शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अधिकारको हिस्सा कर्णालीमैं केन्द्रित छ, जवाफ पनि यहीँ छ : वनमन्त्री बस्नेत

होस्ट खबर by होस्ट खबर
१९ फाल्गुन २०७६, सोमबार
197
SHARES
372
VIEWS
FacebookTwitter
अधिकारको हिस्सा कर्णालीमैं केन्द्रित छ, जवाफ पनि यहीँ छ : वनमन्त्री बस्नेत

सुर्खेत : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वर्तमान सङ्घीय राज्य व्यवस्थाका कारण कर्णालीले प्रश्नमात्र नभई जवाफ पनि दिनुपर्ने बेला आएको बताएका छन् ।
‘कर्णाली उत्सव’को आज बुलबुले उद्यानमा उद्घाटन गर्दै उनले विगतमा सिंहदरबारलाई प्रश्न मात्र गर्ने कर्णाली अब आफैले जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको बताए ।

“सुर्खेतबाट व्यवस्थापन हुने गरी प्रदेश सरकार सञ्चालन भइरहेको छ, गाउँ–गाउँमा स्थानीय सरकारहरु छन्, बजेट र अधिकारको ठूलो हिस्सा कर्णालीमै केन्द्रीत छ,” उनले भने, “अब कर्णालीले सिंहदरबारलाई प्रश्न, गुनासोमात्र होइन, स्वयंले जनतालाई जवाफ दिनुपर्ने बेला पनि आएको छ ।” प्रदेश र स्थानीय सरकारले कर्णालीका सम्भावनालाई सदुपयोग गरेर विकास र समृद्धिको यात्रा थालनी गर्नुपर्ने विचार व्यक्त गरे ।

मन्त्री बस्नेतले सिंहदरबारलाई प्रश्नसंगै कर्णालीले यहाँका कतिपय सवालहरुको जवाफ दिने हैसियत कायम राखेको बताए ।
नेपाल एकिकरणपछि राज्यव्यवस्थामा कर्णाली सबल प्रतिपक्षी र सबल संस्थापन पक्ष बन्न नसक्दा विकासमा पछाडि परेको उनको तर्क थियो ।

इतिहासमा कर्णाली सधैं कुण्ठित रहेपनि वर्तमानमा भने राज्यको संस्थापन पक्षमा कर्णालीको पहुँच बढ्दै गएको दाबी गरे । “कर्णालीले सिंहदरबारमा ‘स्पेश’ पाउन थालेको छ, परिवर्तनमा कर्णालीबासीको त्याग, सर्मपणकै कारण केन्द्रीय राजनीतिमा आफ्नो पहुँच विस्तार गर्दै लगेको अवस्था छ,” मन्त्री बस्नेतले भने ।

कर्णालीले विकास र समृद्धिको आकार लिन थालेको भन्दै उनले कतिपय ठूला विकासमा आयोजनाहरु सञ्चालन हुनु, कतिपय सञ्चालनको तयारीमा रहेको जानकारी दिए । यद्यपि, विकासको मोडल, आयोजनाको प्राथमिकीकरणमा भने सोच्नुपर्ने बेला आएको बताए ।
‘कुडा कर्णाली’ मुख्य नारासहित सञ्चालित बहस कार्यक्रमको शुभारम्भमा कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘कर्णाली चिनौं’ शीर्षकमा विद्धत प्रर्वचन दिएका थिए । उनले रोग, भोक र अभावको पर्यायका रुपमा चित्रित तर प्रचुर सम्भावनायुक्त प्रदेश भएको बताए । “यहाँका जङ्गलमा हरियो डलर कुहिरहेको छ, कर्णाली, भेरी, राप्ती र तिला जस्ता नदीमा डलर बगिरहेको छ,” उनले भने, “रारा र फोक्सुण्डो जस्ता प्रकृतिका अतुल्य उपहारको पिँधमा डलर थेग्रिएको छ, यसमा राज्यले ध्यान दिन सकेको छैन ।”

कर्णालीको गर्भमा रहेका असीमित सम्भावनालाई पूर्ण उपयोग गर्ने हो भने कर्णाली नेपालको स्विट्जरल्याण्डमा अनुवाद हुने निश्चित भएको मन्त्री भण्डारीको भनाई थियो । उनले भने, “विकासका प्रतिफलहरुको न्यायोचित वितरण हुने समाजवादी विकास मोडल चाहिएको छ, हरेकलाई प्रतिभा विकासको समान अवसर दिने राज्य व्यवस्था हाम्रो आवश्यकता हो ।”

सरकारका तीन तह, बगाउन्या कर्णालीका बह
ऋति फाउन्डेसनले संयोजन गरेको उत्सवमा पहिलो सत्र ‘सरकारका तीन तह बगाउन्या, कर्णालीका बह’ शीर्षकमा सङ्घ, प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्धबारे बहस भएको थियो । लेखक/पत्रकार सरोजराज अधिकारीले सञ्चालन गरेको बहसमा सङ्घीय सरकारका तर्फबाट वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र स्थानीय सरकारका तर्फबाट चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवाल सहभागी थिए ।

बहसमा मन्त्री बस्नेतले नेपालको सङ्घीयताले स्वायत्तता, समन्वय र सहकार्यलाई जोड दिएको बताए । सङ्घीयता नेपालको सन्दर्भमा नौलो अभ्यास भएकाले सिक्दै जाने क्रममा केही त्रुटी, अलमल भए सच्चिने धारणा राख्नुभयो । प्रदेश सरकारका मन्त्री ज्वालाले सङ्घीयताको मर्म अनुसार सङ्घ सरकार नचलेको आरोप लगाए । चन्दननाथका नगर प्रमुख सेजुुवालले प्रदेश सरकारले स्थानीय तहसंग समन्वय गर्न नसकेको बताइन् ।

Related Posts

न्याय सेवा आयोगको बैठक सुरू
ताजा समाचार

न्यायाधीशमा २७७ को आवेदन

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २७ गते शुक्रबार, आजको राशिफल

एलपी ग्यास सिलिन्डरको मूल्य तोकियो
जीवन शैली

ग्यास आयात दोब्बर, प्रयोग घटाउने नीति असफल

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २६ गते बुधबार, आजको राशिफल

खानेपानी कार्यालय दैलेखका निमित्त प्रमुख सहित ४ जना कार्य स्थलबाटै अख्तियारको नियन्त्रणमा
ताजा समाचार

अख्तियारमा कर्णालीका एक हजार बढी उजुरी

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

१९ फाल्गुन २०७६, सोमबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

१९ फाल्गुन २०७६, सोमबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

१९ फाल्गुन २०७६, सोमबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

१९ फाल्गुन २०७६, सोमबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

१९ फाल्गुन २०७६, सोमबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

१९ फाल्गुन २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.