बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना कहरः कसरी काम गर्दैछन् स्वदेशी औषधि उत्पादक ?

होस्ट खबर by होस्ट खबर
१६ चैत्र २०७६, आईतवार
172
SHARES
324
VIEWS
FacebookTwitter
कोरोना कहरः कसरी काम गर्दैछन् स्वदेशी औषधि उत्पादक ?

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन सरकारले गत मंगलबारदेखि लकडाउन गरेको छ। अधिकांश मानिस घरभित्रै बसिरहेको समयमा औषधि उत्पादक भने यतिबेला उत्पादन बढाउनमा व्यस्त छन्। कतै महामारी फैलिएर औषधिमा संकट आउने त होइन भन्ने त्रास उनीहरूमा छ। यो समय आफूहरूका लागि निकै चुनौतीपूर्ण रहेको औषधि उत्पादक बताउँछन्। तर, औषधिलाई अभाव हुन नदिन चुनौतीको बाबजुद उत्पादन वृद्धिमा जोड दिइरहेको औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारीको दाबी छ।

उनले सरकारसँग पनि तत्काल आवश्यक पर्नसक्ने वस्तु, औषधि खरिद प्रक्रियालगायतका विषयमा छलफल गरिरहेको बताए। ‘लकडाउनले औषधि विक्री वितरण र रोकिएका कच्चा पदार्थ कसरी ल्याउने भन्ने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भइरहेको छ’, उनले भने, ‘लामो प्रयास, भारतीय पक्षसँगको छलफल र मन्त्रालयको सहयोगले भारतीय भन्सारमा रोकिएको सामान निकाल्न सकिने विश्वास बढेको छ।’

अहिले दूरी मेन्टेन गर्नुपर्ने लगायत कुरामा ध्यान दिनुपर्ने हुँदा रातिको समय प्रयोग गर्ने हो कि ! भन्ने विषयमा पनि कुराकानी भइरहेको उनी बताउँछन्।

‘कर्मचारीलाई फ्याक्ट्रीसम्म आउन समस्या छ, रोगको संक्रमण होला कि१ भन्ने त्रास सबैलाई हुन्छ। तर, यस्ता चुनौतीलाई सामाना गर्दै हामी भोलिका दिनमा धेरै बिरामी निस्किए पनि धान्न सक्ने औषधि बनाउन लागिपरेका र्छौं’, उनले भने।

यता लोमश फर्मास्युटिकल्सका निर्देशक प्रज्जवलजंग पाण्डे पनि औषधि उत्पादनमै व्यस्त रहेको बताउँछन्।

‘यो महामारीका कारण औषधिको संकट आउन नदिनु हाम्रो मुख्य उद्देश्य हो। औषधि मानिसको स्वास्थ्यसँग जोडिने अत्यावश्यक कुरा भएकाले सबै औषधि उत्पादकलाई उत्पादनको लागि पहल गरिरहेका छौं,’ उनले भने।

लकडाउनको समयमा कसरी काम गरिरहनु भएको छरु भन्ने प्रश्नमा उनी भन्छन् ‘कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर काम अघि बढाइरहेका छौं। औषधिमा कमी नआओस् भनेर सबै उद्योगी समन्वयन गरेर काम गरिरहेका छौ।’

स्टकका रूपमा औषधि उत्पादन गरेर राखेको निर्देशक पाण्डले बताए।

आवश्यक परेमा सरकारसँग सहकार्य गरेर राष्ट्रिय रूपमा काम गर्ने प्रतिवद्धता उनले गरे।

‘कोरोनाका कारण उद्योगमा काम गर्न टाढाबाट कर्मचारी आउन समस्या भइरहेको छ। बस सबै ठाउँमा जाँदा संक्रमण हुने संभावना बढी हुने भयो। त्यसैले लोकल कामदार मात्रै खटिनुपर्ने हुँदा पहिलाजस्तो ‘फुल क्यापासिटी’मा काम हुन सकिरहेको छैन’ उनले भने।

सरकारले औषधि उद्योगको परिचय परिचय पत्रले काम चल्छ भने पनि त्यसले काम नगरेको बताउँछन् उनी। ‘सरकारको निर्णअनुसार औषधि उद्योगको परिचयपत्रले काम चल्छ भनिएको छ। तर, त्यो ‘प्राक्टिकल्ली’ लागू हुनसकेको छैन। जसले गर्दा फ्याक्ट्री आवातरजावातमा गाह्रो भइरहेको छ र उत्पादनमा ह्रास आएको छ,’ उनले भने, ‘तर, औषधिको कृत्रिम अभाव नहोस् भनेर हामी चुनौतीलाई सामना गरेर निरन्तरता दिइरहेका छौं।

उनले भने कृत्रिम कालोबजारी नहोस् भनेर नै उचित मूल्यमा नै औषधि विक्रीरवितरण गरिरहेका छौं।’ कच्चापदार्थ अत्यन्तै आवश्यक भएकाले सरकराले यसमा सहजता गरेको पाण्डेले बताए। ‘सरकारले अत्यावश्यक सामानमा अवरोध गरेको छैन, त्यसैले अहिलेसम्म कच्चापदार्थमा समस्या छैन’, उनले भने।

