बिहिबार, साउन २६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने

शंकास्पद बिरामी उठाउन सबै जिल्लामा सेनाको नेतृत्वमा पिआरटी

होस्ट खबर by होस्ट खबर
२४ चैत्र २०७६, सोमबार
349
SHARES
347
VIEWS
FacebookTwitter
क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने

काठमाण्डौं /नयाँ पत्रिका दैनिक : सरकारले क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गर्ने भएको छ । भारतबाट फर्किएकामा संक्रमण देखिएपछि आइतबार बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको हो ।

हाल देशभरका क्वारेन्टाइनमा करिब १० हजारजना छन् । ‘खरिपाटीको क्वारेन्टाइनमा बसेकालाई जस्तै देशैभरिका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्ने निर्णय भएको छ,’ समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीले भने, ‘रिपोर्ट आएपछि मात्र क्वारेन्टाइनबाट घर जान पाइनेछ, पोजेटिभ रिपोर्ट देखिएमा आइसोलेसनमा राखेर उपचार गरिनेछ ।’

क्वारेन्टाइनमा बसेकाहरूमध्ये धेरैजसो भारतबाट आएका छन् । क्वारेन्टाइनमै बसेर घर गएकी धनगढीकी एक महिलामा लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको थियो । त्यही कारण पनि सरकारले सबैको कोरोना परीक्षण गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडिटी० गर्ने निर्णय गरेको थियो । ती जिल्लामा भेटिएका संक्रमितले अरू धेरैलाई सारेको आशंकामा टेस्ट व्यापक बनाइएको हो । आरडिटी टेस्टको काम सोमबारबाट सुरु हुँदै छ । सरकारले तीनवटै जिल्लामा खटिने स्वास्थ्यकर्मीको विशेष टिम बनाएको छ । कैलालीमा तीन संक्रमित भेटिइसकेका छन् । शनिबार संक्रमण देखिएका एक युवक भारतबाट आउँदा ठूलो समूहमा आएकाले उनले धेरैमा सारेको आशंका गरिएको छ । शनिबार नै नेपालमा पहिलो आन्तरिक संक्रमित पनि भेटिएका थिए ।

यसका साथै विदेशबाट धेरैजना फर्किएका जिल्लामा पनि आरडिटी टेस्ट गर्ने निर्णय सरकारले गरेको छ । र्‍यापिड टेस्टको नतिजा शतप्रतिशत सही हुँदैन । त्यसैले कसैको रिपोर्ट पोजेटिभ देखिएमा त्यसको पिसिआर प्रविधिबाट पुनः परीक्षण गरिनेछ । १ चैतपछि विदेशबाट फर्किएकाहरूको हकमा सकेसम्म धेरैको टेस्ट गर्ने तयारी भइरहेको छ ।

पिआरटीको जिम्मा सेनालाई

सरकारले पेसेन्ट रिसिभिङ टिम (पिआरटी) को जिम्मेवारी सेनालाई दिएको छ । यसअघि प्रहरीलाई यसको मुख्य जिम्मेवारी थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै नेतृत्वमा पिआरटी गठन गरिएको थियो । ‘यसअघि ठ्याक्कै बिरामी तथा शंकास्पद व्यक्तिलाई कसले उठाउने भन्ने प्रस्ट थिएन, बाग्लुङमा पनि त्यस्तै समस्या देखियो,’ उच्चस्तरीय समितिका सदस्यसचिव बिडारीले भने, ‘त्यही भएर यसको डेडिकेटेड जिम्मेवारी सेनालाई दिइएको छ, ७७ जिल्लामै सेनाले त्यसका लागि टिम बनाउनेछ ।’ यस्तो टिममा स्वास्थ्यकर्मीसमेत हुनेछन् ।

सेना अनुशासित हुने र प्रोटोकल मान्ने भएकाले पनि उसलाई यस्तो जिम्मेवारी दिने निर्णय भएको बिडारीले बताए । बिरामी ओसार्न बीचमा बन्द कोठा भएको एम्बुलेन्सको प्रयोग गर्ने निर्णय पनि समितिले गरेको छ । पिआरटीमा पिपिई लगाएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्सचालकलाई सरकारले शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरिसकेको छ ।

स्वास्थ्य सामग्री खरिदमा तीन विकल्प

स्वास्थ्य सामग्री खरिदमा तीन विकल्प अवलम्बन गर्ने निर्णय बैठकले गरेको छ । सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, व्यवसायीसँग सीधै खरिद र जिटुजी विधि अपनाउने निर्णय भएको सदस्यसचिव बिडारीले बताए ।

