सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

२ रुपियाँमा एक कप पानी ! काठमाडौंमा स्वचालित वाटर एटीएम राखिँदै

होस्ट खबर by होस्ट खबर
२५ फाल्गुन २०७६, आईतवार
214
SHARES
330
VIEWS
FacebookTwitter
२ रुपियाँमा एक कप पानी ! काठमाडौंमा स्वचालित वाटर एटीएम राखिँदै

काठमाडौं : राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ। राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो। अबको करिब एक महिनाभित्र ती सबै स्थानमा वाटर एटीएम जडान भइसक्ने काठमाडौं महानगरपालिका शहरी योजना आयोगले जनाएको छ।

बोर्डले शंखपार्क, स्वयम्भू भगवान्पाउस्थित भुइँखेल, बालाजुपार्क, रत्नपार्क र मीनभवनस्थित ट्रलीबस भवन परिसर एवम् पुष्पलाल पार्कमा स्वचालित वाटर एटीएम स्थापना गर्न लागेको हो। आयोगका सचिवालय प्रमुख इन्जिनियर रवीनमान श्रेष्ठले बोर्डसँग सम्झौता भइसकेकाले एक महिनाभित्र एटीएम जडान हुने बताउँदै भन्नुभयो– ‘सबै प्रक्रिया पूरा भइसकेकाले अब जडान शुरू हुन्छ।’

२ सय मिलिलिटर कपमा प्रतिकप दुई रुपियाँ लिने व्यवस्था भएको एटीएममा रकम सटही गर्नेसमेतको प्रविधि जडान गरिएको छ। दुई रुपियाँको क्वाइन नभएको अवस्थामा एटीएम मेसिनमा नोट छिराएपछि दुई रुपियाँ काटेर एटीएमबाट रकम फिर्ता लिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले नगन्य मात्रामा क्वाइन निकाल्न थालेपछि अहिले दुई रुपियाँको क्वाइन अभाव रहेको छ।

‘तर नोट छिराएपछि दुई रुपियाँ काटेर पानी आउने नयाँ प्रविधि जडित एटीएम राख्न लागेका हौं।’ –श्रेष्ठले भन्नुभयो।

कामपा र बोर्डबीच भएको सम्झौताका तीन वर्षसम्म मेसिन जडान गरी सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा बोर्डले लिएको छ। बोर्डले जडान गरेको सो एटीएमबाट रकमअनुसार पानी लिन मिल्नेसमेत व्यवस्था गरिएको छ।

बोर्डले मेसिनको लागत, जडान र तीन वर्षसम्मको व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ। सम्झौतापछि बोर्डले मेसिन जडान गर्ने तयारी गरेको हो।
विशेष गरी पार्क र विभिन्न स्थान घुम्ने बटुवालाई मध्यनजर गरी महानगरको आयोगको समन्वयमा एटीएम जडान गर्न लागिएको श्रेष्ठको भनाइ छ। यसअघि ललितपुर महानगरपालिकाको परिसरमा जडान गरिएको एटीएममा दुई रुपियाँ क्वाइन नभएकाले सो मेसिन पूर्णरूपमा प्रचलनमा आउनसकेको छैन।

बोर्डले चालु आवमा उपत्यकामा करिब १५ वटा मेसिन जडान गर्ने योजनाअनुसार ललितपुर महानगरपालिकाका एक र कामपाको विभिन्न स्थानमा ६ गरी सातवटा मेसिन जडान गर्ने योजना बनाएको छ। जनतालाई स्वच्छ पानी खुवाउने आधारभूत अधिकारलाई मध्यनजर गर्दै उपत्यकामा स्वचालित एटीएम मेसिन जडान गर्न लागिएको कामपाको भनाइ छ।

सम्झौतामा मेसिन जडानपछि सो विषयमा जानकारी दिन कामपाले एकजना फोकस व्यक्ति छनोटसहित स्थान, सुरक्षा बिजुली र अन्य उपकरण उपलब्ध गराउनेछ।

पत्रकार ईश्वरराज ढकालले आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार लेखेका छन् ।

Related Posts

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन
ताजा समाचार

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि पुनः निर्वाचित

टिमलाई एकढिक्का बनाएर अगाडि बढ्न् नेताहरूको सुझाव
ताजा समाचार

संसदीय समिति छल्दै प्रधानमन्त्री

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

सरकारसँग राष्ट्रपति असन्तुष्ट

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय
ताजा समाचार

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

२५ फाल्गुन २०७६, आईतवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

२५ फाल्गुन २०७६, आईतवार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

२५ फाल्गुन २०७६, आईतवार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

२५ फाल्गुन २०७६, आईतवार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

२५ फाल्गुन २०७६, आईतवार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

२५ फाल्गुन २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.