खानपिनलाई निकै ध्यान दिएको बेसार र कागती मिसाएको तातो पानी पर्याप्त पिएको र योगा लगायत शारीरिक ब्यायाम गरेको पनि उनले बताइन् ।

‘मलाई सातौं र आठौं दिनमा अलि अप्ठेरो हुनसक्ने सुझाव दिइएको थियो । त्यस्तै पनि भयो, तर धैर्यतापूर्वक अप्ठेरोलाई पचाएँ,’ उनले भनिन् ।

कोरोना भाइरसबारे सरकारले जारी गरेका सूचना र नीतिहरुमा आफू निरन्तर अपडेट भएर आइसोलेसनमा बिताएको उनले जानकारी दिइन् ।

आइसोलेसनको समय सकिन लाग्दा आफू काममा फर्किनुपर्ने स्वास्थ्यकर्मी भएकाले पटक–पटक स्वाब लिएर जाँच गरिएको बताइन् । पुनः जाँच गर्दा पहिलो पटक संक्रमण अन्त्य नभएको देखिएको, तर पछिल्लो दुई पटक संक्रमण नदेखिएको उनले बताइन् ।

‘म अब कोरोना भाइरसबाट पूर्ण मुक्त भएँ,’ उनले भनिन्, ‘अहिले त म काममा पनि फर्किसकेकी छु ।’

उनले ‘म स्वास्थ्य क्षेत्रको कामदार हुँ, घरमा बस्न सक्दिनँ भन्ने फ्रेम आफ्नो सामाजिक सन्जाल फेसबुकमा राखेकी छन् ।

उनले आफूलाई आफू कार्यरत अस्पताल परिवार र मेल्बर्नको छिमेकी समाजले सम्मान गरिरहेको बताउँदै एक पटक कोरोना संक्रमण भएको व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण गलत हुनसक्ने तर्फ सबै सचेत हुनुपर्ने पनि बताइन् ।

उनले आफूलाई नेपाली सामाजिक संस्थाहरु र छिमेकीबाट ठूलो सहयोग र सद्भाव पनि प्राप्त भएको भन्दै अस्ट्रेलियाको स्थानीय एमएन टिभीसँगको एक अन्तर्वार्तामा भनिन्, ‘म कोरोना मुक्त भएपछिको पहिलो क्षण छोरी पल्पसाले कवितात्मक शैलीमा मलाई लेखेको चिठ्ठीले निकै भावुक बनायो, धेरैबेर छोरीहरुलाई काखमा राखेर बिताएँ ।’

सञ्जिताले अनलाइनखबरलाई आफ्नी आठ वर्षीया छोरीले लेखेको कवितात्मक पत्र उद्धृत गर्दै भनिन्–

आमा कोरोना हामीबाट कहिले जान्छ

र म तपाईंलाई अँगालो मार्न पाउँछु ?

म कहिले तपाईंलाई चुम्बन गर्न पाउँछु ?

र तपाई सँगसँगै न्यानो काखमा सुत्न पाउँछु ?

हामी अमेरिका छँदै तपाईंले गरेको प्रतिज्ञा

तपाईं सँगसँगै बजार कहिले जान पाउँछु ?

र इस्टरको लागि बन्नी किनेर कहिले ल्याउन पाउछु ?’

सञ्जिताले अनलाइनखबरसँग भनिन्, ‘छोरीले अस्ट्रेलिया पुगेपछि थकाइ मेट्नासाथ मसँग बजार गएर बन्नी (खरायो जस्तै लुगा) लगायत इस्टरका खेलौना किनेर ल्याउने प्रतिबद्धता गराएकी थिइन् । तर यसपटक कोरोना पराजित गरे पनि बजार नखुलेकाले उनीहरुका लागि बन्नी किन्न पाइएन । स्थिति सहज भएर बजार खुलेपछि छोरीहरुका लागि म त्यो बाचा पूरा गर्ने छु ।’

