हुम्ला : हुम्लाको सिमकोट नजिकै रानीबन स्थित क्वारेन्टाइनबाट १० जना घर फर्किएका छन् । नेपालगन्ज, सुर्खेतलगायत सहरबाट मुगु जिल्लाको गमगडी हुँदै हुम्ला पुगेका उनीहरु १४ दिनको क्वारेन्टाइन बसाईबाट घर फर्केका हुन् ।
जिल्ला अस्पताल हुम्लाका डाक्टर नवीन रोकायाका अनुसार उनीहरूलाई १४ दिनको अवधि पुगेपछि क्वारेन्टाइनबाट स्वास्थ्य जाँच गरी आज घर फर्काइएको हो । क्वारेन्टाइनमा बस्दा स्वास्थ्यमा केही समस्या नदेखिएपछि घर फर्काइएको डाक्टर रोकायाले बताए ।
जिल्लाका सातवटै स्थानीयमा आठ सय ६१ जना जिल्ला भित्रिए पनि हाल ७२ जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।