बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

दिल्लीमा दिनभर अलपत्र २ सय नेपाली फर्किए, हजारबढी स्वदेश फर्कने पर्खाइमा

होस्ट खबर by होस्ट खबर
११ चैत्र २०७६, मंगलवार
171
SHARES
322
VIEWS
FacebookTwitter
दिल्लीमा दिनभर अलपत्र २ सय नेपाली फर्किए, हजारबढी स्वदेश फर्कने पर्खाइमा

दक्षिण भारतका विभिन्न शहरबाट दिल्ली पुगेर स्वदेश फर्कने अनुमति नपाएर फसेकामध्ये दुईसय नेपाली सोमबार राति स्वदेशतर्फ प्रस्थान गरेका छन् ।

दिल्लीमा अलपत्र रहेका चार १३ मध्येबाँकी भने दिल्ली र उत्तरप्रदेशमा रहेका आफन्त कहाँ गएका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्म दक्षिण भारतका कर्नाटक, तमिलनाडु, बैंगलोर, हैदराबादलगायतका ठाउँबाट दिल्ली पुगेका नेपालीहरु निजामुद्दिन रेलवे स्टेशन र आनन्दविहार बसपार्कमा अलपत्र परेका थिए ।

नेपालले सीमा नाका बन्द गरेको र उता भारतले पनि दिल्ली तथा उत्तरप्रदेशका १५ जिल्ला पूर्ण बन्द गरेको अवस्थामा उनीहरुलाई स्वदेश पठाउने कि राख्ने भन्नेमा दिनभर अन्यौल थियो । नेपाली दूतावासले नेपाल सरकारको निर्देशन कुरेर बसेको थियो भने प्रवासी संघसंस्था र सहयोगीहरुले त्यहाँ रहेका नेपालीहरुलाई खानपिनको व्यवस्था गरेका थिए ।

गाजियाबादस्थित एक फार्म हाउसमा राख्ने कि स्वदेश पठाउने भन्ने अन्यौलबीच उनीहरुलाई राति तीनवटा बस खोजेर बनबासाहुँदै महेन्द्रनगरतर्फ पठाइएको अखिल भारत नेपाली एकता मञ्चका सचिव आरबी खड्काले टेलिफोनमा जानकारी दिए ।

उनीसहित अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, नेविसंघ भारतका अध्यक्ष अम्बिकाप्रसाद जोशी तथा प्रबासी नेपाली अगुवाहरु अर्जुन खनाल, कमलराज शाही, राजेन्द्र बिष्ट, दीपक जीसी तथा नेपाली दूताबासको पहलमा नेपालीहरुलाई स्वदेश फर्काइएको हो । नेपाली दूतावासले नेपालीहरुको समस्या समधानका लागि द्धितीय सचिव बाबुराम सिग्देल, होम लुईँटेललाई खटाएको थियो ।

आनन्दविहारबाट राती ९ बजे बसमा उनीहरुलाई विदाही गरिएको सचिव खड्काले जानकारी दिए । उनले भने, ‘सबैजसो सुदुरपश्चिमको हुनुहुन्थ्यो । उहाँहरुलाई बनबासाका नाका हुँदै महेन्द्रनगर तर्फ पठाइएको छ ।’

नेपालीहरुलाई दिल्लीमै राख्ने प्रयास भएको थियो । नेपाली दूतवाससमेतको प्रयासमा होटलहरुमा राख्न खोजिए पनि उपलब्ध नभएपछि उत्तरप्रदेशको गाजियाबादस्थित एउटा फार्म हाउसमा राख्ने विकल्पमा पनि छलफल भएको थियो ।

भारत सरकारले पनि नेपालीहरुलाई पठाउन अनुमति दिएको र नेपाल सरकारले पनि सीमानाकाबाट उनीहरुलाई प्रवेश गर्न दिने निर्णय गरेपछि सोमवार साँझदेखि नेपाली पठाउने प्रयास भएको बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए । रानाले दिल्लीबाट टेलिफोनमा भने, ‘आइतवार राती मात्रै हामीले एक सय ५४ जनालाई दिल्लीबाट बनबासा पठायौँ । सोमबार नेपाल सरकारले अनुमति नदिएको र दिल्लीमा पनि समन्वय नहुँदा नेपालीहरु दिनभर अन्यौलमा बस्नुपर्यो । तर राती समस्या समाधान भएको छ ।’

