काठमाण्डौं : मानिसहरुको भीड नियन्त्रण गर्न भन्दै कालिमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिएको छ । काठमाडौँ महानगरपालिकाले तोकेका अन्य बजारबाट तरकारी तथा फलपूल कारोबार गर्ने गरी यस्तो निर्णय गरेको हो ।
महानगरपालिकाले लकडाउनको अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरिसकेको छ ।
तरकारी बिक्रीका लागि आवश्यक स्थान पनि महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ । महानगरपालिकाका अनुसार काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्ने व्यवस्था मिलाएको छ ।