बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नागरिक अगुवाहहरुको अपिल– नेपालीलाई स्वदेश फर्किन देऊ

होस्ट खबर by होस्ट खबर
१८ चैत्र २०७६, मंगलवार
173
SHARES
327
VIEWS
FacebookTwitter
नागरिक अगुवाहहरुको अपिल– नेपालीलाई स्वदेश फर्किन देऊ

धार्चुला महाकाली नदी पारी अलपत्र नेपालिहरु l

काठमाडौँ : सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदी र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले विदेशमा तथा नेपाल-भारत सीमामा रहेका नेपालीलाई स्वदेश फर्किन दिन अपिल गरेका छन् ।

मंगलबार जारी अपिलमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि हाल नेपाल बन्दाबन्दी (लकडाउन) को अवस्थामा छ। बन्दाबन्दीमा जो जहाँ छन् त्यहीँँ बसिदिए राम्रो हो। तर विदेशमा दैनिक ज्यालादारीमा बाँच्ने मजदूरलाई ठेकेदारले घर जाऊ भनेपछि, उनीहरूसँग देश फर्किनुको विकल्प रहँदैन।                                       

नेपाल भारत सीमा क्षेत्रमा सयौँको संख्यामा नेपालीहरू अलपत्र परेका खबरहरू आएका छन्। जुनसुकै अवस्थामा भए पनि नेपालभित्र पस्न, बस्न र जीवन यापन गर्न पाउने नेपाली नागरिकको संवैधानिक अधिकार हो। नेपालीलाई ‘देश निकाला’ गर्ने संवैधानिक र नैतिक हक कसैसँग छैन।

यो कुरालाई नेपाल सरकारले चीनको हुवानमा रहेका नेपालीहरूलाई आफ्नो विमान पठाएर स्वदेश ल्याएबाट र युरोप, अष्ट्रेलिया र अमेरिका लगायतका देशहरूले आफ्नो नागरिकलाई विशेष विमान पठाएर स्वदेश फिर्ता लगेबाट पनि प्रष्ट हुन्छ।

आफ्नो नागरिकको जीवन र स्वास्थ लगायतको हकको संरक्षण गर्नु राज्यको दायित्व हो। विदेशमा नै सुरक्षा र स्वास्थ्यको रक्षा गर्न खोजेको हो भने त्यो व्यक्तिको आत्मसम्मान र अन्तर्निहित अधिकारको विरूद्ध हुन्छ।

तसर्थ, भारतको सीमावर्ती इलाकामा रोकिएका सबै नेपालीलाई नेपाल प्रवेश गर्न दिन हामी नेपाल सरकारसँग जोडदार अपील गर्न चाहन्छौँ। नेपाल प्रवेश गर्न दिने निर्णय गरिएको भनिए पनि त्यो पालना नभएको देखिएको छ।

नेपाल प्रवेश गरेपछि सबैको परिक्षण गर्ने र आवश्यक परे क्वारेण्टानमा राख्ने जिम्मा नेपालको हो, जसका लागि सीमा क्षेत्रमा सरकारले युद्धस्तरमा व्यवस्था गर्नु पर्ने देखिन्छ।

तयारी गर्ने जनशक्ति पर्याप्त नभए यस्तो अवस्थामा सुरक्षा निकायका सदस्यहरू पनि परिचालन गर्नु पर्ने हुन्छ। तर नेपालीलाई नेपाल आउनबाट कुनै हालतमा रोक्न मिल्दैन।’

Related Posts

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाचार

प्रहरी बुट खरिदमा ६ करोड घोटाला

पहिले बेचियो बालुवा पछि खोलै बिक्री
समाचार

पहिले बेचियो बालुवा पछि खोलै बिक्री

पैसाबाट कोरोना सर्ने सम्भावना बढी
समाचार

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

काठमाडौंको चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड प्रहार
समाचार

एसिड पीडितलाई १ करोड क्षतिपूर्तिः अझै भएन रकम दाखिला

सरकारले अध्यागमन कार्यविधि संशोधन गर्‍यो
समाचार

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

१८ चैत्र २०७६, मंगलवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

१८ चैत्र २०७६, मंगलवार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

१८ चैत्र २०७६, मंगलवार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

१८ चैत्र २०७६, मंगलवार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

१८ चैत्र २०७६, मंगलवार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

१८ चैत्र २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.