आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

के गर्मी मौसममा कोरोनाभाइरस हराउला ?

होस्ट खबर by होस्ट खबर
२६ फाल्गुन २०७६, सोमबार
323
SHARES
397
VIEWS
FacebookTwitter
के गर्मी मौसममा कोरोनाभाइरस हराउला ?

छिमेकी मुलुक चीनको वुहानबाट संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस ९ कोभिड १९० ले विश्वभर त्रासदीपूर्ण वातावरण छाएको छ भने यसका कारण कैयौं अन्तराष्ट्रिय हवाई उडान, सयौंको सङ्ख्यामा सभा, सेमिनार, सम्मेलन , पर्यटन प्रवर्दन, स्कुल कलेज लगायत व्यापारिक, औद्योगिक प्रतिष्ठानहरूलाई प्रभावित तुल्याएको छ ।

यसको निराकरणका लागि यो भाइरसबाट प्रभावित मुलुकहरूको सङ्क्रमणलाई रोक्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले ५८ खर्व रुपैया“ सहयोग गर्ने घोषणा गरेको छ भने विश्व बैङ्क समूहबाट १२ विलियन डलर अर्थात् १३ खर्ब ९२ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । वुहानको यो भाइरस ७० राष्ट्रमा फैलिसकेको छ भने अमेरिकाको क्यालिफोर्नियामा समेत आपतकाल घोषणा गरिएको छ ।

कोभिड १९बाट ७१ वर्षीय वृद्धको मृत्यु भएपछि सो आपतकाल घोषणा गरिएको हो । अमेरिकामा यस भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगिसकेको छ भने विभिन्न १६ राज्यमा १ सय ५० जना सङ्क्रमित हुनेहरूको सङ्ख्या पुगिसकेको छ । इरानमा मृत्यु हुनेको सङ्ख्या १०७ पुगिसकेको छ भने सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय १३ पुगिसकेको छ । इटालीमा कोभिड १९ बाट मर्नेको सङ्ख्या २ सय ३० पुगेको र सङ्क्रमितको सङ्ख्या ४ हजार ८ सयभन्दा माथि पुगेको बताइएको छ ।

चीनपछि सबैभन्दा बढी सङ्क्रमति हुनेहरूको सङ्ख्या दक्षिण कोरियामा रहेको छ । कोरोना भाइरसबाट सबैभन्दा सुरक्षित मुलुकका रूपमा भियतनाम, नेपाललगायतका मुलुकहरू भए पनि नेपालमा कोरोना भाइरसका विरुद्धमा सरकारी र गैरसरकारी क्षेत्रबाट उच्च सतर्कता अपनाइएको छ जुन सराहनीय पक्ष हो ।

यहाँ चर्चा गर्न खोजिएको विषय कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने हो । यो रोग आनुवांशिक उत्परिवर्तनका कारणले खतरनाक बनेर गएको साथै चमेरो र सर्पको जिन फ्युजनका कारणले भएको बताइन्छ । कोरोना भाइरस अर्थात् कोरोना निमोनिया भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमण भएको लक्षण सजिलै पत्ता लाग्ने भएकाले आत्तिई हाल्नुपर्ने अवस्था छैन ।

कोरोना भाइरसको सङ्भएका व्यक्तिमा सिँगान बग्ने कुराको ठीक उल्टो सुख्खा नाक हुने र सुख्खा खोकी लाग्ने हुन्छ । चीनका सेन्जेन हस्पिटलका निर्देशक जेन्सिङ्गका अनुसार वुहानबाट फैलिएको यो कोरोना भाइरस तापक्रम प्रतिरोधी छैन र २७ डिग्री सेल्यिसभन्दा माथिको तापक्रम सहन सक्दैन र मर्छ । त्यसकारण प्रशस्त मात्रामा तातो पानी खानको लागि उनले सुझाव दिएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि प्रशस्त तातो पानीलगायतका घरेलु औषधिहरू खान पनि उनले सुझाएका छन् ।

जति बढी आफ्नो शरीरको तापक्रम औसतमा कायम राख्ने प्रयत्न गरियो त्यति यसको सङ्क्रमणबाट जोगिन सकिन्छ । त्यसका लागि चीनका डाक्टरले बढी से बढी अदुवाको सेवन र शारीरिक कसरतमा जोड दिन भनेका छन् । अदुवाको सुप खा“दा शरीरको तापक्रम बढ्ने भएकोले कोरोना सङ्क्रमण हुन सक्दैन । अझ उनले त के पनि भनेका छन् भने यसो गर्ने हो भने कुनै पनि खोपको आवश्यकता पर्दैन ।

त्यसका अलावा पिरो खोर्सानी, लसुन र मरिचको सेवनलाई जोड दिन पनि भनेका छन् । अमिलो, तितो र गुलियो खानेकुरा कम खानु भन्ने उनको सुझाव रहेको छ । फ्रिजको चिसो पानी पिउनु र चिसो मौसम भएको स्थानतिर हिँडडुल गर्नुले कोरोना भाइरस सङ्क्रमणको डर हुन्छ । जब भाइरस सङ्क्रमण भएको क्षेत्रमा तापमान बढ्छ यो भाइरस स्वाट्टै हराउँछ ।