दिल्लीमा भारतीय संविधानको धारा १४४ लागू भएको छ । उत्तरप्रदेशका १५ जिल्ला लकडाउन भएपछि नेपालीहरुलाई सीमानाका सम्म आउन समस्या भएको थियो । खड्काका अनुसार भारतको केन्द्रशासित लद्दाखको लेहमा ३१२ जना नेपाली अड्किएर बसेका छन् ।

उनीहरुले नेपाल फर्किन टिकट काटिसकेका थिए तर हामीले रोकेर उतै बस्न सल्लाह दियौँ । परिस्थिति सहज नभएसम्म उतै बस्नु भनेका छौँ,’ खड्काले भने ।
लखनउ, दिल्लीको छत्रपुर, आग्राको मथुरालगायतका ठाउँमा पनि नेपालीहरु अड्केर बसेको खड्काले जानकारी दिए । तर नेपालीहरु अलपत्र अवस्थामा भने छैनन् ।

मुम्बईमा पनि नेपालीहरु स्वदेश फर्कन नपाएर बसेका छन् । उनीहरु अलपत्र अवस्थामा छैनन् । त्यहाँको होटलमा कार्यरत नेपाली नरेन्द्र चन्द डंकेतले होटल मालिकले एक महिनाको तलम नदिँदा कोठामा बस्न पनि नपाइएको र नेपाल आउन पनि नसकेको टेलिफोनमा बताए ।

उनीसहित आधा दर्जन नेपालीहरु अहिले होटलमै बसेका छन् । उनले भने, ‘हामीलाई खान र बस्न समस्या छैन । तर, मालिकले पैसा दिएदेखि घर फर्किन्थ्यौँ वा आफ्नो डेरामा बस्न जान्थ्यौँ ।’ मासिक भाडा नतिरेपछि घर मालिकले डेरामा ताल्चा लगाइदिएको पनि उनको दुखेसो थियो ।

खाडी र अफ्रिकाका राजदूतहरुलाई निर्देशन

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले मध्यपूर्व अर्थात् खाडी मुलुक र अफ्रिकास्थित नेपाली राजदूतहरुसँग त्यहाँ रहेका नेपालीहरुको अवस्था, कोरोनाबाट अर्थतन्त्रमा पर्ने असर, नेपालीहरुको रोजगारीमा पर्ने प्रभावका बिषयमा भिडियो कन्फरेन्समार्फत् छलफल गरेका छन् ।

नेपाली कूटनीतिक नियोग प्रमुख ९राजदूत०हरुले सहप्रमाणीकृत मुलुकमा समेत भइरहेका संक्रमण, त्यहाँका सरकारले नियन्त्रणका लागि चालेका कदम, नेपालीरुको अवस्थाबारे जानकारी गराएको परराष्टमन्त्रालयले जनाएको छ । भिडियो कन्फरेन्समा श्रम मन्त्री रामेश्वर राय यादब पनि थिए ।

मन्त्री ज्ञवालीले सम्बन्धित देशमा कोरोनाको संक्रमणका बारेमा नियीतरुपमा प्रतिवेदन पेश गर्न, नेपालीहरुको बिषयमा रोजगारदाता कम्पनी र सरकारसँग निकट सम्पर्कमा रहेर काम गर्न निर्देश्न दिएका छन् ।

स्थानीय सरकारले जारी गरेको सूरक्षा समबन्धित निर्देशन पालना गराउन पनि राजदूतहरुलाई मन्त्रीले निर्देशन दिएको परराष्टले जनाएको छ । ज्ञवालीले नेपाली समुदाय र दूताबास परिवारलाई पनि संक्रमणका बारेमा जागरुक रहन र सुरक्षाका आवश्यक उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् ।

हालसम्म विदेशमा पाँचजना नेपालीलाई संक्रमण भएको पाइएको छ । युएईमा दुईजना युवालाई कोरोनाको संक्रमण देखिएपछि उपचार भइरहेको छ । बहराइनमा तीन जनालाई देखिएको छ । अष्ट्रेलियामा देखिएका एकजना नेपाली युवा निको भएका छन् ।

Related Posts

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन
ताजा समाचार

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र
ताजा समाचार

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द
ताजा समाचार

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.सं. २०७९ असार १६ गते बिहीबार, आजको राशिफल

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
ताजा समाचार

कर्णालीमा आज सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

११ चैत्र २०७६, मंगलवार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

११ चैत्र २०७६, मंगलवार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

११ चैत्र २०७६, मंगलवार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

११ चैत्र २०७६, मंगलवार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

११ चैत्र २०७६, मंगलवार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

११ चैत्र २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.