सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कमिसन काण्डबारे प्रष्ट पार्न वायुसेवा निगमलाई निर्देशन : पर्यटनमन्त्री भट्टराई

होस्ट खबर by होस्ट खबर
२० चैत्र २०७६, बिहीबार
243
SHARES
407
VIEWS
FacebookTwitter
कमिसन काण्डबारे प्रष्ट पार्न वायुसेवा निगमलाई  निर्देशन : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ : पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको चार्टर्ड फ्लाइटमा एजेण्ट घुसाएको विषय के हो स्पष्ट पार्न निगमलाई निर्देशन दिएका छन् । भट्टराईले अष्ट्रेलियन दूतावासले नै गरेको चार्टर्ड फ्लाइटमा किन ट्राभल एजेन्सी घुसाएको हो भन्ने विषयमा स्पष्ट पार्न निर्देशन दिएका हुन् । दुतावासले आफ्ना नागरिकलाई स्वदेश लैजान निगमको जहाज चार्टर गरेपनि निगमले एजेण्टमार्फत टिकट विक्री गरेको देखाएर २७ लाख रुपैयाँभन्दा बढी नोक्सानी गरेको समाचार सार्वजनिक भएपछि मन्त्री भट्टराईले जानकारी मागेका हुन् ।

सो काण्डमा निगमकै कमर्सियल डिपार्टमेण्टका डाइरेक्टर टंकनिधि दाहालको योजनामा उनले नै आफ्ना साथीसमेत रहेका रमेश पौडेलको बोन होलिडेज नामक ट्राभल एजेन्सी प्रवेश गराएर कमिसनको लेनदेन गराएका थिए ।

निगमको नीतिअनुसार यदि आधिकारिक टिकट एजेण्टमार्फत् टिकट वा चार्टर्ड फ्लाइट बुकिङ भएको खण्डमा उनीहरुलाई कुल रकमको ५ प्रतिशत कमिसनवापत दिने उल्लेख छ । त्यही ५ प्रतिशत कमिसनको चलखेल गर्न दूतावासले गरेको बुकिङमा पनि बीचमा एजेण्ट घुसाइएको थियो ।

बीचमा एजेण्ट रहेको थाहा नै थिएन : प्रबन्ध निर्देशक चन्द

अष्ट्रेलियन दूतावासले बुकिङ र चार्टर गरेको विमानमा कसरी एजेण्ट पस्यो भन्ने प्रश्नमा प्रबनध निर्देशक गणेशबहादुर चन्दले त्यसबारे आफूलाई पनि थाहा नभएको बताए ।

बिहीबार संचारकर्मीसंग कुराकानी गर्दै प्रबन्ध निर्देशक चन्दले आफूले पनि यस सम्बन्धमा समाचारबाट थाहा पाएको भन्दै बीचमा एजेण्ट रहेकोबारे त्यसअघि कुनै जानकारी नभएको बताए । उनले भने, ‘खै मलाई पनि अष्ट्रेलियन दूतावासले नै चार्टर गरेको भनिएको थियो । मैले पनि त्यही बुझेको थिएँ । तर बीचमा एजेण्ट रहेको र कमिसन दिनुपर्ने कुरा समाचार पढेर थाहा पाएँ ।’

त्यसो त अष्ट्रेलियन दूतावासले निगमलाई पत्र पठाउँदा पनि ट्राभल एजेन्सीमार्फत् पठाएको थिएन । दूतावास आफै चार्टर पार्टनर रहेको भन्दै पत्र पठाएको थियो । ‘चार्टड पार्टनर त दूतावास नै थियो नि होइन र ?’ भन्ने प्रश्नमा प्रबन्ध निर्देशक चन्दले ट्राभललाई चार्टर्ड पार्टनर राख्दा उडानमा समस्या हुनसक्ने भएकाले दूतावासकै नाम उल्लेख गरिएको हुनसक्ने बताए । उनले भने, ‘सबैतिर लकडाउन भएको अवस्थामा कुनै निजी ट्राभल एजेन्सीलाई ट्राभल पार्टनर भनेर राख्दा उडानको अनुमति नदिन पनि सक्थ्यो । त्यसबाहेक उद्धार गर्ने विषय कुनै एएटा निजी ट्राभल एजेन्सीको नभएर सरकार वा दूतावासकै हुन्छ । त्यसकारण पनि चार्टर्ड पार्टनरमा दूतावासको नाम उल्लेख गरिएको हुनसक्छ ।’

