काठमाण्डौं : मुख्य मन्त्रीहरुले विरोध गरेपछि सरकाले लडकाउनका कारण काठमाडौंमा रोकिएकाहरूलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने आआफ्नै निर्णय सरकारले उल्ट्याएको छ ।
कोरोना संक्रमण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिका संयोजक उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले विहिबार एक विज्ञप्ति मार्पmत यस्तो निर्णय गरेका हुन् ।
यसअघि बिहीबार दिउँसो बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान चाहने व्यक्तिलाई जान दिने भनेको थियो। निर्णय बाहिर आउनका साथ प्रदेशका मुख्यमन्त्रीहरुले उक्त निर्णयप्रति असन्तुष्टि जनाए।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उक्त निर्णयप्रति आपत्ति जनाएका थिए। उनले फेसबुकमै लेखिका छन्,‘काठमाडौंबाट बाहिर जान दिने र बाहिरवाट काठमाडौं जान नदिनेकुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउननै हो। बरु वेखर्चीलाई राहत देउ।’
अन्य प्रदेशका मुख्यमन्त्रीहरुले पनि दुई दिन काठमाडौंबाट बाहिर जान चाहनेलाई जान दिने निर्णय राम्रो नभएको भन्दै विरोध जनाएका थिए। मुख्यमन्त्री तथा सरोकारवालाहरुको विरोधपछि सरकार दुई घण्टापछि नै उक्त निर्णयबाट पछि हट्दै काठमाडौं उपत्यका बाहिर जान नदिने स्पष्ट पारेको छ।
मुख्यमन्त्रीहरुले काठमाण्डौंमा बेखर्ची भएकाहरुलाई सरकारले उचित सहयोग गर्नपर्ने सुझाव दिएका छन् ।