ती डाक्टरको सुझावलाई ध्यान दिने हो भने वास्तवमै कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिन्छ भन्ने अड्कल गर्न सकिन्छ । वास्तवमा विश्वभरि जहाँ जहाँ कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ त्यहाँ त्यहाँको तापक्रम चिसो भएको पाइएको छ । ती मुलुकहरूको तापक्रम कुनैमा १६ डिग्री सेल्सियस त कुनैमा ११ अनि कुनैमा ६ डिग्री सेल्सियसको तापक्रम रहेको छ जुन कोरोना भाइरस सङ्क्रमणका लागि उपुयुक्त मौसम हो ।

यो लेख तयार पार्दासम्मको समयमा इरानमा १६ डिग्री सेल्सियस छ भने क्यालिफोर्नियामा १३ डिग्री सेल्सियस र दक्षिण कोरियामा ६ डिग्री सेल्सियस रहेको छ । जसले गर्दा कोरोनाको सक्रमणलाई मौसमी अनुकुलताले साथ दिएको देखिन्छ । तथापि तापक्रमका सम्बन्धमा वैज्ञानिक, डाक्टरहरूको एक मत भने छैन । अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले ट्वीट गर्दै गर्मी मौसम शुरु भएपछि यो कोभिड १९ हराएर जाने उल्लेख गर्दै चिनिया सरकारले रोकथाम र उपचार अनि केही दिनमै हस्पिटल बनाइएकोमा चिनिया राष्ट्रपति सि जिन पिङको खुलेर प्रशंसा गरेका छन् ।

जोन हपकिन्स युनिभर्सिटीका सङ्क्रामक रोग विशेषज्ञ अमेश अदाल्जा भन्छन् ‘भाइरसहरूको सङ्क्रमणका लागि केही निश्चि वातावरणीय अवस्था अनुकुल हुन्छ । त्यो भनेको चिसो मौसम र कम आर्द्रता हो । यस भनाइले के देखाउँछ भने भाइरसहरू पनि मौसमी हुन्छन् । ’

हावार्ड विश्वविद्यालयका महामारी रोग विषयका प्रोफेसर मार्क लिपस्टिचका अनुसार निश्चित अवस्थामा किन त्यस्ता भाइरसहरू बढी फैलिन्छन् भन्ने कुरा खोजीको विषय रहेको छ । उनका अनुसार किन गर्मी बढ्दै जा“दा त्यस्ता भाइरसहरू हराएर जान्छन् भन्ने सम्बन्धमा गरिएको अडकलबाजी के हो भने त्यस्तो मौसममा भिटामिन ‘डि’ को प्रचुरता बढी हुन्छ जसले प्रतिरोधात्मक क्षमता बढाउ“छ । र उच्च आद्र्रता हुने भएकाले भाइरसको सङ्क्रमणलाई शिथिल बनाउँछ ।

लिपस्टिचको भनाइलाई विश्वास गर्ने हो भने गर्मी मौसम बढ्दै छ र यो भाइरसको सङ्क्रमण शिथिल बन्दै जाने कुरामा विश्वास गर्न सकिन्छ । सार्स भाइरस पनि महामारीको रूपमा फैलिएको थियो र गर्मी मौसममा हराएर गएको थियो । यो सार्स भाइरस गर्मी मौसममा हराएर जानु अनौठो संयोग मात्र हो कि के हो रु भन्ने द्विविधामा रहेको कुरा मिन्नेसोटा विश्वविद्यालयका सङ्क्रामक रोग र नीति केन्द्रका प्रोफेसर माइकल ओस्टरहोल्मले उल्लेख गरेका छन् । तर, २०१२ मा खाडी मुलुकमा फैलिएको (Middle East respiratory syndrome coronavirus (MERS-CoV)  ४० भन्दा माथिको तापक्रममा फैलिएकोले अरू कोरोना भाइरस जस्तो अवस्था pattern मा नफैलिएको उनले दाबी गरेबाट साँच्चै नै भाइरसहरू यही मौसममा फैलिने वा हराउने भन्ने नहुने रहेछ ।

जे होस्, नेपाल कोरोना भाइरसबाट सुरक्षित भए तापनि सम्भावित सङ्क्रमणलाई लापर्वाही गर्नु भने हुँदैन । सङ्क्रमित भेटिएको स्थानमा मास्कको प्रयोग, हात मिलाउन बन्देज, विदेशी वा विदेशबाट भरखर नेपाल आएका स्वदेशीहरूलाई क्वारेण्टेन नगरीकन नजिक बस्ने वा हात मिलाउने वा नजिकबाट बोल्ने गर्नु हँुदैन ।

१. नियमित रूपमा साबुन पानीले हात धुने,
२. सङ्क्रमित भएका वा नभएका व्यक्तिस“ग बोलचाल गर्दा कम्तीमा १मिटरको दूरी कायम गर्ने
३. कसैको आ“खा, नाक र मुख स्पर्श नगर्ने ताकी आफ्नो हातमा भाइरस नआओस्, लगायतका कुराहरूमा ख्याल गरौं र गर्मी मौसम बढ्दै जाने भएकाले यो नोबल कोरोना (कोभिड १९) भाइरस हराएर जाने कुराको आशा गरौं ।

Related Posts

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
ताजा समाचार

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य

स्वास्थ्य बीमा आफैँ बिरामी

कर्णालीमा कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

५ देखि ११ वर्षभित्रका बालबालिकालाई कोरोनाविरुद्ध खोप

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि
स्वास्थ्य

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

२६ फाल्गुन २०७६, सोमबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२६ फाल्गुन २०७६, सोमबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

२६ फाल्गुन २०७६, सोमबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

२६ फाल्गुन २०७६, सोमबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

२६ फाल्गुन २०७६, सोमबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२६ फाल्गुन २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.