सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

तपाईंलाई कोसँग सेल्फी खिच्न मन छ?

होस्ट खबर by होस्ट खबर
१७ फाल्गुन २०७६, शनिबार
247
SHARES
324
VIEWS
FacebookTwitter
तपाईंलाई कोसँग सेल्फी खिच्न मन छ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सेल्फी खिच्न मन छ । किनभने पछिल्लो समय उहाँ निकै आलोचित हुनुभएको छ । आलोचित मानिससँग सेल्फी खिचेर फेसबुकमा हाल्दा मज्जा आउँछ ।
टंक तिमिल्सिना, गायक
आफ्नो स्वार्थभन्दा माथि उठेर देशको माया गर्ने नेता कुनै दिन आउनुभयो भने उहाँसँग सेल्फी खिच्छु । तर, अहिले सेल्फी वाला फ्रेम खाली छ ।

सुरक्षा पन्त, अभिनेत्री

गायिका विष्णु माझीसँग सेल्फी खिच्न मन छ । किनभने सार्वजनिक ठाउँमा उहाँको उपस्थिति दुर्लभ छ । साथै उहाँ मीठो स्वरकी धनी पनि हुनुहुन्छ ।

हेमन्त शर्मा, गायक

मलाई जिन्दगीमा एकपटक मात्र भए पनि कुलमान घिसिङसँग सेल्फी खिच्न मन छ, जसले अन्धकार नेपाललाई झिलिमिली बनाइदिएर देशलाई उज्यालो पारिदिए ।

धिताल चिरिच्याट्ट, हास्यकलाकार

एक्सन हिरो टोनी जासँग सेल्फी खिच्न मन छ । मलाई उहाँ एक्सन मनपर्छ ।

सविन श्रेष्ठ, अभिनेता

म सलमान खानको फ्यान हुँ । त्यसैले उहाँसँग सेल्फी खिच्न मन छ ।

सृष्टि खड्का, मोडल

मलाई मेरी आमासँग सेल्फी खिच्न मन छ, तर के गर्नु मेरो यो इच्छा सधैं अधुरै रहनेछ । किनभने मैले आमालाई गुमाइसकेकी छु ।

राधिका हमाल, गायिका

आजसम्म मैले आफ्नै त सेल्फी खिचेको छैन, अब कोसँग खिच्न मन छ भनूँ रु

दीपेन्द्र के खनाल, निर्देशक

लिओनार्दो डिक्याप्रियोसँग सेल्फी खिच्न मन छ । किनभने उहाँ मलाई मनपर्ने कलाकार हो ।

ऋचा शर्मा, अभिनेत्री

मलाई विश्वको सर्वोच्च शिखर सगरमाथासँग सेल्फी खिच्न मन छ, किनभने नेपाल सरकारले पर्यटन वर्ष २०२० मनाइरहँदा म आफ्नो तर्फबाट पनि नेपालमा पर्यटन भित्र्याउने काममा सहयोग गर्न चाहन्छु ।

कल्पना कुसुम, गायिका

भगवान शिवसँग, अल्ला भगवान्सँग, जिसस क्राइस्टसँग र अर्को संसारको धनी बिल गेट्ससँग सेल्फी खिच्न मन छ ।

किरण केसी, हास्यकलाकार

मलाई बलिउडकी वरिष्ठ गायिका लता मङ्गेश्करसँग सेल्फी खिच्न मन छ, किनभने म उहाँको स्वरको फ्यान हुँ । साथै म पनि उहाँ जस्तै अब्बल र दीर्घकालीन गायक बन्न चाहन्छु ।

खुमन अधिकारी, गायक

मलाई निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेल्फी खिच्न मन छ, उनको जुन तरिकाले प्रश्नको सामना गर्ने र जवाफ दिने शैली छ त्यो मलाई अजीवोगरिब लाग्छ । म उनीसँगको एउटा तस्बिर मेरो घरको भित्तामा झुन्ड्याउन चाहन्छु ताकि कतै निस्कने बेला वा घरभित्रै कसैसँग बोल्ने बेला ‘पायो भन्दैमा थ्याच्च नबस्नु र आयो भन्दैमा प्याच्च नबोल्नु’ भन्ने उखान याद रहोस् । कमिसनको बारेमा प्याच्च बोल्नाले उनले जुन आपत बेहोर्नुपर्‍यो र जुन बापत खेप्नुपर्‍यो त्यो शिक्षाप्रद हुनेछ । त्यसैका लागि पनि सेल्फी त चाहियो । उनीसँगको सेल्फी नै घरमा भएपछि ‘हेप्नी’ भनेर उनले बोलेको लोकप्रिय थेगो सम्झेर मुस्कुराउने बहाना पनि मिल्छ ।