अस्ट्रेलियाका बिभिन्न राज्यमा कोरोना भाइरसको संक्रमणमा परेका सबैजना नेपाली हाल निको भैसकेका नेपाली दूतावास क्यानबेराले जनाएको छ । नेपालबाट सिंगापुर–सिड्नी हुँदै २०२० फेब्रुअरी २६ मा तास्मानियाको होबर्ट आइपुगेका २० वर्षीय नेपाली विद्यार्थीमा फेब्रुअरी २७ मा नै रुघाखोकी जस्ता कोरोना संक्रमणसँग मिल्दोजुल्दो संकेत देखिएको थियो । तर, मार्च ६ शुक्रबारमात्र उनी स्वास्थ्य हटलाइनको सम्पर्कमा गएका थिए र मार्च ७ शनिबार प्राप्त उनको रिपोर्टमा उनलाई कोरोना भाइरस संक्रमण देखिएको थियो । अस्ट्रेलियाको नेपाली समाजमा देखिएको यो पहिलो कोरोना संक्रमण थियो ।

नेपाली समाजमा दोस्रो कोरोना संक्रमणको खबर मार्चको तेश्रो साता पत्ता लाग्यो । न्यू साउथ वेल्स राज्यको एउटा नर्सिङ्ग होममा कार्यरत एक नेपाली महिला नर्समा कोरोना संक्रमण देखियो । स्वास्थ्यकर्मीहरुको सल्लाहमा उनी आइसोलेसनमा रहिन् र हाल उनी निको भएर आफ्नो नियमित दैनिकीमा फर्किसकेकी छिन् ।

नेपाली समाजमा कोरोना भाइरस संक्रमणको तेस्रो खबर भिक्टोरियामा सुनियो । अमेरिकाबाट अस्ट्रेलिया आएको भोलिपल्टै मार्च २३ मा परीक्षण गराएकी सञ्जिताको थियो । भिक्टोरियास्थित नेपाली महावाणिज्य दूतावास सूत्रका अनुसार मार्च २६ मा एक अर्की नेपाली महिलाले आफूलाई कोरोना संक्रमणको शंका लागेपछि तत्काल जाँच गराइन् । उनमा कोरोना संक्रमण भएको पुष्टि भयो जुन चौथो खबर थियो ।

मार्च २६ तारिखमा नै यता न्यू साउथ वेल्सको एक बस्तिमा अर्की एक महिलामा कोरोना संक्रमणको आशंका भयो । यो नेपाली समाजमा कोरोना संक्रमणको पाँचौ खबर थियो । उनले तत्काल जाँच गराइन् र उनमा पनि कोरोना संक्रमण पुष्टि भयो । उनीसँगगै बसेका अरु तीन जना महिलाले पनि लगत्तै आफ्नो जाँच गराए र उनीहरु मध्यका अरु दुई जनामा कोरोना संक्रमण देखियो भने एक जनामा देखिएन ।कोरोना संक्रमण नदेखिएकालाई अलग राखेर अरु तीन जना संक्रमितलाई उनीहरुकै निवासमा आइसोलेसनमा राखिएको थियो । हाल उनीहरु सबैको स्वास्थ्यमा सुधार भैसकेको छ ।

हालसम्म मेलबर्नकी नेपाली नर्स सञ्जिता न्यौपाने बस्ताकोटीबाहेक अरुले आफ्नो परिचय खुलाएका छैनन् । उनले आफू स्वास्थ्यकर्मी पनि भएको र कोरोनाविरुद्ध चेतना फैलाउने आफ्नो कर्तव्य ठानेर परिचय सार्वजनिक गरेको उनले अनलाइनखबरलाई बताइन् । उनी नेपालको चितवनको टाँडी निवासी हुन् ।

अनलाईन खबर

Related Posts

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

प्रतिनिधि सभा बैठक बस्दै

सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी
ताजा समाचार

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने
ताजा समाचार

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २५ गते बुधबार, आजको राशिफल

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

मंसिर १ गतेदेखि मौन अवधि सुरु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

४ बैशाख २०७७, बिहीबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

४ बैशाख २०७७, बिहीबार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

४ बैशाख २०७७, बिहीबार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

४ बैशाख २०७७, बिहीबार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

४ बैशाख २०७७, बिहीबार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

४ बैशाख २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.