सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा कोरना भाइरस सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । सचेतना कार्यक्रममा कर्णाली प्रदेश अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर के.एन. पौडेलले कोरोनाबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएका थिए ।
समुदायमा कोरोना फैलिएको खण्डमा घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने बताए । त्यस्तै विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउनु पर्ने बताए ।
करिव डेढसय बढी विद्यार्थी सहभागी कार्यक्रम शिक्षाशास्त्र सङ्काय केन्द्रीय क्याम्पस र स्वास्थ्य तथा जनसंख्या शिक्षा शिक्षण समितिले कार्यक्रमको आयोजनामा गरेका हो ।
