सुर्खेत : कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा ३ मे सम्म लकडाउन थपिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै १९ दिन लकडाउन थपेको बताएका हुन्।
मंगलबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्म लकडाउन लम्बिएको जनाए । अबको लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गरिने उनले बताए।
यस अघि भारतमा २१ दिने लकडाउन घोषणा गरिएको थियो। यस अघि गरिएको लकडाउनको समय आज सकिएको थियो। आजदेखि थपिएको लकडाउनमा झन कडाइ गरिने जनाएको छ।
अन्य कुनै विकल्प नभएपछि लकडाउन गर्न परेको मोदीले जनाएका छन्। उनले लकडाउनको पालना गर्न सबै नागरिकमा अपिल पनि गरेका छन्।
भारतमा मंगलबारसम्म १० हजारभन्दा बढीमा कोरोना देखिएको छ भने तीन सय ५८ जनाको मृत्यु भएको छ।