कोहलपुर : ट्रीप्परको ठक्करबाट आज बिहान ११ बजे कोहलपुर वडा नं ९ की रामपति थारुको ज्यान गएपछि आफन्त र स्थानियले गरेको कोहलपुर नेपालगन्ज खण्ड चक्काजाम खुलेको छ।
उचित क्षतीपुर्तीको माग सहित स्थानिय र मृतकका आफन्त आन्दोलनमा उत्रिएका थिए । स्थानिय पिपिरी चोकदेखी कोहलपुर हाईस्कुलसम्म बिभिन्न स्थानमा टायर बारेर आन्दोलनमा उत्रिएका ३ घण्टासम्म कोहलपुर नेपालगन्ज सडकखण्ड अवरुद्ध पारेका थिए ।
आन्दोलनको रुप उग्र हुँदै गएपछि ठुलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरीएको थियो । आन्दोलनकारीले टिप्पर चालकलाई मुद्धा चलाउनुपर्ने, मृतकका परिवारलाई उचित क्षतीपूर्ति उपलब्ध गराउनुपर्ने लगाएतका माग राख्दै सडक अवरुद्ध पारेका थिए ।
घटना लगत्तै प्रहरीले नियन्त्रणमा लिएका टिप्पर चालकलाई कानुनी प्रक्रिया अनुसार मुद्धा चलाउने सहमती भएपछि आन्दोलन स्थगित भएको हो । पिपिरी झण्डहवा चोकमा रा१ख २१८८ नम्बरको टिप्परले साईकल यात्रीलाई थारुलाई ठक्कर दिएको थियो ।