काठमाडौँ : कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वाग्मती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए । छाेरि डा. सृजना लामाले बुवालाई पुनर्जन्म दिन अाफ्नाे कलेजाे दान गरेकि थिईन l
लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका लामा महेन्द्र बौद्ध माध्यमिक विद्यालय व्यवस्थापन समिति तथा चक्रबहादुर ठकुरी फाउन्डेशनका अध्यक्ष थिए। संयुक्त अधिराज्य बेलायतबाट स्नातकोत्तर उत्तीर्ण लामा बौद्धधर्मका ज्ञातासमेत थिए। लामाका श्रीमती, एक छोरा, एक छोरी छन्।