सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थापित मोडेल कलेज १० औं बर्षमा प्रवेश गरेको छ । नीजि स्तरबाट सञ्चालित र स्थापित मोडेल कलेजले आइतबार आप्mनो ९ औं बार्षिक उत्सव तथा स्थापना दिवस मनाएको हो ।
नीजि स्तरबाट वि.सं. २०६७ सालमा कर्णाली प्रदेशमा सञ्चालित पहिलो तथा धेरै विद्यार्थीको रोजाई रहेको दावी गर्ने कलेजले व्यवस्थापपन सङ्कायमा बर्चस्व कायम गरेको आप्mनो बार्षिक प्रगती प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको कलेजले विविएस, विआइएम, विएचएम र प्लस टु का कार्यक्रमहरु सञ्चालन गरी लोकपृयता हाँसिल गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । बार्षिकोत्सवमा बोल्दै क्याम्पस प्रमुख गणेश आचार्यले कलेजमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका १ हजार २ सय विद्यार्थी अध्यन गरिरहेको बताए ।
वि.आई.एम तर्पm वि.सं. २०७६ सालको नतिजामा कलेजले नेपालभरबाट नवौं स्थान र छात्र दिनेश चौधरीले प्रदेश नम्वर ५, कर्णाली र सुदुरपश्चिम मैं प्रथम स्थान हाँसिल गरेको उनको भनाई थियो ।
बार्षिकोत्सवमा आर्थिक प्रतिवेदन, विभिन्न विषयमा उत्कृष्ट हुने छात्र छात्रालाई पुरस्कार वितरणका साथै साँस्कृतिक प्रस्तुतीहरु राखिएको थियो ।
कलेजले अनुसन्धानमूलक गतिविधीलाई प्राथमिकता दिएको क्याम्पस प्रमुख आचार्यको दावी छ । बार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथी कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सभापति एवं सञ्चालक समितिका अध्यक्ष परशुराम खड्का, विशेष अतिथी तथा कर्णाली सभाका उपसभामुख पुष्पा घर्ति लगायतले शिक्षा क्षेत्रमा कलेजको योगदानको चर्चा गरेका थिए ।