सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

तीन गाउँपालिकामा स्वास्थ्य परीक्षणपछि मात्रै प्रवेश

-पेमा लामा (रासस) by -पेमा लामा (रासस)
८ चैत्र २०७६, शनिबार
195
SHARES
368
VIEWS
FacebookTwitter
तीन गाउँपालिकामा स्वास्थ्य परीक्षणपछि मात्रै प्रवेश

बनेपा : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न काभ्रेपलाञ्चोकको चौरीदेउराली, तेमाल र रोशी गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोलीले आआफ्ना स्थानीय तह प्रवेश गर्ने मुख्य नाकामा स्वास्थ्य परीक्षण गरेर मात्रै शहरबाट गाउँ फर्केकालाई गाउँ प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।

जिल्लाको विकट कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाले भुम्लु गाउँपालिकासँगको समन्वयमा दोलालघाटमा स्वास्थ्यकर्मीसहितको टोलीले शहरबाट गाउँ प्रवेश गर्नेको आवश्यक स्वास्थ्य परीक्षण गरेर मात्रै गाउँ प्रवेश गर्न लगाउने पूर्वतयारीको काम थालनी गरेको जनाएको छ ।

त्यस्तै सो पालिकाले आफ्नो पालिका प्रवेश गर्ने मुख्य नाका तेमालवेशीको खहारेघाट र गाउँपालिका केन्द्र ढाँडखर्कमा हेल्थ डेस्क स्थापना गर्ने काम भइरहेको वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले बताए ।

त्यससँगै पालिकाभित्र रहेको धुलिखेल अस्पतालको शाखा माझीफेदा, कातिकेदेउरालीका साथै वडा नं २ नार्गेगगर्चेमा रहेको बाल तथा महिला विकास केन्द्र ९डिसिडब्लुसी० अस्पताल र ढाँडखर्कमा रहेको धुसेनी शिवालय प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीलाई पनि उच्च सतर्कताका साथ रहन निर्देशन दिइएको छ । सबै स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा रहन पालिकाले निर्देशन दिएको उनले बताए ।

पालिकाका सबै स्वास्थ्यचौकीको सक्रियतामा कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा धुसेनी शिवालय प्राथमिक अस्पतालका डाक्टर आसुन केसी नेतृत्वले स्थानीय बासिन्दालाई जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको गौतमले बताए ।

साथै पालिकाले सबै स्वास्थ्यकर्मीलाई बिदा नदिने र बिदामा बसेकालाई समेत तत्काल सेवा क्षेत्रमा फर्काउने निर्णय गरेको उनले बताए । त्यस्तै उता तेमाल गाउँपालिकाले पनि पालिका प्रवेश गर्ने मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गरिसकेको छ ।

शहरबाट गाउँ फर्केका बस तथा मोटरसाइकललगायतका साना सवारीसाधनमा आउनेले समेत अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरेर मात्रै गाउँपालिका प्रवेश गर्ने गरी शुक्रबारबाट स्वास्थ्य परीक्षणको व्यवस्था शुरु गरिसकेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बताए ।

“शुक्रबार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सिमानामा पर्ने तेमालको का्लीमाटी डाँडामा स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले उद्घाटन गर्नुभई स्वास्थ्य परीक्षण शुरु गरिसकेका छौँ”, अध्यक्ष तामाङले भने, “पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकाको सिमाना बोहरे दोभानमा हेल्थ डेस्क निर्माण गरिरहेकाले आजबाट परीक्षण शुरु हुनेछ ।” गाउँपालिका स्वास्थ्य शाखा संयोजक शिवहरि पाठकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको तामाङले बताए ।

रोशी गाउँपालिका प्रवेश गर्ने नाका शिखरआम्बोटे, कटुञ्जे र मङ्गलटारमा हेल्थ डेस्क स्थापना गर्ने शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले शहरबाट गाउँ फर्केकाको स्वास्थ्य परीक्षण शुरु गर्ने निर्णय गरेको बताए ।

जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा भने स्वास्थ्यकर्मीको अपर्याप्तता र जाँच गर्ने प्रविधिको उपलब्धता नभएको कारण हेल्थ डेस्क स्थापना नभएको जनाएको छ ।

स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जिल्लाका सबै अस्पतालका साथै मेथिनकोट अस्पताललाई उच्च सतर्कतामा राखेर आवश्यक तयारीको काम भइरहेको बताए । उनका अनुसार जिल्लाको पाँचखाल र बनेपा नगरपालिकाले पनि शुक्रबार हेल्थ डेस्क स्थापना गरिएको छ ।

त्यससँगै स्थानीय तहले आफ्नो स्थानमा क्वारेन्टाइनको लागि विद्यालय भवनलगायतका अन्य भवनलाई खाली गरेर कम्मलगायत अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्न बिहीबार नै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्देशनसमेत जारी गरिसकेको छ ।

त्यसको लागि आवश्यक सामग्री, ड्रेस, मास्क र अन्य आवश्यक सामानको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढिरहेको समेत उनले बताए । जिल्लामा कोरोना भाइरसको जोखिमबाट हुनसक्ने जोखिमबाट मुक्त हुन उच्च सतर्कताका लागि नेपाली सेनाको टोलीले क्वारेन्टाइनको लागि आवश्यक ठाउँको व्यवस्थापनमा लागिरहेको र जिल्लाका अस्पतालले आइसोलेसनको व्यवस्था गर्ने काम तीव्ररुपमा भइरहेको डाक्टर झाले बताए ।

Related Posts

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
ताजा समाचार

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य

स्वास्थ्य बीमा आफैँ बिरामी

कर्णालीमा कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

५ देखि ११ वर्षभित्रका बालबालिकालाई कोरोनाविरुद्ध खोप

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि
स्वास्थ्य

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

८ चैत्र २०७६, शनिबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

८ चैत्र २०७६, शनिबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

८ चैत्र २०७६, शनिबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

८ चैत्र २०७६, शनिबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

८ चैत्र २०७६, शनिबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

८ चैत्र २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.