सल्यान : सल्यानको बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले लाहाघाट हुदै राइरा सम्म पुग्ने सडकको उद्घाटन गरेका छन् ।
बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ बामेको लाहाघाट र राइरामा पहिलो पटक गाडि पुगेको हो ।
साविक बामेको राइरा वडा १ र वडा २ लाहाघाटमा सडक पुगेको थिएन । सडक नहुदा नगरको केन्द्र सल्लिवजार सम्म आवतजावतमा समस्या रहेको थियो ।
२ नम्बर वडाको केन्द्र देखि ४६ लाख लागतमा नगर र वडाको साझेदारीको वजेटमा सडक निर्माण सम्पन्न भएको हो । स्थानीय चुनावमा सडक र्पुयाउने वाचा अनुसार सडक निर्माण गरिएको बताइएको छ । सडक उद्घाटन गर्दै नगर प्रमुख पुनले सडक स्तरवृद्धि, सिचाइ कुला, झोलुगें पुल, यहि आर्थिक वर्षमा जाजरकोट भुभाग भए पनि विद्युतिकरण गरिसक्ने बताए ।
यस्तै उनले मोटरवेल पुलको लागि पहल भैरहेको तथा राइरा र लाहाघाटको विच केन्द्रमा स्वास्थ्य इकाई समेत स्थापना गरिने जानकारी दिए । आफ्नो कार्यकालमा वोलेका वाचा पूरा हुने उनले बताए ।