धनगढी : धनगढीमा शुक्रबार कोरोना पोजेटीभ भेटिएका युवा नेपालगंज हुँदै स्थलमार्गबाट धनगढी पुगेको पाईएको छ । ति युवा चैत ७ (२० मार्च) मा भारतको राजधानी नयाँ दिल्ली हुँदै काठमाडौँ पुगेको पाईएको छ ।
त्यसपछि एक दिन काठमाण्डौं बसेर चैत ८ गते बुद्ध एयरको जहाजबाट नेपालगञ्ज पुगेको खुलेको छ । उनी सोहि दिन नेपालगंजबाट स्थलमार्ग हुँदै धनगढी आएको पाईएको छ ।
दुबईबाट ८ गते कैलाली पुगेका ती युवा चैत ११ गते सेती अस्पतालमा उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । कोरोनाको आशंकामा उनको स्वाब अस्पतालले संकलन गरेर टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।
जहाँ परीक्षण हुँदा कोरोना पोजेटिभ पाइएको हो । अस्पतालमा भर्ना भएदेखि ति युवा सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका थिए ।