एजेन्सी : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार नाघेको छ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ।
त्यहाँ अहिले ९ हजार ७ सय ५६ ‘एक्टिभ केस’ छन् भने १३ सय ५ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा त्याँहा ३५ जना कोरोना संक्रमितको ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९३ पुगेको छ ।
संक्रमित मध्ये १ हजार ३ सय ५९ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
१९ दिनदेखि जारी लकडाउनकाबीच भारतमा मंगलबार पुन २१ दिन लकडाउन थपिएसँगै जनस्तरबाट व्यापक विरोध भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउन २१ दिन थपिएको घोषणा गरेसँगै राजधानी नयाँ दिल्लीमा लाखौँ मानिसहरु घर फर्किन निस्किएका थिए।