शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

डा. केसी भन्छन्– ‘मैले बोल्ने समय भएको छैन’

‘अहिलेको परिस्थितिमा मसंँग बोल्नका लागि केही पनि छैन र म बोल्न पनि चाहँदैन । जे भइरहेको छ त्यसको मौन दर्शक म पनि हुँ ।’

होस्ट खबर by होस्ट खबर
१८ चैत्र २०७६, मंगलवार
307
SHARES
350
VIEWS
FacebookTwitter

 

डडेलधुरा : कुनै रोगको महामारी होस् या प्राकृतिक विपद् । देशको जुनसुकै भू–भागमा भएपनि काँधमा झोला र औषधि बोकेर पुग्छन् डा. गोविन्द केसी । नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै उनी १७ पटकसम्म आमरण अनसन बसेका थिए । उनले अनसनका क्रममा उठाएका कतिपय मागहरु अझै पनि सम्बोधन भएका छैनन् ।

तर, कोरोना भाइरस (कोभीड–१९) को महामारीविरुद्ध देश नै जुटिरहेका बेला हाम्रो स्वास्थ्य प्रणाली र उपचारको अवस्थाबारेको अवस्था उदांगो भएको छ। यतिबेला सरकार सामान्य स्वास्थ्य सामग्री जुटाउन तथा संक्रमणविरुद्ध आफ्नो संयन्त्र परिचालन गर्न असफल भएको भन्दै टिप्पणी भइरहेको छ।राजनीतिक आग्रह/पूर्वाग्रह छाडेर समयमै स्वास्थ्य क्षेत्रको विकासमा ध्यान दिएको भए यस्तो अवस्था आउने थिएन भन्दै सामाजिक सञ्जालमा पोस्टहरु देखिन थालेका छन्। र धेरैले सम्झिरहेका छन् उनै डा. केसीलाई। तर, केसी भने डडेलधुरा अस्पतालमा गुमनामजस्तै भएर मौन बसिरहेका छन्।

आइतबार सांँझ र सोमबार बिहान केसीसँग सम्पर्क गर्न खोज्दा सम्भव भएन। सोमबार दिउँसो सम्पर्क भए पनि शल्यक्रियाका कारण लामो कुराकानी सम्भव भएन। ‘म अप्रेससनको तयारीमाछु, धेरै कुरा गर्न सक्दैन,’ उनले छोटो प्रतिक्रिया दिए। तीन घण्टापछि अस्पतालको इमरजेन्सी कक्षबाट बाहिर आएर उनले यति मात्र भने, ‘अहिलेको परिस्थितिमा मसंँग बोल्नका लागि केही पनि छैन र म बोल्न पनि चाहँदैन।जे भइरहेको छ त्यसको मौन दर्शक म पनि हुँ।’

कोरोना महामारीको सम्भावित जोखिम नियन्त्रणमा सरकारको तयारी, जनमानसमा फैलिएको त्रासलगायतका विषयमा उनी केन्द्रित हुन चाहेनन्। मात्र भने,‘हरेक कुरा बोल्ने समय हुन्छ, अहिले समय भएको छैन।’

आफू निकै व्यस्त भएकोले मंगलबार मात्र कुराकानी गर्नेभन्दै उनी पुन: सेवामा खटिए। केसीका विषयमा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले भने, ‘एउटा चिकित्सकले आफ्नो पेशागत मर्यादाभित्र रहेर जसरी सेवा गर्छ, डा केसीले पनि त्यसरी नै सेवा गरिरहनु भएको छ, त्यो बाहेक अरु डा केसीसंँग नै कुरा गरे राम्रो हुन्छ।’

बिहान उठेपछि बेलुका सुत्ने बेलासम्मको अधिकांश समय उनी अस्पताललाई दिन्छन्। एक छाक मात्रै खाने गरेका उनीदिनभर बिरामीको उपचारमा व्यस्त रहन्छन्। भेट्न आएका शुभचिन्तक र स्थानीय अगुवाहरुसंँग पनि कुरा गर्दैनन्। सरकारले लकडाउन गर्ने निर्णय गरेपछि अस्पतालमा बिरामी सँगसँगै उनलाई भेट्न आउने–जानेको संख्या पनि निकै कम भएको छ। स्वास्थ्यसम्बन्धी समस्या लिएर आएकाबाहेक अस्पतालकै स्वास्थ्यकर्मीसँग पनि उनको पातलो मात्रै भेटघाट हुने गरेको एक चिकित्सकले बताए।

केसी तीन साताअघि मात्रै स्वास्थ्य सेवा दिन यहाँ आएका हुन्। उनी आएपछि भने यहाँको वातावरणमा केही फरकपन आएको चिकित्सक, बिरामी र उनीहरुका आफन्तहरुले बताउन थालेका छन्। अस्पतालमा कार्यरत ति चिकित्सक भन्छन्,‘डाक्टर कस्तो हुनुपर्छ भन्ने धेरै कुरा डा. केसीबाट सिक्ने मौका मिलेको छ। जागिरबाहेक डाक्टरको मानवीय धर्म कस्तो हुनुपर्छ, स्वभाव कस्तो हुनुपर्छ, बिरामीसंँग गर्ने व्यवहार कस्तो हुनुपर्छ भनेर जान्न पाएका छौं। डा. केसी असाधारण मानवीय भावना भएका सच्चा सेवक हुन्।’

डडेलधुरा अस्पतालमा केसीले नि:शुल्क सेवा प्रदान गर्न सुरु गरेपछि अहिलेसम्म सयौंले उनीबाट सेवा लिएका छन्। डडेलधुरा, बैतडी, बझाङ, दार्चुला र डोटीका हाडजोर्नीसम्बन्धी समस्या भएका धेरैले विशेषज्ञ चिकित्सा सेवा पाएका छन्। लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भिड लाग्ने गरेको अस्पतालका मेसु विष्टले बताए। हाल बिरामीको संख्या घटे पनि आउने क्रम भने रोकिएको छैन।

पछिल्लो अनसन उनले डडेलधुरा अस्पतालमै सुरु गरे पनि स्वास्थ्यमा आएको खराबी र सरकारको अनुरोधपछि बीचमै स्थगित भएको थियो। यसपटक डडेलधुरा आएपछि केसीले भनेका थिए,‘मेरो लडाइँसकिएको छैन, स्थगित मात्र भएको हो। अहिले सेवा दिन आएको हुँ, फेरि अनसन बस्ने–नबस्ने निर्णय डडेलधुरामै हुन्छ।’

(कान्तिपुर अनलाइनबाट)

Related Posts

कक्षा ११ का नयाँ पुस्तक छपाइ शुरू, यसै महिनाभित्र सक्ने लक्ष्य
Uncategorized

मतपत्र छपाइले पाठ्यपुस्तकमा ढिलाइ

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

मतपत्र ओसारपसारको जिम्मा सेनालाई

अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु, सात घाइते
ताजा समाचार

अक्सिजन प्लान्ट विस्फोट: ज्यान गुमाउनेको सङ्ख्या २ जना पुग्यो

बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड
समाज

फेरि पनि वाम एकता हुनसक्छ : प्रचण्ड

दिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या
अन्तर्राष्ट्रिय

दिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या

सुर्खेतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
ताजा समाचार

सुर्खेतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१८ चैत्र २०७६, मंगलवार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१८ चैत्र २०७६, मंगलवार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१८ चैत्र २०७६, मंगलवार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१८ चैत्र २०७६, मंगलवार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१८ चैत्र २०७६, मंगलवार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१८ चैत्र २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.