दुर्गा पंगेनी, गीतकार

लिस्टमा त धेरै जना हुनुहुन्छ । तैपनि यदि अहिलेसम्म माइकल ज्याक्सन हुनुभएको भए उहाँसँग सेल्फी लिन्थें होला । माइकल ज्याक्सनले धेरै डान्सरलाई प्रोत्साहन गर्नुभएको छ र म पनि डान्सर भएकाले पक्कै म पनि उहाँबाट प्रोत्साहित छु ।

गम्भीर विष्ट, मोडल तथा निर्देशक

मलाई अहिले चाहिँ डोनाल्ड ट्रम्पसँग सेल्फी खिच्न मन छ । मलाई उहाँको व्यक्तित्व एकदमै मनपर्छ साथै एउटा राम्रो कमान्डिङ गर्न सक्ने पावर छ र उहाँलाई संसारकै हिरोभन्दा फरक पर्दैन । त्यसैले एकपटक उहाँसँग सेल्फी लिने मन छ ।

हिमाल सागर, गायक

मलाई भारतीय गायकद्वय सोनु निगम र अरिजित सिंहसँग सेल्फी लिन मन छ ।

निशान भट्टराई, गायक

मलाई सलमान खानसँग सेल्फी खिच्न मन छ । किनभने उहाँ मेरो सधैंका लागि क्रस हो ।

दीपिका प्रसाईं, अभिनेत्री

मलाई गुराँस नानीसँग सेल्फी खिच्ने मन छ । किन रु केका किन रु जिनको टोपी लिन ।

राजाराजेन्द्र पोखरेल, हास्यकलाकार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङसँग सेल्फी लिने ठूलो रहर छ ।

टेकेन्द्र शाह, भिडियो एडिटर

मलाई सानैदेखि अभिनेता राजेश हमाल मनपर्छ । त्यसैले मौका मिल्यो भने उहाँसँग सेल्फी लिने मन छ ।

विक्रान्त मेहेता,चिकित्सक तथा गायक

शाहरुख खान र कोरियन अभिनेता डन लीसँग सेल्फी लिने ठूलो इच्छा छ ।

प्रकाश सपूत, गायक

क्रिस्टियानो रोनाल्डो मलाई मनपर्ने खेलाडी हुन् । त्यसैले मौका मिल्यो भने उनीसँग सेल्फी हान्ने मन छ ।

महेश काफ्ले, गायक

भाइन डिजेलसँग सेल्फी खिच्न मन छ । किनभने उहाँ मेरो बेस्ट एक्टरका हो ।

शान थापा, निर्देशक

अमिताभ बच्चनसँग । उनी अभिनीत थुप्रै फिल्मको प्रशंसक हुँ । उनको सकारात्मक सोंच, कर्मप्रतिको अविच्छिन्न लगनशीलताले मलाई साधै लोभ्याइरहन्छ ।

मीनराज वसन्त, साहित्यकार

मलाई अहिलेका भाइरलवालाहरूसँग सेल्फी खिच्न मन छ, किनभने उनीहरूको कारणले हामीजस्ता १५ वर्षदेखि आफ्नो क्षेत्रमा दुस्ख गर्नेहरू चर्चामा आइन्छ कि ?

यादव देवकोटा ९सरापे०, हास्यकलाकार

पूर्वराजा ज्ञानेन्द्रवीर विक्रम शाहसँग सेल्फी लिन मन छ ।

शिव विक, निर्देशक

मलाई त अरूसँग भन्दा आफैंसँग सेल्फी खिच्न मनपर्छ । किनभने आफ्नो सेल्फी लिँदै राम्रो लाग्छ ।

सञ्चिता लुइँटेल, अभिनेत्री

कान्तिपुर साप्ताहिकबाट

Related Posts

उपत्यकामा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु
व्यक्ति बिशेष

उपत्यकामा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु

चलचित्र ‘पानीफोटो’ द्वन्द्वले पारेको असर
अन्तरर्वार्ता

चलचित्र ‘पानीफोटो’ द्वन्द्वले पारेको असर

विचार/ब्लग

बीपी अग्रमनका ऊर्जा

व्यक्ति बिशेष

बधाई खाइरहे, शपथ खान पाएनन्

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

Videos

वीरेन्द्रनगरका मेयर उम्मेदवार गिरीको चर्चा, पारिश्रमिक नलिने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

१७ फाल्गुन २०७६, शनिबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

१७ फाल्गुन २०७६, शनिबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

१७ फाल्गुन २०७६, शनिबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

१७ फाल्गुन २०७६, शनिबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

१७ फाल्गुन २०७६, शनिबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

१७ फाल्गुन २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.