शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अवैतनिक दूतको लर्कोः विनोद चौधरीको परिवारका मात्रै ५ जना

होस्ट खबर by होस्ट खबर
२८ चैत्र २०७६, शुक्रबार
349
SHARES
629
VIEWS
FacebookTwitter
अवैतनिक दूतको लर्कोः विनोद चौधरीको परिवारका मात्रै ५ जना

तस्वीर क्रमशः चन्द्र ढकाल, बसन्त चौधरी, अजय सुमार्गी, राजेन्द्र खेतान । तल्लोमा साहिल अग्रवाल, निर्वाण चौधरी, सुलभ अग्रवाल र राजेशकाजी श्रेष्ठ

काठमाडौं : मध्य एशियाली देश हो किर्गिस्तान । पूर्व सोभियत संघबाट फुटेर बनेको यो देशसँग नेपालको सम्बन्ध औपचारिकतामात्रै हो । तर उक्त देशकोे महाबाणिज्यदूतका रुपमा शंकर ग्रुपका संचालक सुलभ अग्रवालले कूटनीतिक नियोगको जस्तै २०९–एचसीसी–१ नम्बरको गाडी सुविधा उपयोग गर्दैआएका थिए । जुन गाडीमा सवार किर्गिस्तानको बाणिज्यदूतका रुपमा चिनाउने अग्रवाललाई मंगलबार मेडिकल उपकरण थर्मोगन कालोबजारी गर्दागर्दै प्रहरीले पक्राउ गर्यो ।

नेपालसँग सम्बन्ध नै नभएका देशको महाबाणिज्यदूत हुन किन ब्यापारीहरुमा होडबाजी हुन्छ भन्ने तथ्य सुलभ अग्रवालले कूटनीतिक नम्बर प्लेटको गाडीमा मेडिकल सामग्री कालोबजारी गर्ने गरेको भेटिएपछि खुलेको छ । अवैतनिक दूतले ओहदा र सुविधाको दुरुपयोग गैरकानुनी क्रियाकलापमा पनि गरेको पछिल्लो दृष्टान्त हुन्, सुलभ अग्रवाल ।

युनियन फाइनान्स, जगदम्बा स्टील, हिल्टन होटलजस्ता धेरै उद्योग र ब्यापारिक प्रतिष्ठानका संचालक अरबपति ब्यापारी अग्रवालले चैत २० मा चौधरी फाउन्डेसनसँग मिलेर चीनबाट ल्याएको थर्मोगन, एन नाइन फाइभ मास्क लगायतका स्वास्थ्य सामग्री चार पाँच गुणा बढी मूल्यमा त्यही कूटनीतिक सुविधाको गाडीमा राखेर कालोबजारी गर्दैआएको खुलेपछि परराष्ट्र मन्त्रालयले त्यस्ता देशका अवैतनिक दूतले पाउने उक्त सुविधा बुधबार खारेज गरेको छ ।

अवैतनिक दूत भएपछि कूटनीतिक नियोगले प्रयोग गर्ने नम्बर प्लेटको गाडी प्रयोग गर्न पाउने र उक्त गाडी कहीँ पनि चेकजाँच नहुने भएकाले जे जस्ता कार्य गरे पनि उन्मुक्ति पाउँदा रहेछन् भन्ने खुलासा अग्रवाल प्रकरणपछि खुलेको छ । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले चलाखीपूर्वक ग्राहक बनेर उनीसँग डिल गरी थर्मोगन खरिद गर्न जाँदा उनले अवैतनिक दूतको रुपमा प्रयोग गरेको निलो प्लेटको गाडीमा उक्त सामग्री ल्याएको अवस्थामा उनी पक्राउ परे ।

