शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘गोल्डेन अवार्ड’ प्राप्त रुकुम पश्चिमको चौरजहारी अस्पताल

होस्ट खबर by होस्ट खबर
१५ फाल्गुन २०७६, बिहीबार
242
SHARES
367
VIEWS
FacebookTwitter
‘गोल्डेन अवार्ड’ प्राप्त रुकुम पश्चिमको चौरजहारी अस्पताल

रुकुम पश्चिम : गएको वर्ष कजाकिस्तानमा आयोजित एक सम्मेलनमा ‘गोल्डेन अवार्ड’ प्राप्त गरको चौरजहारी अस्पतालले साँच्चिकै जनताको मन जितेको छ ।
सामाजिक क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेबापत विश्वका ५५ देशलाई पछि पार्दै ‘गोल्डेन अवार्ड’ प्राप्त गरेको अस्पतालले धेरै स्वास्थ्य शिविरहरु सञ्चालन गरी दुर्गमका जनताको मन जितेको हो ।

यो त्यही अस्पताल थियो, जतिबेला नेपालमा तत्कालीन माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेकै वर्ष २०५२ सालमा एक विदेशी संस्थाले सशस्त्र संघर्षको उद्गम थलो मानिएकोे रुकुममा एउटा अस्पताल स्थापना गरेको थियो । सशस्त्र द्वन्द्वका कारण केही समयपछि विदेशीहरुले छोडेर गएपछि मानव विकास तथा सामुदायिक सेवा नामक संस्थाले त्यो अस्पताल सञ्चालन गर्न थाल्यो ।

रुकुम पश्चिमको चौरजहारी अस्पतालले सुगम शहरको अस्पताल जस्तो स्वास्थ्य सेवा दिने गरेको छ । त्यसैले यो अस्पताल अहिले यस दुर्गम भेगका विभिन्न जिल्लाका बासिन्दाका लागि वरदान साबित भएको छ । मानव विकास तथा सामुदायिक सेवाले ५० शैयाको अस्पताल सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । तर हरेक दिन भर्ना हुने बिरामीको संख्या भने दोब्बर हुने गरेको छ ।

वर्षै पिच्छे बिरामीको चाप बढ्दै गएपछि अस्पताललाई झन् नमुनाको रुपमा विकास गर्दै लगिएको छ । अस्पतालले पछिल्लो समय जटिल प्रकारका शल्यक्रिया सहितका सेवा दिन थालेपछि बिरामीहरुको संख्या दोब्बरले वृद्धि भएको अस्पताल प्रशासनको भनाइ छ । रुकुम पश्चिम र रुकुम पूर्वका साथै छिमेकी जिल्लाहरु जाजरकोट, सुर्खेत, डोल्पा र सल्यानका झण्डै ६५ हजार बिरामीले एक वर्षमा यस अस्पतालबाट स्वास्थ्य सेवा लिएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

गरिब तथा विपन्न समुदायका नागरिकलाई लक्षित गरी स्वदेशी तथा विदेशी डाक्टरहरुको संलग्नतामा अस्पतालले समय समयमा गर्ने निःशुल्क स्वास्थ्य शिविरले अस्पताल प्रति बिरामीको भरोसा बढिरहेको अस्पताल प्रशासक गिरीले भने । बिरामीलाई उपलब्ध गराइने सेवा सुविधाको हिसाबले चौरजहारी अस्पताल कर्णाली प्रदेशमै नमुना अस्पतालको रुपमा स्थापित भएको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले बताए ।

दुर्गम क्षेत्रमा रहेर पनि सुगम अस्पतालको जस्तो सेवा सुविधा उपलब्ध गराएकै कारण यो अस्पतालले धेरै बिरामीहरुको मन जित्न सफल भएको नगरप्रमुख शर्माको भनाइ छ । ‘अस्पतालमा डिजिटल एक्स–रे र भिडियो एक्स–रेजस्ता उपकरण उपलब्ध छन् भने अत्याधुनिक मेसिनबाट बिरामीको उपचार तथा अप्रेन गरिन्छ’, अस्पतालका मेडिकल डाइरेक्टर एवं बालरोग विशेषज्ञ डाक्टर कालेव बुढाले भने, ‘सिसेक्सन, एपेन्डेक्टोमी, हाडजोर्नी, पाइल्स र फिस्टुलाजस्ता रोगसँग सम्बन्धित शल्यक्रियाहरु हुँदै आइरहेका छन् ।’

डाक्टर बुढाका अनुसार हेमोलाइजर र बायोकेमिकल मेसिनको माध्यमबाट अस्पतालले एच बी काउण्ट, डब्ल्यू बीसी, आर बीसी, टीबी ल्याप्रोसी, सुगर, ब्लड ग्रुप, वाइडल टेस्ट, कालाजार, मलेरिया, एच। आईभी। एड्स, हेपाटाइटिस, गर्भवती परीक्षण लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी आँखा उपचार सेवा, दन्त उपचार सेवा र खोप सेवा पनि अस्पतालले सञ्चालन गर्दै आइरहेको छ ।

अस्पतालले पाँच वर्षमुनिका बालबालिका अभिभावकलाई निःशुल्क उपचार तथा खानाको व्यवस्था सुरु गरेपछि आर्थिक रुपमा विपन्न नागरिकहरुलाई ठूलो राहत पुगेको छ । गएको वर्षको साउन महिनादेखि सुरु गरिएको व्यवस्थाअनुसार अस्पतालले बिरामी बालबालिकालाई दूध, लिटो, अण्डा र अभिभावकलाई खानाको व्यवस्था गरेको अस्पतालका सहायक प्रशासक पूर्णबहादुर थापाले बताए ।

गएका वर्षमा अस्पतालमा दैनिक एक सयदेखि डेढ सय जना बिरामी आउने गरेकोमा अहिले दैनिक सरदर दुई सयदेखि पाँच सयसम्म बिरामी सेवा लिन आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । तुल्सीपुर अनलाइन

Related Posts

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

१५ फाल्गुन २०७६, बिहीबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

१५ फाल्गुन २०७६, बिहीबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

१५ फाल्गुन २०७६, बिहीबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

१५ फाल्गुन २०७६, बिहीबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

१५ फाल्गुन २०७६, बिहीबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

१५ फाल्गुन २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.