यसअघि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी सेनालाई दिइसकेको छ । पश्चिम नेपालमा संक्रमण फैलँदै गएकाले तत्काल ठूलो संख्यामा स्वास्थ्य सामग्री चाहिने भएकाले स्वास्थ्य मन्त्रालयले सीधै व्यवसायीसँग खरिद गर्ने बाटो पनि खुला राखिएको हो ।

त्यस्तै, बैठकले क्वारेन्टाइन र राहत विरतणसम्बन्धी मापदण्ड परिमार्जनको आवश्यकता रहेको निष्कर्ष पनि निकालेको छ । केही जिल्लामा मापदण्ड कार्यान्वयन नभएको पाइएपछि कतिपय विषय कडाइ गर्ने र कठिनाइ भएका विषय खुकुलो बनाउन लागिएको छ । राहत वितरणमा पनि विकृति देखिएपछि मापदण्ड संशोधन गर्न लागिएको बिडारीले बताए । राहत वितरणमा थोरै व्यक्तिलाई मात्र जान दिने गरी मापदण्ड संशोधन गर्न लागिएको छ ।

विदेशबाट आएका पाँच लाखमध्ये ६१ हजार मात्र सम्पर्कमा

सरकारले १ चैतयता विदेशबाट आएका करिब ६१ हजारजनाको विवरण संकलन गरेको छ । विदेशबाट आएकाहरूको विवरण संकलन गरी क्वारेन्टाइनमा राख्ने जिम्मेवारी सरकारले सम्बन्धित स्थानीय तहलाई दिएको छ ।

‘आइतबारसम्म विदेशबाट आएका ६१ हजारको विवरण संकलन भएको छ, त्यसमध्ये ५८ हजार पाँच सय क्वारेन्टाइनमा बसेको विवरण छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने । धेरैजसो होम क्वारेन्टाइनमा बसेको उनले बताए । मन्त्रालयले सातै प्रदेशका लागि सम्पर्क अधिकृत तोकेर दैनिक सबै स्थानीय तहबाट विवरण संकलन गर्न थालेको छ ।

१ चैतयता भारत तथा तेस्रो मुलुकबाट करिब पाँच लाख भित्रिएको अनुमान गरिएको छ । सुदूरपश्चिममा मात्र डेढ लाख भारतबाट फर्किएका थिए । उनीहरूमध्ये धेरै गाउँमा रहेको र गाउँमा लकडाउनको नियम पालना कडाइका साथ नभएकाले जोखिम बढेको मन्त्रालयले जनाएको छ । विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई पत्राचार भइरहेको प्रवक्ता अधिकारीले बताए ।

देशभरि ५० हजार स्वास्थ्य स्वयंसेविका खटाइने

कोरोना रोकथामका लागि सरकारले देशभरिका ५० हजार स्वास्थ्य स्वयंसेविकालाई खटाउने निर्णय समितिले गरेको छ । उनीहरूलाई प्रोत्साहन भत्ता दिएर खटाइने सदस्यसचिव बिडारीले बताए । उनीहरूको बिमासमेत सरकारले गर्नेछ । खासगरी क्वारेन्टाइन र आइसोलेसनमा उनीहरूलाई सहयोगीका रूपमा खटाउन लागिएको हो । अहिले स्वास्थ्य स्वयंसेविकाहरू करारमा कार्यरत छन् । ‘उनीहरूलाई दिने सुविधाको प्याकेज ल्याउन स्वास्थ्य मन्त्रालयलाई भनिएको छ,’ सदस्यसचिव बिडारीले भने । पत्रकार नवराज मैनालीले यो खवर आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

Related Posts

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
पत्रपत्रिका

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

इम्बोस्ड नम्बर प्लेट नेपालीमा लेख्न छलफल
ताजा समाचार

देवनागरीमै इम्बोस्ड नम्बर राख्ने तयारी

बझाङमा एक वर्षे बालकलाई एक महिना बाटो खनेको तलब १७ हजार
पत्रपत्रिका

डोजरे विकास: सडकसँगै गाउँमा पहिरो

अत्यावश्यक बाहेक सिंहदबार प्रवेशमा कडाई
ताजा समाचार

सरकारी कार्यालय मिटिङको ‘अखडा’

धरानमा कोरोना संक्रमणका एकैदिन आमा छोराको मृत्यु
पत्रपत्रिका

गत साता कोरोनाबाट मृत्यु भएका दुई पुरुष एक डोज पनि खोप नलिएकाहरु

अर्घाखाँचीमा १० चक्के सवारी सञ्चालनमा रोक
पत्रपत्रिका

एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

२४ चैत्र २०७६, सोमबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२४ चैत्र २०७६, सोमबार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

२४ चैत्र २०७६, सोमबार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

२४ चैत्र २०७६, सोमबार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

२४ चैत्र २०७६, सोमबार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

२४ चैत्र २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.