चन्द भन्छन्, ‘दूतावासले इमेल पठाएको रहेछ’

दूतावासले बुकिङ गरेको फ्लाइटमा एजेन्सी घुसाएर कमिसनको खेल किन भयो भन्ने प्रश्नमा उनले दूतावासकै आग्रहमा एजेन्सी घुसाएको बताए । चन्दले भने, ‘यो कुरा मैले पनि हिजो मात्रै थाहा पाएको हुँ । किन यस्तो भयो भनेर मैले वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाललाई सोधेको थिएँ । उहाँले दूतावासले नै इमेल पठाएर बोन ट्राभलसँग सम्झौता गर्न भनेको भन्ने जवाफ दिनुभयो । सायद यो काम दूतावासले नै गरेको होला ।’

‘कहिलेको मितिमा कसलाई इमेल पठाएको हो ?,’ भन्ने प्रश्नमा उनले मिति थाहा नभएको र आफूले इमेल पनि नहेरेको तर टंकनिधि दाहाललाई नै इमेल पठाएको भन्ने सुनेको बताए ।

इमेलबाटै ५ करोड बढीको काम हुन्छ हो भन्ने प्रश्नमा यो काम कमर्सियल डिपार्टमेण्टको भएको र उनीहरुलाई नै अधिकार भएकाले यसबारे आफूलाई थप कुरा थाहा नभएको बताए ।

नागरिक उड्डयन प्राधिकरण भन्छ, ‘चार्टर पार्टनर अष्ट्रेलियन दूतावास नै हो’

हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि बुधबार साँझ भएको चार्टर्ड फ्लाइटको पार्टनर वा एजेण्ट को हो भनी सोधेका थियौँ । प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक राजकुमार क्षेत्रीले आफूहरुलाई प्राप्त पत्रमा चार्टर्ड पार्टनरको नाम अष्ट्रेलियन दूतावास नै उल्लेख रहेको बताए । उनले भने ‘को को सँग कसरी सम्झौता भयो, के के भयो भन्ने कुरा हामीलाई थाहा हुँदेन । हामीले उडान अनुमति दिने कि नदिने भन्ने विषय मात्रै हुन्छ । हामीलाई दूतावासले पठाएको पत्रमा पनि चार्टर्ड पार्टी भनेर अष्ट्रेलियन दूतावासकै नाम उल्लेख गरिएको छ ।’

हेर्नुहोस्, अष्ट्रेलियन दूतावासले ३० मार्चमा नेपाल वायुसेवा निगमलाई लेखी गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई वोद्यार्थ गरी पठाएको पत्र ।

रातो पाटी बाट

Related Posts

कक्षा ११ का नयाँ पुस्तक छपाइ शुरू, यसै महिनाभित्र सक्ने लक्ष्य
Uncategorized

मतपत्र छपाइले पाठ्यपुस्तकमा ढिलाइ

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

मतपत्र ओसारपसारको जिम्मा सेनालाई

अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु, सात घाइते
ताजा समाचार

अक्सिजन प्लान्ट विस्फोट: ज्यान गुमाउनेको सङ्ख्या २ जना पुग्यो

बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड
समाज

फेरि पनि वाम एकता हुनसक्छ : प्रचण्ड

दिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या
अन्तर्राष्ट्रिय

दिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या

सुर्खेतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
ताजा समाचार

सुर्खेतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

२० चैत्र २०७६, बिहीबार
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

कस्तो रहला आज दिनभरको मौसम ?

२० चैत्र २०७६, बिहीबार
ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

२० चैत्र २०७६, बिहीबार
प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

२० चैत्र २०७६, बिहीबार
पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव

नेपाली नागरिकता परित्याग गर्ने बढे

२० चैत्र २०७६, बिहीबार
सगरमाथाको आधार शिविर सार्ने तयारी

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण

२० चैत्र २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.