काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केही दिन अस्पतालमैं राख्नुपर्ने चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरकेपनि अझै केही दिन अस्पतालनै बस्नुपर्ने उनको निजी चिकित्सक डा. दिव्या सिंहले बताइन्।
मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज गर्न नमिल्ने चिकित्सकले बताएका हुन्।
मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राख्नु पर्ने अस्पतालले जनाएको छ। चिकित्सकले प्रधानमन्त्रीको डिस्चार्ज अब कहिले हुन्छ भन्नेबारे खुलाएको छैन। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो।