काठमाण्डौं : एसियन डेबलपमेन्ट बैंकका अनुसार नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा सिमित रहने आकलन गरिएको छ।
आज सार्वजनिक गरिएको ‘एसियन डेभलपेन्ट बैंक आउटलूक, २०२०’ मा चालू आर्थिक वर्ष २०७६र७७ मा नेपालको आर्थिक वृद्धिदर करिब दुई प्रतिशतले घट्ने तथ्य सार्वजनिक गरिएको हो ।
यो वृद्धि अघिल्लो वर्षको ७ दशमलव १ प्रतिशतभन्दा कम हो । नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक मुख्तर खामुद्खानोभका अनुसार कोभिड–१९ महामारीको विश्वव्यापी विस्तार र त्यसको सङ्क्रमण नियन्त्रणका लागि आवश्यक देशव्यापी बन्दले अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ । औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपर्नेछ । आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विप्रेषण घट्ने सम्भावना रहेको छ ।
कोभिड–१९को प्रभावले नेपालको मात्रै नभएर समग्र एसियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा झर्ने जनाइएको छ। उच्च आय भएका एसियाली मुलुक बाहेक अन्य विकासशील मुलुकको ५.७ प्रतिशतबाट झरेर २.४ प्रतिशत मात्रै रहने छ । जारी लकडाउने औद्योगीक र सेवा क्षेत्रमा प्रत्यक्ष प्रभाव र रेमिटेन्स आप्रवाह शुन्यमा झरेको एडीबीको भनाइ छ।