शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

फोर्ब्सको प्रभावशाली सूचीमा ५ नेपाली युवा

होस्ट खबर by होस्ट खबर
२१ चैत्र २०७६, शुक्रबार
258
SHARES
357
VIEWS
FacebookTwitter
फोर्ब्सको प्रभावशाली सूचीमा ५ नेपाली युवा

काठमाडौं : अमेरिकी म्यागजिन फोर्ब्सले नेपालका ५ जना युवाहरुलाई पनि प्रभावशाली युवाको सूचीमा समावेश गरेको छ । यस वर्षका एसियाका तीन सय प्रभावशाली युवाहरूको सूची जारी गरेको फोर्ब्सले नेपाली ५ युवालाई पनि समेटेको हो ।

फोर्ब्सले बिहीबार उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका ३० वर्षभन्दा कम उमेरका एसियाली युवाको नाम सार्वजनिक गरेको थियो।

फोर्ब्सको सूचीमा पर्नेमा प्रतीमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा र जेस्सेलिना राणा रहेकाछन् ।उनीहरु आआफ्ना कार्यक्षेत्रअनुसारका विभिन्न विधाका ३० प्रभावशाली युवाको सूचीमा परेका हुन् । फोर्ब्सका अनुसार यसमा सूचीकृत हुन ३५०० को ‘नोमिनेसन’ भएको थियो। यसमध्ये तीन सय जना छानिएका छन, जसमा ५ नेपाली युवाले पनि आफ्नो स्थान बनाएका छन्।

यी हुन फोर्ब्सको सूचीमा पर्ने नेपाली

गल्फ खेलाडी प्रतीमा शेर्पा ‘इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा सूचीकृत भएकाछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रोयल नेपाल गल्फ कोर्षमा काम गर्ने बुवाका साथमा बस्दादेखि नै शेर्पाले गल्फ खेल्न थालेकी हुन् । ११ वर्षको उमेरमा खेल्न सुरू गरेकी शेर्पाको पहिलो गल्फ क्लब रूखको हाँगाबाट बनाइएको फोर्ब्सले लेखेको छ। उनी नेपालकै अब्बल गल्फ खेलाडी मानिन्छिन् । शेर्पाका आमाबुवा अझै पनि रोयल गल्फ कोर्षभित्रै बस्दै आएका छन् ।

यस्तै निकिता आचार्य र किरण तिम्सिना ‘अर्बान गर्ल’ अनलाइन कम्पनीका संस्थापक हुन् । फोर्ब्सको सूचीमा उनीहरू ‘रिटेल एन्ड इकमर्स’ विधाका ३० मध्येमा सूचीकृत भएका हुन् । सन् २०१२ मा आचार्य र तिम्सिनाले करिब २० हजार रूपैयाँमा व्यवसाय सुरू गरेका थिए। अर्बान गर्लले विभिन्न डिजाइनका गरगहनादेखि ‘कस्टमाइज्ड’ टिसर्ट, पानीको बोतलका साथै मेकअप, घर सजावटका र विद्युतीय सामान बिक्री गर्छ।

फोर्ब्सका अनुसार यो कम्पनीमा अहिले ५० जनाभन्दा बढी कर्मचारी छन्। काठमाडौं र पोखरा गरी दुई ठाउँबाट काम गरिरहेको कम्पनीले सन् २०१६ देखि बेकरीजन्य सामग्री पनि बेच्छ। ‘युजी केक्स’ नामक यो कार्यक्रमले कान सुन्न नसक्ने महिलाहरूलाई तालिम दिएर रोजगारी दिँदै आएको छ।

इञ्जिनियर शुभांगी राणा र मानवअधिकार अधिवक्ता जेस्सेलिना राणा ‘प्याड टु‍ गो’ संस्थाका स‌ंस्थापक हुन्। राणाद्वयको नाम ‘सोसल अन्ट्रप्रनर विधामा परेको हो। उनीहरूको संस्था सन् २०१८ मा स्थापना भएको हो जसले महिनावारी स्वास्थ्य र यसबारे समाजमा विद्यामान भ्रम हटाउन काम गर्छ। यसले सातै प्रदेशमा विभिन्न बैंक, स्कुल, फिल्म हल, अस्पताल लगायत ठाउँमा ८० वटा प्याड भेन्डिङ मेसिन’ राखिसकेको छ। स‌ंस्थाले महिनावारीबारे सचेतना कार्यक्रम र स्यानिटरी प्याड सस्तोमा उत्पादन गर्ने कम्पनीसँग सहकार्य पनि गर्छ।

फोर्ब्सका अनुसार प्याड टु गो संस्थाले स्विट्जरल्यान्डमा भएको एक कार्यशालामा प्रथम पुरस्कार र सिंगापुरमा भएको ‘स्टार्ट अप पिच कन्टेस्ट’ मा दोस्रो पुरस्कार पाएको थियो। जनता टाइम्स

Related Posts

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

२१ चैत्र २०७६, शुक्रबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

२१ चैत्र २०७६, शुक्रबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

२१ चैत्र २०७६, शुक्रबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

२१ चैत्र २०७६, शुक्रबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

२१ चैत्र २०७६, शुक्रबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

२१ चैत्र २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.