शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना बिरुद्ध अहोरात्र खटिएका कर्णालीका स्वास्थ्यकर्मी

होस्ट खबर by होस्ट खबर
२९ चैत्र २०७६, शनिबार
216
SHARES
408
VIEWS
FacebookTwitter
कोरोना बिरुद्ध अहोरात्र खटिएका कर्णालीका स्वास्थ्यकर्मी

सुर्खेत : भौगौलिक विकासले पछाडि रहेको कर्णाली कोरोना महामारी नियन्त्रणको अभियानमा अगाडि छ ।कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट शुरु गरिएको कोरोना विरुद्धको अभियान पश्चिमका पहाडी जिल्लामा पनि चलिरहेको छ । प्रतिष्ठानसँग कर्णालीका १०  र सुदूरपश्चिमका अछाम, बाजुरा र बझाङ जिल्लाको स्वास्थ्य प्रणाली हेर्ने जिम्मेवारी छ । प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक, चिकित्सक, स्टाफ नर्स, प्राविधिक गरि २ सय ६१ जना स्वास्थ्यकर्मी रहेका छन् । प्रतिष्ठानमा विभिन्न समुह बनाई कार्य विभाजन गरिएको छ ।

जनस्वास्थ्य विभागका समुहले क्वारेन्टाइन स्थलको व्यवस्थापनको कमी कमजोरी हेरी सम्बन्धित निकायलाई सुझाव दिन्छ । जुम्लाको नाग्मा नाकामा अभियानको सुरुवातको सात दिनमा प्रतिष्ठानमा चिकित्सकहरु आफै गई २४ घण्टे हेल्थ डेस्क स्थापना गरे । अहिले हेल्थडेस्कको काम जिल्ला जनस्वास्थ्य र स्थानिय तहले हेरिरहेको छ ।

डा.धिरज गुरुङको नेतृत्वको र्यापिड रेस्पोन्स टिमले आइसोलेसनका र शंकास्पद बिरामीको उद्दार गरिरहेको छ । प्रतिष्ठानलाई प्रदेश सरकारले प्रतिष्ठानमै आइसोलेसन अस्पताल निर्माणका लागि १ करोड दिएको छ । त्यसका लागि कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको संयोजकत्वमा सदस्य सचिव तथा प्रतिष्ठानका निर्देशक सहित ७ सदस्यिय कमिटी बनाइएको छ । अहिले यो कमिटी अत्यावश्यक सामानको व्यवस्थापन गरि जतिसक्दो छिटो आइसोलेसन अस्पताल निर्माण गर्ने काममा जुटिरहेको छ ।

प्रदेश सरकारसँग राम्रो समन्वय रहेको यस प्रतिष्ठानबाट हुम्लाको सिमा यालबाङमा डेढ महिनादेखि ३ सदस्यिय चिकित्सकको टोली कोरोना नियन्त्रण अभियानमा जुटिरहेका छन् । यस्तै दैलेखको रकम कर्णालीमा १ महिनादेखि अर्काे चिकित्सकको टोली खटिरहेको छ । जोखिम रहेका विभिन्न स्थानहरुमा चिकित्सकका टोलीहरू नै नियन्त्रणको अभियानमा अहोरात्र खटिरहेका छन् ।

स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न प्रतिष्ठान अस्पतालका निर्देशक आफै स्वाब संकलनमा

सबै स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको लडाइँमा प्रोत्साहन गर्न प्रतिष्ठान अस्पतालका निर्देशक आफै स्थलमा खटिनुभएको छ । प्रतिष्ठान अस्पतालका निर्देशक डा.मंगल रावल आफै नाक र घाँटीबाट र्याल (स्वाब) निकाल्ने काममा खटिनुभयो । देशमा नै पहिलो पटक मंगलबार ठूलो संख्यामा जुम्लामा स्वाब संकलन गरियो ।
भारत तथा तेस्रो मुलुकबाट आएका ३ सय २४ जनाको स्क्रिनिङ गरि स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको छ । रिपोर्ट आउन बाँकी छ । साहसिक प्रदर्शन गर्दै प्रतिष्ठानका चिकित्सक, नर्स प्राविधिक तथा अरु स्वास्थ्यकर्मीहरु आफ्नो क्षमता प्रदर्शनमा लागेका छन् । प्रतिष्ठानका निर्देशक भन्नुहुन्छ हामी निरन्तर लागिरहन्छौँ, हामी उत्साहित छौँ र कोरोनाको लडाइँ जित्नेछौँ ।

प्रतिष्ठानमा नमुना परीक्षणका लागि मेशिन अतिआवश्यक:

