सुर्खेत : महामारीको रुपमा विश्वभर पैmलिएको कोरोना भाइरसबाट अहिले सम्म ८८ हजार बढिको मृत्यु भएको छ भने १५ लाख भन्दा बढि यो रोगबाट संक्रमित भएका छन् ।
वल्डोमिटरको तथ्यांक अनुसार कोभिड -१९ बाट विश्वभर १५ लाख १८ हजार ५१८ जना यो रोगबाट संक्रमित भएका छन् । यो रोग अहिले सम्म विश्वका १८४ देशमा पैmलिइसकेको छ ।
सवैभन्दा बढि संक्रमितको संख्या अमेरिकामा ४ लाख ३४ हजार ९२७ जना रहेको छ । त्यस्तै स्पेनमा १ लाख ४८ हजार २२० जना र इटालीमा १ लाख ३९ हजार ४२२ जना संक्रमित भएका छन् । जर्मनीमा १ लाख १३ हजार २९६, फान्समा १ लाख १२ हजार ९५० र चीनमा ८१ हजार ८६५ जनामा यो रोगको संक्रमण देखिएको छ ।
यो रोगका कारण इटालीमा सवैभन्दा धेरै १७ हजार ६६९ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा १४ हजार ७९२, अमेरिकामा १४ हजार ७८८ जनाको मृत्यु भएको छ ।
यस्तै, कोभिड- १९ बाट संक्रमित भएका मध्य ३ लाख ३० हजार ५८९ जना निको भएर घर फर्किएका छन् ।