सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सवैभन्दा धेरै मिटु राजनीतिमा छ

होस्ट खबर by होस्ट खबर
१७ फाल्गुन २०७६, शनिबार
214
SHARES
335
VIEWS
FacebookTwitter
सवैभन्दा धेरै मिटु राजनीतिमा छ

मलाई कसैले आएर ममाथि यौनहिंसा भयो अथवा म मिटूको सिकार भएँ भनेर सुनाएको छैन । फेरि यहाँ पुरुषले मात्र महिलालाई शोषण गरेका छैनन्, महिलाहरूले पनि पुरुषहरूलाई माथि पुग्न भर्‍याङ बनाइरहेका हुन्छन् ।

चलचित्र क्षेत्रमा महिला कलाकारहरूमाथि दुव्र्यवहारको अवस्था कस्तो छ ?

महिलाहरूमाथि शोषण नभएको कुनै क्षेत्र छैन होला । चलचित्र क्षेत्रमा पनि कुनै न कुनै रूपमा महिलाहरू शोषित हुनुभएको होला । तर, राम्रो पृष्ठभूमि बनाएर, फाइटर शैलीमा आउने हो भने तपाईंलाई कसैले केही गर्न सक्दैन । आफैं कमजोर हुनुभयो भने जो–कोहीले शोषण गर्न खोज्छ । त्यस्तो शोषणबाट बच्न आफैं बलियो हुनुपर्‍यो, शिक्षित हुनुपर्‍यो ।

क्षमता नभएर पो महिला कलाकारहरू शोषित हुन्छन् भन्न खोज्नुभएको हो ?

क्षमता नभएका महिला मात्र होइन, पुरुष कलाकारहरू पनि शोषित भइरहेको पाएकी छु । क्षमतावान् महिला कलाकारहरूलाई कसैको दबाब, शोषण खेप्नु पर्दैन । शोषण हरेक ठाउँमा छ, तर सबैभन्दा तल्लो लेभलको कुरा मात्र सार्वजनिक हुन्छ । प्रतिष्ठित व्यक्तिहरूको जीवनमा त्यस्ता घटना अझ बढी घटिरहेका होलान्, तर चुप लागिन्छ । गुपचुपमा समाधान गरिन्छ । बाहिर आउने कुरा भनेको त सानो वर्गको मात्र हो ।

चलचित्र क्षेत्रमा मिटूका केही मुद्दा त बाहिरिए नि ?

खै, मैले त्यस्तो सुनेकी छैन । मलाई कसैले आएर ममाथि यौनहिंसा भयो अथवा म मिटूको सिकार भएँ भनेर सुनाएको छैन । फेरि यहाँ पुरुषले मात्र महिलालाई शोषण गरेका छैनन्, महिलाहरूले पनि पुरुषहरूलाई माथि पुग्न भर्‍याङ बनाइरहेका हुन्छन् । भर्‍याङ चढेर माथि पुग्नेबित्तिकै त्यो भर्‍याङलाई नै बिर्सने परिपाटी छ । चित्त बुझेन भने अथवा आफ्नो उद्देश्य पूरा हुनेबित्तिकै महिलाले पुरुषहरूलाई लत्याएका घटना पनि छन् । कति पुरुषहरू त्यसरी टुटेका होलान्, फुटेका होलान् । उनीहरूको वेदनाचाहिँ कसले सुनिदिने रु

चलचित्रमा पुरुष पीडित छन् भन्नुभयो, कसरी ?

हो, मैले त महिला होइन पुरुषमाथि हिंसा भएका सुनेकी छु । महिला कलाकारहरूले पुरुष कलाकारलाई माथि उक्लने भर्‍याङ बनाएर शोषण गरेको सुनेकी छु । कतिपय पुरुष निर्माता अभिनेत्रीबाट शोषित भएको सुन्न पाइएको छ । विगतमा मैले पुरुषहरूका लागि आवाज उठाएकै हो ।

चलचित्र क्षेत्रमा महिलाहरू पीडित छैनन् त ?

शोषणमा पर्दै परेका छैनन् भन्दिनँ । शोषणमा परेका छन् । त्यसलाई कसरी लिने भन्ने कुरा महत्त्वपूर्ण हो । यही क्षेत्रमा करियर बनाउन बाध्य भएर आफ्नो सौन्दर्यलाई प्रयोग गर्नुपर्ने अवस्था पनि छ । वास्तवमा यो गलत हो । यदि तपाईं सौन्दर्यको प्रयोग नगरी आफ्नो क्षमताले चलचित्र क्षेत्रमा टिक्न चाहनुहुन्छ भने आफूलाई सक्षम र सबै प्रकारले योग्य बनाउनुपर्छ । त्यसपछि तपाईंलाई कसैले छुने हिम्मत समेत गर्दैन । चलचित्र पनि समाजकै अंग हो । मैले सबै महिला कलाकारहरू हरेक तरिकाले सुरक्षित छन् नै भन्न खोजेको होइन । तर, उनीहरूमाथि शारीरिक शोषण भइरहेको छ भन्ने कुरा सुनेको भरमा विश्वास गर्ने कुरा पनि आएन । आँखैले देख्नुपर्‍यो नि । बाहिर चलेजस्तो पनि नहोला । चलचित्र क्षेत्रमा कोही न कोही कुनै न कुनै सम्बन्धमा गाँसिएका हुन्छन् । कसैकी श्रीमती, कसैकी दिदी, कसैकी साली अर्थात् कुनै न कुनै सम्बन्धमा बाँधिएका महिला कलाकारहरू छन् । आउट अफ द बक्स आउने महिला कलाकार कम भएकाले त्यस्तो धेरै समस्या नहोला ।

बलिउडमा मिटू अभियानले ठूलै रूप लियो, नेपालमा किन नउठेको होला ?

