सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नारदमुनि थुलुङको सम्झना

होस्ट खबर by होस्ट खबर
२४ फाल्गुन २०७६, शनिबार
198
SHARES
347
VIEWS
FacebookTwitter
नारदमुनि थुलुङको सम्झना

नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हामीलाई स्कुलमाथिको बाटोमै निकालेर द्‍याट इज अ फरेस्ट, द्‍याट इज अ हिल भन्दै अंग्रेजी सिकाउँथे ।

प्रजातान्त्रिक योद्धा नारदमुनि थुलुङले भोजपुर बजारमा पहिलोपल्ट प्राइमरी स्कुल खोले, ४ वैशाख ००४ मा । शिक्षाबाटै क्रान्ति चेत उघार्न सकिने संकल्पसहित नारदमुनिले खोलेको उक्त स्कुलमा उनकी छोरी ललिता थुलुङ, विश्व प्रधान, रुद्र प्रधान, मलगायत यस्तै ५० जनाजति पढ्थ्यौँ ।

उबेला भोजपुर दिङ्लामा मात्र संस्कृत पाठशाला थियो । भोजपुर बजारमा खोलिएको स्कुलमा हामीले अंग्रेजी पनि पढ्न थाल्यौँ । स्कुलको छेउमा भन्ज्याङपाटी थियो । हामी साबुनको बाकसलाई टेबल बनाएर बस्थ्यौँ । अंग्रेजी पाठ्यक्रम नहुँदा कापीमै ए, बी, सी, डी लेखेर पढ्थ्यौँ र परीक्षा पनि त्यसैअनुसार हुन्थ्यो । पछि मात्र अंग्रेजी किताब छापिन थालेका हुन् ।

त्यसबखतको पढाइमा सोध्ने अनि जान्‍नेले नजान्‍ने लाई गालामा चड्काउने चलन हुन्थ्यो । म बढी जान्ने हुँदा धेरैजसोलाई गालामा चड्काएँ पनि । म पढाइमा अब्बल हुँदा कतिपय विद्यार्थी हाम्रो घरमा अंग्रेजी सिक्न आउँथे । म आफ्नै घरको पालीमा मैनबत्ती बालेर अंग्रेजी सिकाउँथेँ ।

अंग्रेजी नारदमुनि स्वयंले पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हामीलाई स्कुलमाथिको बाटोमै निकालेर द्‍याट इज अ फरेस्ट, द्‍याट इज अ हिल भन्दै अंग्रेजी सिकाउँथे ।

स्कुलमा प्रत्येक बिहीबार सरस्वती पूजा हुन्थ्यो । उक्त पूजामा चढाउन ल्याएको सीदा हामीले नारदमुनिको घरमै दिन्थ्यौँ । स्कुलका हेडमास्टर पनि नारदमुनि नै थिए । सुरुमा ३ जना शिक्षकबाट पढाइ सुरु भएको उक्त स्कुलमा विद्यार्थी बढ्दै जाँदा अरु पनि थपिए ।
त्यसबेला शिक्षा विभागका डाइरेक्टर जनरल मृगेन्द्रशमशेर जबरा थिए । स्कुलको स्वीकृतिका लागि भोजपुरबाटै जाहेरी पठाए, नारदमुनिले । जाहेरीले काम नदिएपछि आफैँ काठमाडौँ आए ।

काठमाडौँमा राजारराणाका नाममा खोलिएका जुद्धोदय, पद्‍मोदय, त्रिचन्द्रलगायत स्कुल–कलेज देखेपछि नारदमुनिलाई आइडिया फुरेछ, आफूले स्थापना गरेको स्कुलको नाम जुराउने । नारदमुनिले अन्तिम स्वीकृतिका लागि उक्त स्कुलको न्वारान गरिदिए, उदय मिडिल स्कुल । यो नाममा राणा, राजा कोही पनि जोडिएका थिएनन् । कहिल्यै अस्त नहुने र निरन्तर चलिरहोस् भन्ने चाहनाकै कारण स्कुलको नाम उदय जुराएको हामीसँग बताउँथे, नारदमुनि ।

