बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना भाइरस : भारतमा रहेका नेपाली त्रसित, घर फर्कन आफन्तको आग्रह

गोदावरी न्यूज

होस्ट खबर by होस्ट खबर
३ चैत्र २०७६, सोमबार
210
SHARES
357
VIEWS
FacebookTwitter
कोरोना भाइरस : भारतमा रहेका नेपाली त्रसित, घर फर्कन आफन्तको आग्रह

मुम्बई  : विश्वभर महामारीका रुपमा फैलिएर रहेको कोरोना भाईरस का कारण भरतमा रहेका नेपालीहरु त्रसित बनेका छन्। गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ को संक्रमण अहिले विश्‍वका १५० भन्दा बढी देशमा फैलिइसकेको छ ।

त्यस्तै सोमबार दिउँसोसम्म ६ हजार ५ सय २५ जनाको मृत्यु भइसकेको छ भने करिब एक लाख ७० हजार संक्रमित भएका छन् । त्यस्तै ७७ हजारभन्दा बढी निको भइसकेको विश्‍व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

भारतमा हालसम्म २ जनाको ज्यान गईसकेको छ भने ११२ जना संक्रमित रहेका छन्। ठुलो संख्यामा रोग संक्रमित व्यक्तिहरु फेला परेपछि भारत सरकारले पनि देशलाई आपतकाल घोषणा गरेको छ ।

बढी भिडभाड हुने ठाउँहरुबाट अझै रोग फैलिन सक्ने भन्दै यँहाको सरकारले बिभिन्न संघ संस्था, सिनेमा घर,बिद्यालय,सपिङ सेन्टर ,होटेल लगायतका सबै ठाउँहरु यहि १५ मार्च देखि ३१ मार्चसम्मका लागि बन्द गर्न आव्हान गरेकोे छ भने कोरोनाबाट बच्न सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेको छ । रोजगारीको लागि भारतमा आउने नेपालीहरु मध्य अधिकांश होटेलमा कार्यरत छन् । होटेल व्यवसाय पनि बन्द भएपछि उनिहरु थप संकटमा परेका हुन । काम गर्ने ठाउ बन्द भएपछि घर फर्कन खोजेका छन् ।

तर सिमा अन्यौलता हुँदा झनै मारमा परेको उनीहरुको दुखेसो छ । सिमा बन्द या खुल्ने विषयमा नेपाली मिडियाहरुले अन्यौलता हुनेगरि विभिन्न धारबाट सामाचार प्रसारण गर्दा आफुहरुलाई घर कसरि फर्कने भन्ने चिन्ता रहेको भारतमा रोजगारि गर्दै आएका कैलालीका नविन रेग्मीले बताए। काम गर्ने ठाउँ नै बन्द भएपछि बस्न पनि नसकिने र घर पनि जान नसकिने भएको हुँदा हजारौ नेपालीहरु यतिबेला भारतमा अलपत्र पर्ने अवस्थामा छन् । नेपालीहरुलाई सिमा अन्यौलता को पिर त छंदै छ त्यो भन्दा बढि फर्कदा रोगको संक्रमित भईने होकि भन्ने पिर छ ।

कोरोना रोगको त्रासका कारण दैनिकजसो भिडभाड हुने होटेलमा अहिले १,२ जना पनि ग्राहक आउन छोडेको भारतको कोलापुरमा होटेल व्यवसाय गर्दै आएका कमल मल्लले बताए । होटेल व्यवसायबाट आयआर्जनको पाटो भएपनि बन्द भएपछि अब के गर्ने भन्ने चिन्ता उनको छ । भारतका केहि होटेल व्यवसाय बन्द हुँदा धेरैजसो नेपाली नागरिकहरुलाई अहिले होटेलबाट हटाइएको छ । हातमा रुपैया पैसा पनि नहुनु र बस्न ठाउँपनी नभएपछि उनिहरु भारतमा रहेका आफ्ना आफन्तहरु तथा साथिभाई कहाँ बास खोजिरहेका छन त त केहि नेपालीहरु भने घर फर्किरहेका छन ।

सबै नेपालीहरुलाई घर फर्कन आफन्तहरुको आग्रह

भारतमा दिनप्रतिदिन रोग संक्रमितको संख्या बढ्दो रुपमा गइरहेको छ । नेपालमा रहेका आफन्तहरुले भारतका सबै नेपालीहरुलाई घर फर्कन आग्रह गरिरहेका छ्न । तर घर फर्किएपनि सिमामा १४ दिन क्वारेनटाईनमा बस्नुपर्ने या नपर्ने , सिमा बन्द या खुल्ला लगाएतका बारेमा प्रस्ट नहुँदा प्रवासी नेपालिहरु यतिबेला अन्यौलमा परेका छन ।

अहिले आफुहरु रोगको संक्रमित नभएपनि यात्राका क्रममा भिडभाडबाट जोगिन मुस्किल भएको उनिहरुको तर्क छ । नेपाली मिडियाहरुबाटै स्पस्ट रुपमा सुचना नपाएपछि भारतमा काम गर्न आएकाहरु चिन्तित छन भने कतिपयको घरमा रुवावासिनै चलिरहेको छ ।

Related Posts

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
भर्खर

४ मंसिरमा चुनाव गर्ने सहमति

कर्णाली करिडोर एक सातादेखि बन्द
भर्खर

कर्णाली करिडोर एक सातादेखि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

३ चैत्र २०७६, सोमबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

३ चैत्र २०७६, सोमबार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

३ चैत्र २०७६, सोमबार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

३ चैत्र २०७६, सोमबार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

३ चैत्र २०७६, सोमबार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

३ चैत्र २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.