काठमाडौं : पश्चिमी वायु र बंगालको खाडीबाट आएको जलवाष्फयुक्त हावाका कारण नेपालको मौसममा बदली भई बर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार यो भोलि (शनिबार) सम्म नै जारी रहने देखिन्छ।
वर्षा, हावाहुरी, चट्याङ र असिनपानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार आगामी आइतबारसम्मको मौसम पूर्वानुमान यस्तो छ
फागुन २३ गते शुक्रबार
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भूभागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू९भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पुर्वी भू९भागमा आंसिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
फागुन २४ गते शनिबार
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।
फागुन २५ गते आइतबार
दिउँसोः देशको पुर्वी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेनेछ। पूर्वी पहाडी भूभागका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी पहाडी भूभागमा आंसिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।