सुरुमा पल्टने साथी, भोजपुर बजारका स्थानीयको चन्दा र मुठीदानले स्कुल चलेको थियो । राणा सरकारले स्वीकृति दिएपछि उदय स्कुलले वार्षिक ६र६ सय रुपैयाँसम्म सहायता पाउन थाल्यो । स्वीकृति पाएसँगै नारदमुनिले गणेशबहादुर रोका, तुलसीप्रसाद घिमिरे र जयप्रकाशलाई पनि उक्त स्कुलमा पढाउन लगे ।

त्यसबेला नेपाली समाजमा चेतनाको स्तर न्यून र शोषण व्याप्त थियो । राजनीति शब्द उच्चारण गर्नु पनि बागी काम हुन्थ्यो । नारदमुनि ब्रिटिस सेनामै रहँदा नेपाल सरकारलाई गोर्खा भर्ती दिएबापत बेलायतले देश विकासका लागि पौने चार करोड र लडाइँबाट फर्किआएका भूतपूर्व सैनिकका छोराछोरी पढाउन ५४ लाख भारु दिँदो रहेछ ।

विकासका लागि नेपाललाई दिएको सहायता त राणा शासकको ढुकुटीमा जम्मा हुन्थ्यो तर फौजीका सन्तानका लागि उपलब्ध सहयोगको पनि हिसाबकिताब हुन्थेन । ब्रिटिस सेनाबाट अवकाशपछि आफ्नो जन्मथलो छिनामखु नौले गाउँ छाडेर नारदमुनि २००३ मा भोजपुर बजार झरे । भोजपुर बजार झर्नुको उद्देश्यचाहिँ जनताका छोराछोरीलाई शिक्षा दिन स्कुल खोल्नु रहेको बताउँथे । स्कुलमा अंग्रेजी पढाइ हुन थालेपछि गाई खाने विद्या ल्यायो, दुनियाँका छोराछोरी बिगार्‍यो, कामी, दमाईजस्ता कथित तल्लो जातका छोराछोरीलाई पनि एकैसाथ राखी पढाउन थाल्यो भन्दै नारदमुनि विरोधीले काठमाडौँसम्म उजुरीसमेत पठाए ।

उदय स्कुलमा ६ कक्षा पास गरेपछि म थप अध्ययनार्थ मोरङ झरेँ । मोरङमा ८ कक्षा पास गरेपछि भोजपुर टक्सारको विद्याधरी र उदय मिडिल स्कुलमा म मास्टरसमेत भएँ ।

प्रस्तुति : गोकुल अर्याल/ साभार : कान्तिपुरको नेपाल पत्रिकाबाट

Related Posts

सहिद पार्कमा विशेष कविता बाचन
साहित्त्य/कला

सहिद पार्कमा विशेष कविता बाचन

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली
ताजा समाचार

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

कर्णाली साहित्य समाजद्धारा मोक्षभूमि माथि शिंजा सम्वाद कार्यक्रम सम्पन्न
भर्खर

कर्णाली साहित्य समाजद्धारा मोक्षभूमि माथि शिंजा सम्वाद कार्यक्रम सम्पन्न

कर्णाली साहित्य समाजको अध्यक्षमा पुनः खगेन्द्र अधिकारी चयन
ताजा समाचार

कर्णाली साहित्य समाजको अध्यक्षमा पुनः खगेन्द्र अधिकारी चयन

कर्णाली साहित्य समाजद्धारा कर्णालीकै ठूलो राशीको कृति पुरस्कार ‘जियरा’ लाई प्रदान गर्ने
ताजा समाचार

कर्णाली साहित्य समाजद्धारा कर्णालीकै ठूलो राशीको कृति पुरस्कार ‘जियरा’ लाई प्रदान गर्ने

मदन पुरस्कार विजेता लेखक तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन
मनाेरञ्जन

मदन पुरस्कार विजेता लेखक तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

२४ फाल्गुन २०७६, शनिबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

२४ फाल्गुन २०७६, शनिबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

२४ फाल्गुन २०७६, शनिबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

२४ फाल्गुन २०७६, शनिबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

२४ फाल्गुन २०७६, शनिबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

२४ फाल्गुन २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.