काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुने भएको छ ।
उनको पहिलो पटक २०६३ सालमा प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो ।
यसअघि उनको मृगौला प्रत्यारोपण विदेशमा गर्ने सल्लाह भइरहेपनि त्रिवि टिचिङ अस्पतालमै उनको मृगौला प्रत्यारोपण गरिने नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।