अग्रवालले चीनबाट ल्याएको २० टन मेडिकल सामग्री सोही गाडीमा राखेर कालोबजारी गर्दैआएका रहेछन् भन्ने पुष्टी भएको छ । अवैतनिक दूत हुने र त्यसबापत प्राप्त सुविधा गैरकानुनी क्रियाकलापमा लगाउने गरेका घटना सुनिए पनि अग्रवाल पक्राउ प्रकरणपछि पुष्टी नै भएको छ ।

नेपालमा सरकारले अवैतनिक दूतहरूलाई कूटनीतिक सुविधा उपलब्ध गराएको छ । नेपालले अवैतनिक दूतका रुपमा विभिन्न देशमा पठाइएकाहरुले कुनै पनि सुविधा त्यहाँको सरकारबाट पाउँदैनन् । भियना कन्भेन्सनले पनि उक्त सुविधा दिनेबारेमा केही बोलेको छैन । तर नेपालमा त्यस्ता दूतहरुले अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष, कूटनीतिक नम्बर प्लेट, सिंहदरबार प्रवेश र विशिष्ट भेटघाटमा समेत उपस्थितिलगायतका सुविधा पाउँछन् ।

सरकारले दिएको निलो प्लेटको गाडी सुविधाको दुरुपयोग  गर्न पाइने भएपछि किर्गिस्तान, हंगेरी, बुल्गेरिया, चिली, इथोपिया,  चेक रिपब्लिक, क्रोसिया, इष्टोनिया, कोलम्बिया, टर्की, युक्रेन, फिजी, गिनी जस्ता देशको अवैतनिक दूत समेत रहेका छन् । लाटिभिया, लिथुअनिया, पेरु, पपुवा न्यूगिनी, सोल्भाक रिपब्लिक, सोल्भानिया,माल्टाको दूत पनि रहेका छन् । कूटनीतिक नम्बर प्लेटको गाडीमा कालोबजारी गर्दागर्दै पक्राउ परेका सुलभ अग्रवालका भाइ साहिल अग्रवाल पनि बोस्निया हर्सगोभेनियाका अवैतनिक दूत हुन् । मेडिकल सामग्रीको कालोबजारीमा साहिलले समेत उक्त गाडी दुरुपयोग गर्दैआएको स्रोतहरु बताउँछन् ।

अवैतनिक दूतको लर्को 
अवैतनिक महाबाणिज्यदूत(अनररी कन्सुलर) एक मानार्थ पद हो । तर नेपालमा  अवैतनिक दूत कानुन विपरीत काम गरी उन्मुक्ति पाउनका लागि लिने क्रम बढेको छ । कूटनीतिक सुविधा पाउने भएपछि पछिल्लो समयमा अवैतनिक दूत हुने होडबाजी चलेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिले नेपालमा ५१ देशका अवैतनिक दूत रहेका छन् ।

यसरी अवैतनिक दूतको पगरी लिएर त्यसको आडमा कूटनीतिक सुविधा लिनेहरुमा आइएमईका संचालक चन्द्र ढकालदेखि विवादास्द ब्यापारी अजयराज सुमार्गी पनि छन् । ढकाल इण्डोनेसियाका लागि अवैतनिक बाणिज्य दूत हुन् भने सुमार्गी बेलारुसका हुन् । एसिएन एयरका संचालक ब्यवसायी आङछिरिङ शेर्पा बेल्जियमका दूत हुन् ।  मनकामना केबलकारका राजेशबाबु श्रेष्ठ अष्ट्रियाका लागि अनररी कन्सुलर हुन् । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भियतनामका दूत हुन् ।

विनोद चौधरीको परिवारका ५ जना अवैतनिक दूत छन्. । उनका भाइहरु वसन्तकुमार चौधरी मोरक्को र अरुणकुमार चौधरी हंगेरीका दूत हुन् । चौधरीका जेठा छोरा निर्वाणकुमार चौधरी सर्बियाका दूत हुन् भने माइला छोरा राहुल चौधरी माल्दिभ्सका दूत छन् । कान्छा छोरा बरुण चौधरी काजकिस्थानका हुन् ।

