शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कस्तो मास्क लगाउने ? कसरी लगाउने ?

होस्ट खबर by होस्ट खबर
२७ फाल्गुन २०७६, मंगलवार
237
SHARES
340
VIEWS
FacebookTwitter
कस्तो मास्क लगाउने ? कसरी लगाउने ?

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै बजारमा मास्क ९मुखावरण० को अभाव भएको छ । मास्क नपाइने समस्या एकातिर छ भने पाइहाले पनि पहिलेभन्दा महँगो पर्छ । बजारमा सङ्क्रमित व्यक्तिलेभन्दा अरुले मास्कको प्रयोग धेरै गरेकाले अभाव भएको हो ।

बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि काम गर्ने भनेको एन नाइन्टी फाइभ मास्क र मेडिकल तथा सर्जिकल मास्कले हो ।

एन नाइन्टी फाइभ मास्क कसले लगाउनै पर्छ ?

– अस्पतालमा कार्यरत चिकित्सकले
– बिरामी कुरुवा र बिरामीको स्याहारसुसार गर्नेले
– कोरोना भाइरसको सङ्क्रमण भएको व्यक्तिले

मेडिकल तथा सर्जिकल मास्क कसले लगाउने ?

– विमानस्थलको हेल्थ डेक्समा खटिने कर्मचारीले
– रुघाखोकी लागेको व्यक्तिले
– श्वासप्रश्वाससम्बन्धी समस्या भएको व्यक्तिले

मास्क कसरी लगाउने ?

– जहिले पनि रङ्गीन भागबाहिर पारेर लगाउनुपर्छ
– चस्मा लगाउनेले माथितिर फु गर्दा चस्मामा बाफ नजाने गरी लगाउनुपर्छ
– मुखभन्दा तलबाट पनि मास्कमा हावा छिर्नु हुँदैन
– मुख र नाक दुवैमा राम्रोसँग फिट हुने गरी लगाउनुपर्छ

मास्क पाइएन भने के गर्ने ?

– सर्जिकल मास्क वा मेडिकल मास्क पाइएन भने सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा रुमालले भए पनि नाक र मुख छोप्नुपर्छ

कोरोना भाइरसबाट कसरी बच्ने ?

– सबैभन्दा पहिला आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने
– साबुन पानीले हात राम्रोसँग धुने
– घरबाहिर हातले खाना नखाने
– खानै परे हातमा स्यानेटाइजर लगाएर मात्रै खाने
– शौचालय गएपछि साबुनपानीले हात धुने
– बाहिरबाट घर आएलगत्तै राम्ररी हात धुने
– सम्भव भएसम्म मास्क लगाउने
– कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने
– बाहिरको मान्छेसँग बोल्दा एक मिटर टाढाको दुरीमा बस्ने
– माछा, मासु राम्रोसँग पकाएर खाने
– सकेसम्म काँचो फलफुल नखाने
– घाममा बस्ने

घरबाहिर निस्किदा के गर्ने ?

– नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नफैलिएकोले सार्वजनिक गाडीमा हिँड्दा डराउनु पर्दैन
– घरबाहिर निस्किदा मास्क लगाउने
– बिहेको मौसम भए पनि धेरै भिडभाड नगर्ने, भोजभतेर नगर्ने
– जमघट हुने कार्यक्रम, सभा र सम्मेलन नगर्ने
– विदेशबाट आएको व्यक्तिमा विमानस्थलमा कुनै लक्षण नदेखिए पनि १४ दिनभित्र रुघाखोकी लाग्न सक्छ, रुघाखोकी लागे नआत्तिइकन अस्पताल जाने

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित उज्यालो अनलाइन डटकमबाट साभार )

Related Posts

महाराजगञ्जमा कोरोना संक्रमित ३ जनाको मृत्यु
स्वास्थ्य

साउनदेखि हालसम्म कोरोनाबाट ३० जनाको मृत्यु

जाजरकोटका स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता
स्वास्थ्य

७७ स्वास्थ्य क्षेत्रमा लैङ्गिक विभेद

नयाँ भेरियन्ट ओमिक्रोन बेइजिङमा पनि देखियो, हिउँदे ओलम्पिक प्रभावित हुने
स्वास्थ्य

कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि
स्वास्थ्य

निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

कर्णालीमा कोरोनाको चौथो लहर सुरु, अवस्था डरलाग्दो: डा. रविन खड्का
स्वास्थ्य

कर्णालीमा कोरोनाको चौथो लहर सुरु, अवस्था डरलाग्दो: डा. रविन खड्का

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

२७ फाल्गुन २०७६, मंगलवार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

२७ फाल्गुन २०७६, मंगलवार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

२७ फाल्गुन २०७६, मंगलवार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

२७ फाल्गुन २०७६, मंगलवार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

२७ फाल्गुन २०७६, मंगलवार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

२७ फाल्गुन २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.