बलिउडमा भयो भन्दैमा नेपालमा पनि जबर्जस्ती मिटू अभियान हुनुपर्छ भन्ने कुरा सान्दर्भिक लाग्दैन । कसैको कसैसँग अफेयर थियो होला, कसैको ब्रेकअप भयो होला । ब्रेकअप भएपछि बोलौं न त बोलौं भनेर उकासेर हुने होइन । कसैलाई वास्तवमै त्यस्तो भएको छ भने बाहिर आएर बोल्न सक्नुपर्‍यो नि चलचित्र क्षेत्रका पुरुषहरू त्यति अमानवीय होलान्जस्तो त लाग्दैन । रिस उठेकै भरमा मिटू अभियान लगाइदिउँ न भन्ने कुरा हुँदैन होला नि । म त राजनीतिमा सबैभन्दा बढी मिटू देख्छु । राजनीतिक क्षेत्रमा शारीरिक, मानसिक र अन्य हिसाबले मिटू भइरहेको सुन्छु । नेपालमा मिटू अभियानलाई कडाइका साथ लागू गर्ने हो भने राजनीतिक क्षेत्रबाट त्यसको थालनी गर्नुपर्छ, अनि मात्र यो अभियानले सफलता पाउने छ ।

राजनीतिलाई नै किन आरोपित गर्नुभएको ?

राजनीतिमा लागेका पुरुषहरू र उच्च तहका नेताहरू परिवर्तन हुन जरुरी छ । राजनीतिका महिलाहरूले आफ्नो क्षमतामा विश्वास गर्न अनिवार्य छ । कसैकी श्रीमती, कसैकी छोरी, कसैकी बहिनी, कसैकी साली, कसैकी प्रेमिका भएर सत्तामा आउने क्रम रोकिनुपर्छ । यिनै कारणहरूले गर्दा त्यहाँ केही न केही गडबड देखिन्छ । त्यो त जनताले नै अनुभव गरिसकेका छन् । केही उदाहरण त भर्खरै मात्र पनि देखिएकै हो । नेताका कार्यकर्ताहरूलाई गएर सोध्नुहोस्, उनीहरूका स्वकीय सचिवहरूलाई सोध्नुहोस् । यस विषयमा उनीहरू बोल्छन् कि बोल्दैनन् रु महिला नेतृहरूका पनि पीए होलान्, बोल्छन् कि बोल्दैनन् रु म त भन्छु मिटू जताततै छ । केही अघि एक जना मुख्यमन्त्रीलाई नै मिटूको अभियोग लागेको होइन र रु खै के भयो रु रोशनी काण्डमा के भयो रु नेपालमा यस विषयमा कसैले पनि बोल्दैनन् । किनभने अभ्यास नै छैन । सबैलाई राम्री र चरित्रवान् देखिने भ्रम छ । भित्र खोक्रो भए पनि बाहिर सुन्दर बनेर देखाउनु छ । भ्रममा बाँच्ने र आत्मरतिमा बाँच्ने हाम्रो बानी छ । जबसम्म हामी आत्मरतिमा रमाइरहन्छौं, यो भइरहन्छ ।

रेखा थापा, अभिनेत्री

कान्तिपुर साप्ताहिकबाट

Related Posts

राजदूत पद बिक्रीमा छः डा. सुरेन्द्र केसी
अन्तरर्वार्ता

राजदूत पद बिक्रीमा छः डा. सुरेन्द्र केसी

नेकपाको ‘माइक्रोम्यानेजमेन्ट’ गर्दा कहाँ गयो चीन र ?
अन्तरर्वार्ता

नेकपाको ‘माइक्रोम्यानेजमेन्ट’ गर्दा कहाँ गयो चीन र ?

नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न चिनियाँ राजदूत खुमलटारमा
अन्तरर्वार्ता

नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न चिनियाँ राजदूत खुमलटारमा

प्रधानमन्त्री ओली पुगे शीतल निवास
अन्तरर्वार्ता

प्रधानमन्त्री ओली पुगे शीतल निवास

गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड
अन्तरर्वार्ता

ओली पक्षका सहभागी नभए पनि सचिवालय बैठक रोक्दैनौँः प्रचण्ड

ओलीले एक पद त्याग गर्नुपर्ने प्रचण्ड नेपाल पक्षको अडान
अन्तरर्वार्ता

ओलीले एक पद त्याग गर्नुपर्ने प्रचण्ड नेपाल पक्षको अडान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

१७ फाल्गुन २०७६, शनिबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

१७ फाल्गुन २०७६, शनिबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

१७ फाल्गुन २०७६, शनिबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

१७ फाल्गुन २०७६, शनिबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

१७ फाल्गुन २०७६, शनिबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

१७ फाल्गुन २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.