औषधि उत्पादक संघका पूर्वाध्यक्ष दीपक प्रसाद दाहाल यो समयमा झनै जिम्मेवारी बढेको बताउँछन्।

औषधि कति चाहिन्छ, के चाहिन्छ लगायतका विषयमा अध्ययन गरेर सरकारलाई भनिसकेको उनले बताए।

उनले तीनरचार महिनालाई धान्न सक्ने औषधि स्टक रहेको जानकारी दिए।

‘अहिले सरकारले चीनबाट सामान ल्याउने नाका पनि खोलिसकेको छ। सामान पाइरहेको अवस्थामा फटाफट काम गर्यौं भने भोलिका दिनमा समस्या आउँदैन’, उनले आफ्नो भनाइ राखे।

‘हाम्रो पुरानो शैली सामान आइहाल्छ भनेर सकिन लागेपछि सोच्ने चलन छ, त्यो शैली परिवर्तन गरेर नयाँ ढंगबाट सोच्नुपर्छ’, उनी थप्छन्।

दाहालले पनि उद्योगमा कामदार घटाएर ‘डिस्टेन्स मेन्टेन’ गरेर काम गरिरहेको बताए। औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्री औषधि उत्पादन क्षमता वृद्धि गर्न सबै औषधि उद्योगलाई आह्वान गरिसकेको बताउँछन्।

सरकारले पनि उद्योगलाई कुनै रोकतोक नगरी काम गर्न सहज बनाएको उनले बताए। ‘दुईरतीन महिनालाई त गाह्रो छैन। तर, यही अवस्था लम्बिए गाह्रो हुने अवस्था छ’, क्षेत्रीले भने।

हाल नेपालमा ६२ औषधि उद्योग सञ्चालनमा र ४१ वटाले औषधि व्यवस्था विभागबाट नयाँ उद्योगको अनुमति लिइसकेको एपोनका पूर्वाध्यक्ष दहालले जानकारी दिए।

यी उद्योगले बनावटका आधारमा ट्याबलेट, पाउडर, क्याप्सुल्स, स्मल भोलुम, लार्ज भोलुम, प्यारेन्टल, आइन्टमेन्ट्स, क्रिम, जेल, ओरल लिक्विड, एक्सर्टनल लिक्विडलगायतका औषधि बनाउँछन्।

नेपाल औषधिमा ७० प्रतिशत आत्मनिर्भर भइसकेको दाहालको भनाइ छ।

नेपालमा उत्पादन हुने केही औषधि

१. कार्डियोभास्कुलर ओरल रेन्ज

२. डाइबेटिक ओरल रेन्ज

३. लो भोलुम एन्ड लार्ज भोलुम प्यारेन्टल

४. एन्जिबायोटिक्स पेनिसिलिन

५. सेफालोसपोरिन रेन्ज

६। ग्यास्ट्रो इन्टेस्नल

७. एन्टासिड

८. अर्थोपेडिक रेन्ज

९. भिटामिन एन्ड मिनेरल इन फिक्स् डोज कम्बिनेसन

१०. रेसपिरेटोरी ट्रयाक्ट ओरल रेन्ज

११. ओरल रेहिड्रेसन सोलुसन

१२. जेनेकोलोजी

१३. हर्मोनका औषधि

नेपालमा १२ सयभन्दा बढी रेन्जका औषधि बन्ने लोमशका निर्देशक पाण्डले जानकारी दिए। उनकाअनुसार माथि उल्लेखित औषधिबाहेक नेपालमा उत्पादन भएको एन्टिक्यान्सर औषधि पनि बनिरहेका छन्।

नेपाल आत्मनिर्भर भइसकेका औषधि

१. एल्बेन्डाजोल

२. एमोक्सिलिन

३. एजिथ्रोमाइसिन

४. ट्रिमेथोरपिम

५. मेट्रोनिडाजोल

६. एन्टासिड

७. ओम्निप्राजोल

८. पेन्टाप्राजोल

९. रेनिटिडिन

१०. भिटामिन

११. प्यारासिटामोल

१२. कफसिरफ

१३. इन्जाइम

१४. राइड्रेसन

१५. आइबुप्रोफेन

१६. सेट्रिजिन

१७. इन्डोमेथासिन

१९. डिक्लोफेन्याक

२०. टिनिडाजोल

२१. अल्बेन्डाजोल, भेट

२२. अक्सिक्लोनाजाइड, भेट

२३. लेभामिसोल, भेट

२४. प्यारासिटामोल, भेट

२५. अक्सिटेट्रयासाइक्लिन, भेट

२६. कालामाइन लोसन

२७. क्याल्सियम कार्बोनेट

२८. जेन्सन भोइलेट

२९. निमेसुलिड

३०. ट्रामाडोल

३१. साइप्रोहेप्टाडिन

 

सेतोपाटी बाट

Related Posts

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
ताजा समाचार

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य

स्वास्थ्य बीमा आफैँ बिरामी

कर्णालीमा कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

५ देखि ११ वर्षभित्रका बालबालिकालाई कोरोनाविरुद्ध खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१६ चैत्र २०७६, आईतवार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१६ चैत्र २०७६, आईतवार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१६ चैत्र २०७६, आईतवार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१६ चैत्र २०७६, आईतवार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१६ चैत्र २०७६, आईतवार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१६ चैत्र २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.