सुर्खेत : महामारीको रुपमा कोरोना भाइरसको संक्रमण विश्वभरि दैनिक एक लाखभन्दा बढि ले पैmलिएको छ भने मृत्यु दर दैनिक ५ हजार हाराहारीमा बढेको छ ।
संक्रमितको संख्या अप्रिल ४ (चैत २२) सम्म दश लाख ९८ हजार थियो भने आज १२ लाख भन्दा माथि पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८ पुगेको छ ।
विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका हुन् । यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचार गरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ ।
जोन्स हप्किन्स युनिभर्सिटीकाअनुसार सबै भन्दा बढि अमेरिकामासंक्रमण फैलिएको छ । भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ।
पछिल्लो समय स्पेनमासंक्रमितको संख्या बढेको छ । एक लाख २६ भन्दा माथि पुगेको छ । ११ हजार ९४७ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा १ लाख २४ हजारभन्दाबढिसंक्रमितको संख्या छ । १५ हजार ३६२ जनाले ज्यान गुमाइ सकेका छन् । जर्मनी, फ्रान्स र बेलायतको संक्रमण दर बढेर गएको छ ।
कोभिड–१९ रोग तीन महिनाअघि मध्य चीनको बुहानबाट फैलन सुरु भएको थियो। मृत्यु हुनेको सङ्ख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै ९ लाख मानिसहरुले आफ्नो जागिर समेत गुमाएका छन्। अमेरिकामा बताइए अनुसार त्यहाँको इतिहासमै अहिलेसम्मको उच्च ६६ लाख मानिसहरूले बेरोजगारी सुविधाको लागि दाबी दर्ता गरेका छन्।
भारतमा मृत्यु दर बढ्दो
नेपालको छिमेकी मुलुक भारतमा पनि मृत्यु दरबढेर गउको छ । हिजो मृत्यु संख्या ७७ थियो आज विहान सम्ममा ९९ सय पुगेको छ । ३हजार ५ सय७८ जना संक्रमित छन् । दिल्लीको एक धार्मिक कार्यक्रममा सहभागीबाट बढि संक्रमण फैलिएको बताइएको छ । उक्त कार्यक्रममा नेपालका १९ जना सहभागी भएको पाइएको छ ।
त्यस मध्य १ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ । नेपालमा यस अघि विदेशबाट आएकालाई मात्र संक्रमण देखिएको थियो हिजो थप ३ जनामासंक्रमण देखिदा स्थानीय समेत परेका छन् । नेपालमा संक्रमण दोश्रो चरणमा प्रवेश गरेको नेपाली अधिकारीहरुले बताएका छन् ।
नेपालमा थप कडाई गर्ने निर्णय
नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने तथा विदेशबाट फर्किएका र क्वारन्टीनमा रहेका व्यक्तिको परीक्षण गर्ने निर्णय गरेको छ।
नेपालभित्रै सङ्क्रमण सरेको पहिलो घटना पुष्टि भएपछि तथा भारतबाट फर्किएका अन्य दुई व्यक्तिमा सङ्क्रमण भेटिएपछि मन्त्रिपरिषद्को बैठक शनिवार अपराह्ण बसेर यस्तो निर्णय गरेको हो ।
कोरोनाभाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सरकारले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिए।
मन्त्रिपरिषद्ले कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरू तथा विदेशबाट फर्किएका व्यक्तिहरूको परीक्षणमा तीव्रता दिने निर्णय गरेको छ।
नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै डा. खतिवडाले स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्ने व्यवस्था सरकारले मिलाउने बताए। उनका अनुसार मन्त्रिपरिषद्को अर्को बैठकले लकडाउनबारे निर्णय गर्नेछ।