अत्तरिया : सुदूरपश्चिम प्रदेशको तराईको जिल्ला कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा दिइएको छ । आज राना थारु समुदायको खखडेहरा परेकाले सुदूरपश्चिम प्रदेश सरकारले एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी दिएको छ ।