काठमाण्डौं : कोरोना भाइरस (कोभिड- १९) अहिले सम्म विश्वका दुई सय ५ देशमा फैलिइसकेको छ भने विश्वका अधिकांश देश लक डाउनमा छन् । कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार एकसय ५० नाघेको छ ।
संख्या २ सय ५ देशमा फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ हजार १ सय नाघेको हो । दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजसहित संक्रमितको संख्या १० लाख ९८ हजार नाघेको छ ।
संक्रमण पुष्टि भएकोमा २ लाख २८ हजार ९ सय बढी उपचारपछि निको भएका छन् । ८ लाख ९ हजार ३ सय ७८ जनाको उपचार चलिरहेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ६६ जनाको ज्यान गएको छ । सोही अवधीमा ८१ हजार ८ सय १७ जना नयाँ विरामी थपिएका छन् ।