मेष
चु चे चो ला लि लु ले लो अ
स्वास्थ्यमा समस्या देखिएला। काममा उत्साह बढ्नुका साथै सफलता हात लाग्नेछ। दाजुभाइको सहयोगले थालिएका कार्य सफल हुनेछन्। अध्ययन–अध्यापनमा रुचि बढ्ने तथा अपेक्षाकृत लाभ मिल्नेछ। व्यापार–व्यवसाय लाभदायक रहनेछ। पारिवारिक सम्बन्ध सुखमय रहनेछ। धनार्जनका नयाँ स्रोत फेला पर्नेछन्। शत्रु मित्र बनेर सहयोगी बन्लान्।
कुम्भ
गू गे गो सा सी सु से सो द
आफन्तको सहयोगले अधुरा काम सुचारु हुनेछन्। दाम्पत्य जीवनमा प्रेम बढ्नेछ। शारीरिक परिश्रम बढ्नेछ। विशिष्ट व्यक्तिको संगत गरिएला। सभा–सम्मेलनमा सहभागी हुने अवसर पाइनेछ। सामाजिक पद–प्रतिष्ठा बढ्नेछ। सामाजिक कार्यमा मन लाग्नेछ। धनक्षति बेहोर्नुपर्ला। अध्ययन–अध्यापनमा सुधार आउनेछ। स्वास्थ्य सामान्य रहनेछ।
बृष
इ उ ए ओ वा वी वु वे वो
रोकिएको काम आफन्तको सहयोगले सुचारु हुनेछ। सामूहिक कार्यमा मन जानेछ। यो साता विश्वासिला साथी बन्न सक्छन्। सामाजिक पद–प्रतिष्ठा वृद्धि हुनेछ। कृषि कार्यबाट लाभ मिल्नेछ। व्यापार–व्यवसायबाट फाइदा हुनेछ। अध्ययन–अध्यापनमा सफलता हात लाग्ला। साताको मध्य र अन्त्यमा मानसिक थकान बढ्न सक्छ।
कर्कट
ही हु हे हो डा डि डु डे डो
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। शिर तथा दायाँ अंगको पीडा बढ्न सक्छ। लामो यात्राको लागि परामर्श गरिएला। पारिवारिक समन्वयको अभावमा अनावश्यक वादविवाद उत्पन्न हुन सक्छ। रोजगारीको नयाँ अवसर पाइनेछ। दैनिक कार्यमा व्यस्तता बढ्नेछ। अध्ययन–अध्यापनमा मन लाग्नेछैन। प्रेमी–प्रेमिकाबीच घनिष्टता बढ्ला। चञ्चलता बढ्नेछ।
मिथुन
का कि कु घ ङ छ के को हा
मंगल कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आफन्तसँगको भेटले खुशी बनाउला। अध्ययन–अध्यापन तथा स्वास्थ्यमा सुधार आउनेछ। शारीरिक सौन्दर्य वृद्धि हुनेछ। मानसिक थकान बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सन्तानको सहयोग मिल्नेछ। दैनिक कार्यमा ढिलासुस्ती हुनेछ। आयआर्जनमा सन्तुष्टि मिल्नेछैन। बोलीको प्रभाव बढ्नेछ।
कन्या
टो प पी पु ष ण ठ पे मो
दैनिक कार्यमा त्यति मन लाग्ने देखिँदैन। अध्ययन–अध्यापन सामान्य रहनेछ। राजनीतिक कार्यमा आलोचना बढ्न सक्छ। पारिवारिक सद्भाव बढ्नेछ। पति–पत्नीबीच सम्बन्ध सुमधुर रहला। उपचारमा खर्च बढ्नेछ। व्यापार–व्यवसाय सामान्य रहनेछ। आयका नयाँ स्रोत फेला पर्लान्। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
सिंह
मा मि मू मे मो टा टी टु टे
अध्ययन–अध्यापनमा प्रगति हुनेछ। साहित्यमा लेखनमा रुचि बढ्नेछ। लामो यात्राको योजना बन्ला। व्यापारबाट सामान्य लाभ पाइनेछ। दैनिक कार्यमा व्यस्तता बढ्ने देखिन्छ। स्वास्थ्य गडबड रहन सक्छ। मंगल कार्यमा सहभागी भइनेछ। अचल सम्पत्तिमा विवाद आउन सक्छ। जग्गाजमिनको कारोबारमा खासै लाभ देखिँदैन।
बृश्चिक
तो ना नी नू ने नो या यि यु
अध्ययन–अध्यापनमा सोचेअनुसार प्रगति नहोला। राजनीतिक तथा न्यायिक कार्यमा उल्झन यथावत् रहनेछ। अचल सम्पत्तिको कारोबार बढ्नेछ। शत्रु पक्षबाट आरोपित हुनुपर्ने देखिन्छ। दैनिक खर्च बढ्ला। आयआर्जन सामान्य रहला। अनावश्यक वादविवादले गर्दा तनाव रहला। वैदेशिक यात्राको योग छ। दुर्लभ वस्तुको प्राप्तिले मन प्रसन्न रहला।
तुला
र री रु रे रो ता ती तू ते
सामाजिक कार्यमा मान–सम्मान पाइनेछ। अध्ययन–अध्यापन सन्तोषजनक रहनेछ। पारिवारिक सद्भाव बढ्नेछ। आत्मविश्वासले दैनिक कार्यमा आंशिक समस्या देखापर्नेछ। प्रेमी–प्रेमिकाबीच घनिष्टता बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। भूमि, वाहन र अचल सम्पत्तिको व्यापारमा लाभ हुने देखिन्छ। आफन्तको सहयोग पाइएला। जागिरमा पदोन्नति हुनेछ।
मकर
जो जा जी खी खू खे खो गा गी
स्वास्थ्यमा सुधार आउनेछ। शत्रु सबल हुनेछन्। पारिवारिक मेलमिलाप बढ्नेछ। प्रेमी–प्रेमिकाबीच प्रेम बढ्ला। साझेदारी कामबाट लाभ पाइएला। अध्ययन–अध्यापनमा सुधार आउनेछ। साताको अन्त्यमा स्वास्थ्यमा आंशिक समस्या देखापर्न सक्छ । पारिवारिक सद्भाव बढ्नुका साथै मन उत्साहित रहनेछ। वैदेशिक यात्राको योग रहेको छ।
धनु
ये यो भा भि भु धा फा ढा भे
मंगल कार्यमा सहभागी भइनेछ। पारिवारिक कलह बढ्न सक्छ, सावधान रहनुहोला। प्राविधिक कार्यमा सफलता मिल्ने देखिन्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला। यात्रा हुन सक्छ। साताको मध्य र अन्त्यमा आयआर्जनमा खासै प्रगति देखिँदैन। आफन्तसँग मनमुटावको स्थिति रहला। व्यापार–व्यवसाय सामान्य रहनेछ। शत्रु बढ्न सक्छन्।
मीन
दि दू थ भ ञ दे दो चा ची
महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। राजनीतिक कार्यमा असफलता हात लाग्ला। कृषिकार्यबाट लाभ मिल्नेछ। न्यायसम्बन्धी कार्यमा रहेको अल्झन सुल्झिनेछ। शैक्षिक क्षेत्रको लगानीबाट प्रशस्त लाभ मिल्नेछ। खर्चिलो योजना बन्नेछ। पारिवारिक सम्बन्धमा मधुरता आउनेछ। खानपिनले स्वास्थ्य गडबड रहन सक्छ। दाम्पत्य जीवन सुखमय रहला।