द्वारिका होटलकी संचालक अम्बिका श्रेष्ठ स्पेनकी दूत हुन् भने राजेन्द्र खेतान पोर्चुगलका दूत हुन् । खेतानका भाइ प्रेमप्रकाश खेतान टर्कीका दूत हुन् ।

फिजीमा पारस शाक्य रहेका छन् ।  कुमारी बैंकका लगानीकर्ता तथा गोल्डस्टार जुत्ता उत्पादक अमिरप्रताप राणा क्रोसियाका हुन् । ज्योति ग्रुपका पद्मज्योति साइप्रसका हुन् । पंचकन्याका प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिकाका दूत हुन् । भारतबाट तस्करीको चिनी ल्याएर नेपाली उद्योगको ट्याग झुन्ड्याएर बिक्री गर्ने र ६ अर्ब उखु किसानको नाममा भ्याटफिर्ता लिएर खाने शशीकान्त अग्रवाल इक्वेडरका दूतका रुपमा कुटनीतिक उन्मुक्ति लिइरहेका छन् ।

शारदा ग्रुपका शिवरतन शारदा जर्जियाका दूत हुन् । ग्रिसका विक्रम पाण्डे हुन् । गिनीका अशोककुमार अग्रवाल, इरानमा नरेश श्रेष्ठ, आयरल्याण्डका मनोजबहादुर श्रेष्ठ,  इटलीमा प्रतिमा राणा पाण्डे,  लात्भियाका कर्ण बैद्य, लिथुहनियाका शोभाकर न्यौपाने, लक्जमबर्गका श्रीराम लामिछाने छन् । मनोजबहादुर हिमालयन बैंकका अध्यक्ष हुन् भने लामिछाने राजाको शासनकालमा स्काउटका प्रमुख आयुक्त थिए ।

इथोपियाको  राजेन्द्र गिरी, इष्टोनियाको नवराज दाहाल, डेनमार्कको हरि धरेल, कोलम्बियाको विनयमान श्रेष्ठ, चिली वसन्तराज मिश्र, चेक रिपब्लिकको बिष्णुकुमार अग्रवाल, क्यानडाको बुद्ध बस्नेत, बुल्गेरियाका भोलाविक्रम थापा बाणिज्यदूत छन् । दाहाल र धरेल पर्यटन ब्यवसायी हुन् । उनीहरु दुवै एशोसिएसन अफ ट्रेकिङ एजेन्टस् नेपाल(टान)का पूर्व अध्यक्ष हुन् । थापा पुराना ट्राभल संचालक हुन् ।

माल्टाका दिनेश श्रेष्ठ, मेक्सिको नरेश दुगड, मंगोलियाको दूत छेतेन गुर्मेन श्रेष्ठ छन् । पेरुका सुमितकुमार अग्रवाल, फिलिपिन्सका सुरज बैद्य, पोल्याण्डका लोकमान्य गोल्छा, रुमानियाका नारायण बजाज,  स्लोभाक रिपब्लिकका पासाङदाबा शेर्पा, स्वीडेनका गजेन्द्रबहादुर श्रेष्ठ, तान्जेनियाका राजेश चौधरी र युक्रेनका किरण बैद्य छन् ।

नेपाल फेस

Related Posts

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन
ताजा समाचार

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र
ताजा समाचार

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द
ताजा समाचार

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.सं. २०७९ असार १६ गते बिहीबार, आजको राशिफल

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
ताजा समाचार

कर्णालीमा आज सार्वजनिक बिदा

महाकाली नदीमा खतराको सङ्केत, चेत रहन आग्रह !
ताजा समाचार

टनकपुर सन्धि भएको २६ वर्षपछि नेपालमा पानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२८ चैत्र २०७६, शुक्रबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२८ चैत्र २०७६, शुक्रबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२८ चैत्र २०७६, शुक्रबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२८ चैत्र २०७६, शुक्रबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२८ चैत्र २०७६, शुक्रबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२८ चैत्र २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.