आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ घटेको छ। हिजो सोमबार ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार घटेर ७५ हजार ५ सय रुपैयाँ तोकिएको हो।
आइतबार भने सुन ७७ हजार रुपैयाँमा किनबेच भएको थियो। अघिल्लो साताभर पनि सुनको मूल्यमा उतारचढाव आएको थियो।