आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

चीनमा कोविड–१९ विरुद्धको खोप विकास दोस्रो चरणमा

होस्ट खबर by होस्ट खबर
३ बैशाख २०७७, बुधबार
267
SHARES
325
VIEWS
FacebookTwitter
चीनमा कोविड–१९ विरुद्धको खोप विकास दोस्रो चरणमा

नेपाल समाचारपत्र /एजेन्सी : चीनको बुहान सहरमा कोरोना भाइरस संक्रमणको पहिलो घटना अगाडि आएको थियो । त्यसपछि चीनमा भयावह बन्दै विश्व महामारी बनेको कोरोना भाइरस संक्रमणले युरोप र अमेरिकामा बितन्डा मच्चाइरहेको छ ।

विश्वभरि फैलिसकेको यो महामारीलाई रोक्ने अहिलेसम्म कुनै प्रभावकारी औषधि र खोप विकास हुन सकेको छैन । यद्यपि विश्वभरिकै अनुसन्धानकर्ता यो संकटको समाधान छिटोभन्दा छिटो निकाल्ने प्रयासमा छन् ।

यसबीच चीनमा कोविड –१९ को खोपको परीक्षण भइरहेको छ । यो परीक्षणको दोस्रो चरण बताइएको छ । यो खोप चीनको इन्स्टिच्युट अफ बायोटेक्नोलोजी, एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेज अफ चाइनाले विकास गरेको हो । मानव शरीरमा यसको दोस्रो परीक्षण शुरु गरिएको छ । यसमा ५ सय स्वयंसेवकलाई खोप दिने काम भएको छ ।

स्वयंसेवकमा सबैभन्दा बढी उमेर ८४ वर्षका वृद्ध उहानको भएको सरकारी सञ्चारमाध्यम चाइना डेलीले जनाएको छ । उनलाई सोमबार उक्त खोप लगाइएको थियो । यो खोप जेनेटिक इन्जिनियरिङ पद्धतिबाट बनाइएको समाचारमा उल्लेख गरिएको छ ।

यो खोपले कोरोना भाइरस संक्रमणबाट निम्त्याउने रोगलाई रोक्नेछ । पहिलो चरणमा खोप परीक्षणमा यसको सुरक्षामा ध्यान दिइएको थियो भने अबको दोस्रो चरणमा यसको क्षमतामा केन्द्रित गरिएको छ । पहिलो चरणको भन्दा फरक दोस्रो चरणमा धेरै जनालाई यसमा संलग्न गराइएको छ ।

स्वयंसेवकहरुलाई जोड्ने यो अभियान बिहीबारबाटै थालिएको थियो । खोपको पहिलो चरण मार्चमा पूरा भएको थियो ।

अमेरिकाको सीएटल र वासिंगटनमा केसर पर्मानेट रिसर्च फेसिलिटीमा खोपको काम शुरु भएको समाचार बाहिर आएपछि चीनले पनि औषधि खोजको काममा तीव्रता दिएको हो ।

अहिले यस महामारीले सबैतिर भयावहको स्थिति बनाइसकेको स्थितिमा औषधि विकास गर्न पनि विश्वव्यापी होडबाजी सुरु भएको हो । यस भाइरसको निदान खोज्न अस्ट्रेलिया, बेलायत, फ्रान्स, रुस र भारतमा पनि खोप विकासका लागि काम भइरहेको छ ।

चीनले खोप विकासमा सम्भवतः प्रारम्भिक अग्रता लिइसकेको अनुमान गरिएको छ । किनभने नोबेल कोरोना भाइरसको जिनोम सिक्वेन्सको म्यापिङ चीनले गरिसकेको छ । यो हुनुमा भाइरसको पहिलो संक्रमण चिनियाँ सहर उहानमा पत्ता लागेकोले पनि हो । त्यसपछि चीनले डब्ल्यूएचओ, अमेरिका र अन्य देशसँग पनि यसको जिनोम सिक्वेन्स साझा गरेको थियो ।

यसबीच चिनियाँ सरकारले दशभरि कोविड १९ का सम्बन्धमा शोध प्रकाशनमा प्रतिबन्ध लगाएको छ । यस सम्बन्धी कुनै पनि शोध प्रकाशित गर्न त्यसले कयौं स्तरको जाँचको सामना गर्नुपर्नेछ ।

चीनमा कोरोना भाइरसको उत्पत्तिलाई लिए भइरहेका शोधमाथि पनि नियन्त्रण गरिएको छ । शिक्षा विभागले विश्व विद्यालयहरुलाई अन्तर्राष्ट्रिय अखबारमा कुनै शोध प्रकाशन गर्नुअघि उसको अनुमतिलाई अनिवार्य भएको निर्देशन दिइसकेको छ, यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

Related Posts

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
ताजा समाचार

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य

स्वास्थ्य बीमा आफैँ बिरामी

कर्णालीमा कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

५ देखि ११ वर्षभित्रका बालबालिकालाई कोरोनाविरुद्ध खोप

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि
स्वास्थ्य

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

३ बैशाख २०७७, बुधबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

३ बैशाख २०७७, बुधबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

३ बैशाख २०७७, बुधबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

३ बैशाख २०७७, बुधबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

३ बैशाख २०७७, बुधबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

३ बैशाख २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.