अछाम : पन्चदेवल विनायक नगरपालिका २ का वडा अध्यक्ष पदम बहादुर धामीको हत्यारा पत्ता लगाउन दवाव दिनका लागी सर्वदलिय भेला सम्पन्न भएको छ ।
नेपाली कांग्रेस पन्चदेवल विनायक नगरकार्य समितीका सभापति खेमराज अधिकारीको अध्यक्षतामा भएको भेलामा सहभागिहरुले घटनाको छानविन प्रक्रियामा ढिलाई भएको भन्दै दबादका कार्यक्रम अगाडी बढाउनुपर्ने बताएका थिए ।
भेलाले स्व। पदम बहादुर धामीको हत्यारा पत्ता लगाउन सरोकारलालाई दबाब दिन नेपाली काँग्रेस पन्चदेवल विनायक नगरकार्य समितिका सभापति खेमराज अधिकारीको सँयोजकत्वमा २५ सदस्यीय संघर्स समिति समेत समेत गठन गरेको छ ।
यसैविच संघर्स समितिको बैठकले फाल्गुन २३ गते पन्चदेवल विनायक नगरपालिकामा आम हड्ताल गर्ने र फाल्गुन २५ गते थप आन्दोलनका कार्यक्रम तय गर्ने लगायतका निर्णय गरेको छ ।
आम हड्तालमा पन्चदेवल विनायक नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय , यातायात सम्पूर्ण बन्द गर्ने समेत संघर्स समितीले जानकारी दिएको छ ।