निर्देशक रावलका अनुसार प्रतिष्ठानमा जनशक्ति पनि छ, संरचना पनि छ तर कोरोना परीक्षण गर्ने स्रोत र साधन छैन । स्वाब संकलन गरेर सुर्खेत पठाउनु पर्छ । जुम्लाबाट सुर्खेत पुग्न बसमा कम्तिमा ९ घण्टा लाग्छ  जसका कारण साधनको व्यवस्थापनमा समस्या हुनुका साथै परीक्षणको नतिजा आउन समय लाग्छ । अहिलेको समय भनेको धेरै भन्दा धेरैको परीक्षण गर्नु हो र पोजेटिभ आएकाहरुलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिहाल्ने हो । तर परीक्षणको मेशिन नहुँदा संकलन गरिएको नमुनाको परीक्षण गर्न १ दिन ढिला हुन्छ ।

चिकित्सक आफै जान्छन् घरदैलोमा:

प्रतिष्ठानका चिकित्सकहरु आफै विदेशबाट आएका व्यक्ति खोज्दै क्वारेन्टाइनमा बसाउन लागिपरिरहेका छन् ।जुम्लामा अहिले विदेशबाट आएका २ सय ५३ जना व्यक्ति क्वारेन्टाइनमा बसिरहेका छन् जसमध्ये ९५ प्रतिशत भारतका रहेका छन् । चिकित्सक सहितको टोलीले ज्वरो क्लिनिक सञ्चालन गरिरहेका छन् । दिनमा ५ देखि १८ जना मानिस ज्वरो क्लिनिकमा आउने गरेको निर्देशक रावलले जानकारी दिनुभयो ।

कर्णालीमा यसरी सुरु भयो कोरोना विरुद्धको अभियान:

कोरोना भाइरस रोग महामारी नियन्त्रणमा अग्र स्थानमा रही काम भइरहेको छ । जुम्लामा कोरोना सम्बन्धी सचेतना कार्यक्रम नेपालमा कोरोना भित्रनु अगाडिदेखि नै भइरहेको थियो । स्थानियलाई कोरोनाबाट जोगिन साबुन पानीले हात धुन, विदेशबाट आएकालाई छुट्टै बस्न लगायतका अभिमुखीकरण कार्यक्रमहरु भए । जब नेपालमा पहिलो पटक कोरोनाको संक्रमण देखियो त्यस लगत्तै जुम्लाका चिकित्सकहरुले बिदामा नबस्ने निर्णय गरे । उनीहरुले पालैपालो जिम्मेवारी वहन गर्नेगरि २ महिने ड्युटीको रुटिङ बनाएका छन् ।

पीपीई अभाव भइरहेको अवस्थामा आफै पीपीई निर्माणमा जुटे र पहिलो चरणमा २ सय थान पीपीईको बन्दोबस्त गरे भने सेनेटाइजर आफैले उत्पादन गरे । आजभन्दा १ महिना अगाडि नै १ सय २० बेडको आइसोलेसन बेडको व्यवस्था गरियो भने थप ८० आइसोलेन बेड थप्ने तयारी हुँदैछ । सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गर्ने घोषणा गर्दा जुम्लाले चैत १० गते देखि नै लकडाउन गर्यो कोरोना संक्रमण रोकथामका लागि जुम्लाको प्रशासन पनि उत्तिकै सक्रिय छ । सबैको सहकार्य र समन्वयमा प्रशासनले काम गरिरहेको छ ।

देशका विभिन्न स्थानमा ज्वरो जाँच्न समेत नमानेको, यस्तो विषम परिस्थितिमा बिदा बसेर अस्पतालमा नजाने चिकित्सक तथा स्वास्थ्यकर्मीले दुर्गम कर्णालीमा बसेर रोकथामको अभियानमा लागेका आफ्नै सहपाठीको लगनशीलतालाई पनि हेर्ने कि ?

हेल्थपाटी

 

Related Posts

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
मुख्य समाचार

गठबन्धन बनाउँदा एउटै चिह्न

कोरोनाको कहर : गरिब प्रदेशको जनप्रतिनिधिको सुविधामा रहर
मुख्य समाचार

कर्णाली प्रदेशसभा: ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल
ताजा समाचार

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो
भर्खर

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

२९ चैत्र २०७६, शनिबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

२९ चैत्र २०७६, शनिबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

२९ चैत्र २०७६, शनिबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

२९ चैत्र २०७६, शनिबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

२९ चैत्र २०७६, शनिबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

२९ चैत्र २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.